काठमाडौं, कात्तिक १३ (नागरिक) - एकीकृत माओवादी पदाधिकारीबीच कार्यविधिमा सहमति नभएपछि मंसिर ५ गते आयोजक समिति बैठक निर्णय भएको छ। आगामी महाधिवेशनका लागि पार्टी संगठन विभागले पेस गरेको कार्यविधिमा अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच सहमति हुन सकेको छैन।
पार्टीभित्र गुट अन्त्य भएको घोषणा गरे पनि गुटकै आधारमा प्रतिनिधि चयन हुनुपर्ने उपाध्यक्षद्वयका आशय अभिव्यक्तिमा देखिएकाले कार्यविधि बन्न नसकेको हो। आइतबारको पदाधिकारी बैठकले कार्यविधि निर्माण गर्न सुझावका लागि आयोजक समिति डाक्ने निर्णय लिएको छ।
कसलाई कुन जिम्मा?
प्रचण्ड- सामूहिक व्यवस्थापन र उत्पादन
भट्टराई- विकास योजना र अर्थ विभाग
श्रेष्ठ- अनुशासन फाँट
सबै प्रत्यक्ष निर्वाचन प्रणालीबाट आउनुपर्छ भन्दा जिम्मेवार, पुराना साथीहरूलाई मर्का पर्छ। बुर्जुवा शैली अपनाउँदा हार्नेहरू पार्टीमा पाखा लाग्ने अवस्था सृजना हुन्छ। चुनाव गर्ने तर बुर्जुवाहरूको जस्तो हुनु हुँदैन भन्ने छ,' महाधिवेशन आयोजक समितिका एक सदस्यले भने।
गाउँसमितिको सम्मेलन हुँदा अध्यक्ष दाहालको पकड देखिएकाले भट्टराई र श्रेष्ठले आफ्ना पक्षधर कम आउने सम्भावना देखेपछि कार्यविधि तय हुन नसकेको स्रोतले बतायो। ,केन्द्रीयता र जनवादबीचबाट निर्वाचन प्रक्रिया अपनाउने तयारी भएको छ। त्यसो गर्दा सबै समेटिन्छन्,' स्रोतले भन्यो।
अध्यक्ष दाहाल निवास लाजिम्पाटमा आइतबार बिहान बसेको बैठकले पार्टी रूपान्तरण, राजनीतिक सहमति, महाधिवेशनका लागि तीन निर्णय गरेको छ। अध्यक्ष दाहाल र उपाध्यक्षद्वय भट्टराई, श्रेष्ठले तीन शक्तिशाली समितिको जिम्मा लिने निर्णय बैठकले गरेको छ।
दाहालले पार्टी रूपान्तरणका लागि सामूहिक व्यवस्थापन र उत्पादनको जिम्मा लिएका छन्। त्यस्तै उपाध्यक्ष भट्टराईले विकास योजना र अर्थ विभागको जिम्मा पाएका छन्। श्रेष्ठले पार्टी अनुशासन फाँटको जिम्मेवारी पाएका छन्।
तयारी समितिको बैठकपछि जिल्ला अधिवेशन प्रक्रिया अघि बढाउने पार्टी प्रवक्ता अग्नि सापकोटाले बताए। महाधिवेशन माघमा गर्ने गरी पार्टी जुटेको सापकोटाले जानकारी दिए। तयारी समिति बैठक अगाडि नै महाधिवेशनमा लागि दस्तावेजलाई पूर्णता दिने उनले बताए।
पदाधिकारी बैठकले राष्ट्रिय सहमति निर्माण गरेर राजनीतिक र संवैधानिक गतिरोध अन्त्य गर्ने निर्णय पनि लिएको छ। सहमतिका लागि दलहरूबीचको वार्ता र छलफललाई महत्वका साथ तीव्रता दिने पनि बैठकको निर्णय छ।