‘सीधा कुरा जनतासँग’ टिभी कार्यक्रमका प्रस्तोता रवि लामिछानेले नेपाल विद्युत् प्राधिकरणको निर्देशकमा फेरि कुलमान घिसिङलाई नै नियुक्ति दिन माग गरेका छन्।
सञ्चारकर्मी लामिछानले फेसबुकमा स्टाटस लेख्दै यो ‘अन्धकार यो देशलाई उज्यालो बनाउने’ उनको मात्रै उक्त पदमा हक लाग्ने जिकिर गरेका हुन्।
उनको पुनर्नियुक्तिका लागि आफूले धेरै बोलेको उल्लेख गर्दै लामिछानेले आवश्यक परे सडकमा बोल्न पनि आफू आतुर रहेको उल्लेख गरेका छन्।
‘कुलमान घिसिङज्यू, तपाईंको कार्यकालको निरन्तरता हुन्छ, हुनैपर्छ। यो मेरो विश्वास होइन, माग हो। यो मुलुकमा तपाईंभन्दा योग्य मान्छे नै नभएको त पक्कै होइन होला, तर अन्धकार यो देशलाई उज्यालो बनाउने र यो देशको युग नै बदल्ने तपाईंजस्ता सपुतको मात्रै त्यो पदमा हक लाग्छ,’ लामिछानेले लेखेका छन्, ‘तपाईं शारीरिक, मानसिक र कानुनी रूपमा योग्य रहुन्जेल यो पदमा अर्को मान्छेको कल्पना गर्नु मात्र पनि मेरा लागि महापाप हो। प्रिय कुलमानजी, टेलिभिजनमा तपाईंका लागि धेरै बोलें, आवश्यक परे सडकबाट पनि बोल्न आतुर छु। लेकिन, किन्तु, बट, परन्तु, तर..केही होइन, जस्ट कुलमान घिसिङ...’
स्थानीय प्रशासनले निषेधित क्षेत्र तोकेको सहिदचोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले प्रदर्शन जारी राखेपछि प्रहरीले अश्रुग्याँस र पानीको फोहरा हानेको छ।
पूर्व गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेको समर्थनमा रास्वपा कार्यकर्ताले निषेधित क्षेत्र सहिदचोकमा प्रदर्शन जारी राखेपछि नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र पानीको फोहरा हानेको हो।
रविलाई जिल्ला अदालत कास्कीमा म्याद थपका लागि उपस्थित गराउने समय पारेर रास्वपा कार्यकर्ताले सहिदचोकमा प्रदर्शन गरेका थिए। दिउँसो १२ः३० बजेबाट प्रदर्शन गर्ने भनिएपनि बिहान ११ बजेबाटै रास्वपाका कार्यकर्ता भेला भएर नाराबाजी सुरु गरेका थिए।
अदालत, प्रशासनलगायतका सरकारी कार्यालय नजिकै प्रदर्शन हुन थालेपछि कास्की प्रशासनले सहिदचोक र त्यस आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो। तर प्रदर्शनकारीले सो स्थल छाड्न मानेनन्।
प्रहरीको आह्वान र अनुरोधलाई बेवास्ता गर्दै प्रदर्शनकारीले निरन्तर नाराबाजी र प्रदर्शन जारी राखेपछि प्रहरीले भीड नियन्त्रणमा लिन सुरुमा पानीको फोहरा हानेको थियो। तर त्यति गर्दा पनि प्रदर्शनकारी तितरबितर नभएपछि प्रहरीले अश्रुग्याँस हानेको हो।
तर अझै पनि प्रदर्शनकारीले प्रदर्शन जारी राखेका छन्। उनीहरुले ‘रविलाई न्याय दे, निर्दोषलाई फसाउन पाइँदैन, रवि दाई हाइहाइ, असली सहकारी ठगलाई कारबाही गर लगायतका नारा लगाउँदै प्रदर्शन गरिरहेका छन्।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...