सन्तोष पोखरेल, पोखरा, मंसिर १६- राष्ट्रपति रामवरण यादव पछिल्लो पटक तोकिएको एकसाता समयभित्रै राजनीतिक दलले राष्ट्रिय सहमतिको सरकार गठन गर्नेमा विश्वस्त देखिएका छन्। राष्ट्रिय सहमतिको सरकार गठन गर्नका लागि आफूले मुख्य राजनीतिक दललाई हात जोडेको समेत उनले बताए।
'अबको सात दिनमा समस्या समाधान भएर आउनेछ भन्नेमा म विश्वस्त छु, मैले दलहरुलाई मिल्नका लागि हात पनि जोडेको छु' पोखरामा शनिबारदेखि सुरु भएको चौथो राष्ट्रिय एड्स सम्मेलनको उद्घाटन गर्दै उनले भने, 'मेरो काम उनीहरुलाई सहमति गर्न लगाउने हो, त्यसका लागि अनुरोध गरेको छु।'
आगामी वैशाखमा निर्वाचन गराउने सरकारको योजना रहेको र अन्य राजनीतिक दल पनि तयार भएकाले उनीहरुले अब सहमति गर्नमा ढिलाई गर्न नहुने राष्ट्रपति यादवको भनाई थियो। 'सबै मिलेर आएको खण्डमा वैशाखमा चुनाव हुनसक्छ, त्यसपछि गाह्रो छ,' उनले भने, 'वैशाखमा चुनाव नभए यो समय अझै लम्बिन्छ।' पाएको उपलब्धि नगुमोस भन्ने चिन्ता आफूलाई लागिरहेको उनले बताए।
तोकिएको समयभित्रै चुनाव गर्न सबै दलहरु मिलेर अघि बढ्नुपर्ने उनले दोहोर्याए। 'सबै मिलेर चुनाव निश्चित गरेर राजनीतिक परिवर्तनको बाटो कोरेर अघि बढ्नसक्नुपर्छ,' उनले भने, 'यो देशमा एकता रहोस्, सामाजिक एकता होस, मेरो चिन्ता नै त्यही हो।' राष्ट्राध्यक्षको हैसियतले आफ्नो चिन्ता नै देशमा एकता कायम रहोस् भन्नेमा रहेको उनले बताए।
उनले पछिल्लो परिवर्तनलाई संस्थागत गरेर अघि बढ्न राजनीतिक दलहरुलाई सुझाव पनि दिए। 'पछिल्लो परिवर्तनलाई विदेशबाट समेत स्वागत भयो, तर राजनीतिक दलहरुले यो परिवर्तनलाई व्यवस्थापन गर्न नसकेकोमा सबैको चिन्ता छ,' राष्ट्रपतिले भने, 'नेपालका पार्टीहरु परिवर्तन गर्न सक्छन, तर व्यवस्थापन गर्न सक्दैनन भन्ने गुनासो विदेशबाट नआउला भन्न सकिँदैन।'
देशको अवस्था स्थिर भएको हेर्ने आफ्नो चाहना रहेको उनले बताए। 'गाउँको एउटा व्यक्ति म राष्ट्राध्यक्ष भइसके, अब मेरो अघिल्लो बाटो भनेको नै स्वर्ग हो, जाने ठाउँ छैन, त्यसैले मेरो चाहना देशमा अस्थिर नहोस् भन्ने रहेको छ।' परिवर्तनलाई 'स्टेवल' गरेर शान्तिप्रक्रिया पूरा गर्नुपर्छ,' उनले भने।
उनले पटक पटक राजनीतिक अवस्था ठीक नभएको भन्दै गुनासोसमेत पोखे। 'देशको राजनीति ठीक नभए सबै बिग्रन्छ, अहिले राजनीतिक दलले सबै कुरा बिर्सेका छन्, त्यसैले अब मुटु दहरो बनाएर राष्ट्र बलियो बनाऔं,' उनको भनाई थियो।