बालकृष्ण अधिकारी, काठमाडौँ, कात्तिक १७ - राष्ट्रपतिले आज बिहान मुख्य चार दलका शीर्ष नेताहरुलाई छिटो सहमति गर्न आफ्नै कार्यालयमा डाकी दबाब दिएपछि आजै दिउँसो १ बजे प्रमुख दलहरुबीच सहमति खोज्न बैठक बस्ने भएको छ। 'पुनर्स्थापना अब संभव छैन, चुनावमा जाने सहमति आजको बैठकले गर्छ', बैठकबाट निस्किएपछि उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भने।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले आजभोलि वा दुई तीन दिनभित्र सहमति हुने आश्वासन राष्ट्रपतिलाई आफूहरुले दिएको जानकारी गराए।
'उहाँले अवस्था एकदमै गम्भीर छ, छिटो सहमति गर्नुस् भन्नुभयो। बजेट र राजनीतिक निकासमा सहमति गर्न उहाँले आग्रह गर्नुभयो', दाहालले बताए।
त्यसैगरी एमाले अध्यक्ष झलनाथ खनालले सरकारमा रहेका दल र प्रतिपक्षमा रहेका दलहरुबीच सहमति हुननसकेकोमा राष्ट्रपतिले चिन्ता जाहेर गरेको बताए। 'मुलुकले आर्थिक संकट झेल्न सक्दैन, त्यसैले बजेटसहित राजनीतिक निकासमा सहमति गर्नुस् भनी उहाँले भन्नुभयो', खनालले सञ्चारकर्मीहरुलाई बताए।
नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रपतिले तपाईँहरुले सहमति नगर्दासम्म आफूले केही गर्दिनँ भनेको जानकारी दिए।
आज हुने दलहरुको बैठकले निर्वाचनको प्रक्रिया बारे सहमति गर्ने उपप्रधानमन्त्री गच्छदारले बताए। 'प्रत्यक्ष निर्वाचित २४० स्थानलाई कायम राखी समानुपातिकमा कति सिट राख्ने जस्ता विषयमा अब हामी छलफल थाल्छौँ", उनले बताए। बैठक स्थल गोप्य राखिएको पनि उनले बताए।