इटहरी, मंसिर १२ (नागरिक) - एकीकृत माओवादीका नेता गोपाल किरातीले सहमतीय सरकारका लागि राष्ट्रपति रामवरण यादवले गरेको आह्वान सकारात्मक भए पनि अब यही ढंगले अघि बढेमा भने राजा ज्ञानेन्द्रको हालत हुने चेतावनी दिएका छन्। उनले राष्ट्रपतिले सहमतीय सरकारका लागि आह्वान गरेर ताकेता गर्नुलाई अहिलेको राजनीतिक आधारमा ठीकै मान्न सकिने बताए।
'राष्ट्रपतिको अहिलेसम्मको कदम ठीक छ तर, अब यही ढंगले अगाडि बढेमा भने राम्रो हुनेवालाछैन,' इटहरीमा मंगलबार नेता किरातीले सञ्चारकर्मीसँगको कुराकानीमा भने, 'राष्ट्रपति यसरी नै बढेमा राजा ज्ञानेन्द्रको हालत हुनेछ।' उनले राष्ट्रपति कार्यकारी बन्न खोजेको आरोप लगाउँदै गलत सोचाईले अघि बढेमा उनको पनि दशा र देशको पनि दशा हुने जिकिर गरे।
नेता किरातीले संविधानसभाका क्रममा बहुमतले बाबुराम भट्टराईलाई प्रधानमन्त्री चयन गरेकाले गर्दा भट्टराई नेतृत्वमै सहमतिय सरकारको वैधानिकता हुने बताए। 'काँग्रेसले के आधारमा सरकारको नेतृत्वमा मागिरहेको छ आश्चर्य लागेको छ,' किरातीले भने, 'काँग्रेसले सरकारको नेतृत्व माग्नुमा कुनै आधार नै छैन्।' उनले गायक प्रकाश पौडेलले 'मलाई त्यही केटी चाहिन्छ? भनेर गीत गाएको प्रसंग कोटयाउँदै काँग्रेसको अहिलेको माग पनि त्यस्तै भएको टिप्पणी गरे।
भट्टराई नेतृत्वमा सहमतीय सरकार गठनका लागि अरुले अछुतो जस्तो व्यवहार गरीरहेकोमा भने आश्चर्य लागेको उनले बताए। 'अहिले सवैभन्दा उपयुक्त भनेकै भट्टराई नेतृत्वको सरकार हो,' उनले भने, 'सहमतिभन्दा मूलुकको निकासका लागि अन्य कुनै विकल्प छैन।'
नेता किरातीले एकीकृतबाट अलग भएको वैद्य नेतृत्वको माओवादीसँग एकताका लागि पटक-पटक पहल भएपनि वैद्य समूह भाग्ने गरेको बताए। 'एकताका लागि हामीले हारगुहार गरीरहेका छौ,' उनले भने, 'वैद्य समूहका नेता भने भागेको भाग्यै छन्।'
उनले वैद्य समूहको दीर्घकालिन सोच नभई अहिले भट्टराई नेतृत्वको सरकारलाई गिराएर अरु दलसँग मिलेर केही दिनभएपनि मन्त्री बन्ने योजनाभन्दा अरु नभएको टिप्पणी गरे।
'वैद्य पक्षका नेताको मन्त्री हुने भन्दा अरु नयाँ र दीर्घकालिन सोचाई छैन,' किरातीले भने। किराती मंगलबार इटहरीमा किराती राष्ट्रिय मुक्ती मोर्चा इटहरी नगरको प्रथम सम्मेलन उद्घाटन गर्न आएका थिए।