प्रतिपक्षी नेपाली कांग्रेसको विरोधका कारण एक महिनादेखि स्थागित गण्डकी प्रदेश सभाको बैठक सोमबारदेखि बस्ने भएको छ। सदन अवरुद्ध गर्दै आएको कांग्रेस लचिलो हुँदै सदन खुलाउन राजि भएपछि प्रदेश सभाको बैठक एक महिनापछि सोमबार बस्न लागेको हो। कांग्रेस र मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसँगबीचको छलफल सकारात्मक भएको खबर पाएसँगै सभामुख नेत्रनाथ अधिकारीको निर्देशन अनुसार प्रदेश सभा बैठक सोमबार दिउँसो १ बजे बोलाईएको प्रदेश सभा सचिवालयले जनाएको छ।
कांग्रेसले यसअघि संसदले अस्वीकृत गरिसकेको संकल्प प्रस्तावमा समावेश प्रदेशभरी १ घर १ पिसीआर गरिनुपर्ने, क्वारेन्टिन र आइसोलेसनको सुधार गर्नुपर्ने, निर्वाचन पूर्वाधार विकास कार्यक्रमको बजेट समानताका आधारमा बाँडफाँड हुनुपर्नेलगायतका माग राख्दै संसद बैठक अवरुद्ध गरेको थियो। तर एक महिना बित्दा पनि कांग्रेसको सो माग पूरा गर्न प्रदेश सरकार राजि नभएपछि कांग्रेस चिसैपानीले नुहाउँदै संसद बैठक खोल्न तयार भएको हो।
सोमबारको बैठकमा प्रतिपक्षी दलको तर्फबाट नेता कृष्णचन्द्र नेपालीले कुरा राख्ने र मुख्यमन्त्रीले बिपक्षीको मागलाई सम्बोधन गर्नेगरि अवरुद्ध संसद बैठक खुलाउन सहमति भएको बताइएको छ। यद्वपी सहमतिलाई परामर्श समितिको बैठक बसेर टुंगो लगाउन भने बाँकी रहेको एक कांग्रेस सांसदले बताए।
कांग्रेसले राखेको निर्वाचन पूर्वाधार क्षेत्र विकास कार्यक्रम समानताका आधारमा छनौट हुनुपर्ने मागमा कांग्रेस लचिलो भएको छ। मुख्यमन्त्री र कांग्रेसबीचको छलफलमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले माग सम्बोधन गर्न नसक्ने बताएपछि केहिबेर चर्काचर्कीसमेत भएको थियो। सो छलफलमा मुख्यमन्त्रीले प्रत्यक्ष निर्वाचित सांसदको जिम्मेवारी बढी हुने भएकाले भूमिकापनि सोहि अनुसार राख्नुपर्ने बाध्यता सुनाएका थिए। उनले प्रत्यक्ष निर्वाचित सांसदलाई ७० प्रतिशत र समानुपातिक सांसदलाई ३० प्रतिशत राखेर अगाडि बढ्नु अहिलेको बाध्यता भएको बताएका थिए। एकै निर्वाचनमा २ जना समानुपातिक सांसद भएको अवस्थामा भने समानुपातिकलाई ४० प्रतिशत गरेर २०/२० प्रतिशतको हिस्सेदारी गर्ने सहमति भएको बुझिएको छ।
कांग्रेसले उठाएका अन्य विषयहरु प्रदेशभरि १ घर १ पिसीआर, आइसोलेसन र क्वारेन्टिनको अवस्था सुधारलगायतमा पनि कांग्रेसले आफ्नो धारणा राख्दै सदन खुलाएर जाने सहमति भएको छ। माग राखेर १ महिनासम्म संसद अवरुद्ध गर्दापनि माग सम्बोधन नभएकाले आफ्नो धारणा राख्दै सदन खुलाउन आफूहरुले सहमति जनाएको प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले जानकारी दिए।
उनले भने,‘हामीले माग छाडेका होइनौं, तर संसद सरकार जिम्मेवार भएन भन्दैमा हामीपनि गैरजिम्मेवार हुने कुरा भएन, लामो समयसम्म संसदलाई बन्धक नबनाउँ भनेर संसद खोल्न राजी भएका हौं।’ कांग्रेस जिम्मेवार प्रतिपक्ष भएको बताउँदै उनले अगाडि थपे,‘त्यसैले अब संसद खुलाउछौं र हामी हाम्रो कुरा संसदमै राख्छौं।’