काठमाडौं, कात्तिक १५ (नागरिक) - प्रमुख दलका शीर्ष नेताको पटक-पटकको बैठक निष्कर्षविहीन भएको भन्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सहमतिका लागि सातबुँदे प्रस्ताव ल्याएका छन्। एकीकृत माओवादी, कांग्रेस र एमाले तथा मधेसी मोर्चाको मंगलबार बिहानको बैठकमा आफूले प्रस्ताव प्रस्तुत गरेको नेपालले जानकारी दिएका छन्।
शीर्षनेताको मंगलबारको बैठकले कुनै निर्णय गर्न नसकेकाले फेरि बिहीबार बस्ने सहमति भएको छ।
आफूले पेस गरेको सातबुँदे एजेन्डामा माओवादी सकारात्मक देखिएको नेपालले बताए। 'बैठक बस्ने अनि निर्णय चाहिँ केही नहुने स्थिति छ। छलफलका निचोडलाई अभिलेख राखेरमात्र निष्कर्षमा पुग्न सकिन्छ,' नेपालले भने, 'बोक्रे कुरामात्र भएकाले ठोस विषयमा केन्द्रित हुन एजेन्डा पेस गरेको हुँ।'
- वर्तमान सरकार विघटन, नयाँ राष्ट्रिय सरकार गठन
- संविधान जारी भए वा नभए पनि नयाँ चुनावबारे विधि र प्रक्रिया निर्धारण
- वैशाखमा चुनाव
- दुई सदनात्मक संसद
- संसद संख्या र प्रत्यक्ष-समानुपातिक निर्वाचन प्रणाली सहमतिमा
- नयाँ सरकारबाट मात्र बजेट, चुनाव र संवैधानिक निकायमा नियुक्ति
-मिलेका विषयलाई दस्तावेजीकरण
सहमति भइसकेका विषयलाई अभिलेखीकरण गरी नमिलेका विषय निश्चित अवधिमा मिलाउन छलफल गर्नुपर्ने प्रस्ताव राखेको नेपालले बताए। 'संविधानका विवादित विषय, चुनाव, संविधान जारी र राष्ट्रिय सहमतिको सरकारबारे एजेन्डा राखेको छु,' उनले भने।
एकीकृत माओवादीले कहिले प्रतिनिधिसभा पुनर्स्थापना, कहिले नयाँ चुनाव भन्दै आएकाले उसको नियतमा खोट देखिएको र बैठकमा निर्णय भएका कुरा अभिलेख राख्न प्रस्ताव गरेको उनले बताए। संविधान जारी भए वा नभए पनि नयाँ चुनावबारे विधि र प्रक्रिया निर्धारण गर्ने प्रस्ताव नेपालले राखेका छन्। वैशाखमा चुनाव गर्नुपर्ने, दुई सदनात्मक सदन हुनुपर्ने उनले प्रस्ताव गरेका छन्। संसद संख्या, प्रत्यक्ष-समानुपातिक निर्वाचन प्रणाली लगायत विषयबारे सहमति जुटाउनुपर्ने प्रस्तावमा छ। 'राष्ट्रिय सहमतिको सरकारले मात्र वार्षिक बजेट ल्याउने, चुनाव गराउने, संवैधानिक निकायमा नियुक्ति गर्ने लगायत काम गर्नेछ,' नेपालको प्रस्तावमा छ। पहिलो बुँदामा यो सरकारको बहिर्गमन तथा नयाँ सरकार गठनको विषय उठाएको नेपालले बताएका छन्।
केन्द्रीय कार्यसमिति बैठकपछि कांग्रेसले नेपालको प्रस्तावबारे धारणा सार्वजनिक गर्ने भएको छ। 'मंगलबार बिहानको बैठकमा नेपालले सहमतिका लागि सातबुँदे प्रस्ताव राख्नुभएको छ। त्यसमा केन्द्रित भएर सहमति खोज्छौं,' कांग्रेस नेता रामशरण महतले भने।
ठोस परिणाम आउने गरी बिहीबार बैठक बस्ने एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले बताएका छन्। एमालेको चियापानमा सहभागी हुन आएका कांग्रेस सभापति सुशील कोइरालाले दलहरूबीचको सहमतिबाटै राष्ट्रिय सहमति जुट्ने आशा व्यक्त गरे। सबै चुनावमा जान तयार भएको अवस्थामा पुनर्स्थापनाको कुरा उठाउनु उचित नभएको एमाले अध्यक्ष झलनाथ खनालले बताए। उनले भने, 'बरु चुनावमा जानका लागि विधि-प्रक्रियामा सहमति गरौं।' प्रधानमन्त्री बाबुराम भट्टराईले दलहरूबीच सहमति भए सरकार बाधक नबन्ने बताए। उनले भने, 'सहमति भएका विषय कार्यान्वयन गर्न सरकार बाधक बन्दैन।'
प्रधानमन्त्री होइन, उपाध्यक्षलाई निम्तो
एमालेले बाबुराम भट्टराईलाई पठाएको निमन्त्रणापत्रमा एकीकृत माओवादी उपाध्यक्ष मात्र लेखिएको थियो। एकीकृत माओवादी उपाध्यक्षको हैसियतमा मात्र निम्तो आए पनि भट्टराई दिउँसो सवा तीन बजे बल्खु पुगेका थिए।
मंगलबार बिहान एमाले सचिव विष्णु पौडेलले टेलिफोन गरेर भट्टराईलाई चियापानमा सरिक हुन आग्रह गरेका थिए। बिहानको चार दलका बैठकमा झलनाथ खनालले समेत भट्टराईलाई चियापानको मौखिक निम्तो गरेका थिए।
'निमन्त्रणापत्रमा पार्टी उपाध्यक्ष मात्र भनेर सम्बोधन गरिएको थियो। 'पहिले हाम्रो चियापानमा माधवकुमार नेपाल आएका थिएनन्। त्यही भएर हामी गएर देखाइदिऊँ भन्ने निर्णय भएको हो,' प्रधानमन्त्री सचिवालयका एक सदस्यले नागरिकसँग भने।
राजनीति गर्ने व्यक्तिले सानो चित्त बनाउनु हुँदैन भनेर चियापानमा सहभागी भएको ती सदस्यले बताए। प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेका अनुसार भट्टराई आग्रह/पूर्वाग्रह नराखी चियापानमा सहभागी भएका हुन्।
'सरकारलाई कालो झन्डा देखाउने पार्टीको नीति हो, माओवादी उपाध्यक्षलाई होइन,' एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले भने, 'एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराई भनेर बोलाएका हौं, प्रधानमन्त्री भनेर होइन।'
'शीर्ष नेताको बैठकबाट मात्र सहमति हुन नसकेकाले मैले सातबुँदे लिखित प्रस्ताव पेस गरेको हुँ,' दसैंको अवसरमा एमालेले मंगलबार राजधानीमा आयोजना गरेको चियापान समारोहमा नेपालले भने।