पेरिस, कात्तिक २ (एजेन्सी)- विश्व च्याम्पियन स्पेनका साथै युरोपेली फुटबलको महारथी जर्मनीले अन्तिम समयमा गोल खाएपछि विश्वकप २०१४ अन्तर्गत युरोपेली छनोटमा मंगलबार राति बराबरीमा सीमित भएका छन्।
इन्जुरी टाइमको चौथो मिनेटमा ओलिभियर जिरौडले गोल गरेपछि फ्रान्सले स्पेनसँग १-१ को बराबरी गर्दै अंक बाँड्न सफल भयो। युरो २०१२ को क्वार्टरफाइनलमा विजय पाएको टोलीसँग मड्रिडको घरेलु मैदानमा स्पेनले जित हासिल गर्न सकेन। तथापि स्पेनले प्रतिस्पर्धात्मक खेलमा अपराजित यात्रा २५औं खेलसम्म लम्ब्याउन सफल भयो। मध्यान्तर हुनैलाग्दा सेस फाब्रिगासले पेनाल्टी खेर फालेपछि स्पेन २-० को अग्रता लिनबाट चुकेको थियो।
जर्मनीका लागि भने नतिजा निकै निराशाजनक रह्यो। स्विडेनविरुद्ध ४-० को अग्रता लिनाका बावजुद जर्मनीले त्यसलाई जोगाउन सकेन। अन्तिम आधा घन्टामा सबै गेाल फर्काउने क्रममा इन्जुरी समयको तेस्रो मिनेटमा रास्मुस इल्मले बराबरी गोल गर्दा स्विडेनले ४-४ को नतिजा निकाल्न सफल भयो।
यसैगरी पोर्चुगलले पनि वि्र्कस्टियानो रोनाल्डोको १ सय खेलको खुसी मनाउन सकेन। समय सकिन ११ मिनेट बाँकीा हेल्डर पोस्टिगाले गोल गरेपछि मात्र टोली फिफा विश्व वरियताको ११७औं स्थानमा रहेको नर्दन आयरल्यान्डसँग १-१ को बराबरी नतिजा निकाल्न सफल भयो।
विश्वकप २०१० को उपविजेता नेदरल्यान्डसले युरो २०१२ को पहिलो चरणबाटै बाहिरिनाको पीडामा मलम लगाउने क्रममा मंगलबार रोमानियामाथि ४-१ को अवे जित दर्ता गरायो। युरो २०१२ को उपविजेता इटालीले डेनमार्कमाथि ३-१ को जित पायो भने क्रोएसियाले संकटग्रस्त स्कटल्यान्डलाई २-० को नतिजामा हरायो।