उजिर मगर, काठमाडौं, मंसिर १८ - प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालालाई भेटी वैशाखमा चुनाव गर्ने गरी राजनीतिक दलहरुका शीर्ष नेताबीच सहमति जुटाउन आग्रह गरेका छन्। शीर्ष नेताले गर्ने कुनै पनि सहमतिमा आफू बाधक नबन्ने भट्टराईले जानकारी गराए।
'सबैको सहमति बन्छ भने म त्याग गर्नका निम्ति तयार छु,' भट्टराईले कोइराला निवास महाराजगञ्जमा बताए। साथै उनले सर्वोच्च अदालतका रिक्त न्यायाधीशहरुको पदपुर्तिका लागि अध्यादेश ल्याउने तयारी गरेको जानकारी गराए। भट्टराईले अध्यादेशका विषयमा सहयोग गर्न आग्रहसमेत गरे।