काठमाडौँ, मङ्सिर ४ (नागरिक) - राष्ट्रपतिले मङ्सिर ७ गतेभित्रै सहमति गर्न दबाब दिएपछि कङ्ग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा अहिले साँझ बसेको तीन प्रमुख दलको बैठक पनि बिना कुनै सहमति टुङ्गिएको छ। दलहरु आ-आफ्नै अडानमा कायम रहेपछि बजेट, नयाँ सरकार र निर्वाचन जस्ता कुनै पनि विषयमा सहमति हुन नसकेको हो।
करिब ४५ मिनेट बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष झलनाथ खनालले समग्र राजनीतिक अवस्थाबारे छलफल भएको तर कुनै टुङ्गोमा नपुगेको जानकारी दिए। नेताहरुले सहमति खोज्न संवाद जारी राख्ने बताएका छन्।
हिजोमात्रै राष्ट्रपति यादवले दलहरु ७ गतेभित्र नमिले आफ्नो सक्रियता बढ्ने संकेत गरेका थिए। आज पनि प्रधानमन्त्री बाबुराम भट्टराईसहित प्रमुख दलका नेताहरुसँग शितल निवासमा भएको वार्तामा उनले ७ गतेभित्र सहमति गर्न दबाब दिएका थिए।
शितल निवासबाट बाहिरिँदा कुनै प्रतिक्रिया नदिएका प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो पार्टीलाई समर्थन गर्ने क्रान्तिकारी पत्रकार संघको ज्ञापन पत्र बुझ्ने क्रममा भने राष्ट्रपतिले समय सीमा नतोकेको दावी गरेका थिए।