बिनिता दाहाल, काठमाडौं, कात्तिक १७- अमेरिकामा उपचार गराएर नेपाल फर्केको पर्सी पल्टै एमालेका वरिष्ठ नेता केपी ओली नर्भिक अस्पतालमा भर्ना भएका छन्। डाक्टर रमेश चोखानीया र फोक्सो गजेन्द्र श्रीवास्तवको टिमले ओलीको स्वास्थ्य निगरानी गरिरहेका छन्।
नर्भिक अस्पतालका कार्यकारी निर्देशक तथा मुटु रोग विशेषज्ञ भरत रावतका अनुसार ओलीको दुबै फोक्सोमा निमोनिया देखिएको छ। अक्सिजनको मात्रा समेत कम भएकाले उनलाई एक्स्ट्रनल भेन्टीलेटरमा राखिएको डाक्टर रावतले नागरिकन्युजलाई बताए।
छातीमा इन्फेक्सन देखिएपछि उनलाई पौने पाँच बजे अस्पताल पुर्याइएको उनका स्वकीय सचिव रमेश आचार्यले बताए। ज्वरोका कारण छातीमा इन्फेक्सन भएपछि तुरुन्तै अस्पताल ल्याएको उनले बताए। उनलाई भेट्न एमाले अध्यक्ष झलनाथ खनाल, एमाले नेता भीम रावल, मुख्यसचिव लीलामणि पौड्याललगायत नर्भिक अस्पताल पुगेका छन्।