काठमाडौं, मंसिर ११ (नागरिक) - एमाले नेता केपी ओली भारतमा उपचार गराएर सोमबार स्वेदश फर्केका छन्। निमोनियाको कारण सिकिस्त बिरामी भएका ओलीलाई कात्तिक १९ मा एयर एम्बुलेन्सबाट नयाँ दिल्ली लगिएको थियो।
नयाँ दिल्लीको गुडगाँवस्थित मेदान्ता मेडिसिटीमा उनको उपचार गरिएको थियो। १० दिनअघि अस्पतालले डिस्चार्ज गरे पनि ओली उतै आराम गरेर बसेका थिए। जनरल वार्डमा सार्नुअघि करिब एक साता आइसियुमा राखेर उनको उपचार गरिएको थियो।
कात्तिक १७ साँझ काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएका ओलीलाई थप उपचारका लागि नयाँ दिल्ली लगिएको थियो। त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले आफ्नो स्वास्थ्यबारे चासो व्यक्त गर्ने र स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गरे।