प्रदेश ५ सरकारको निर्णयः पायक थलोमा ‘राजधानी’
१६ असोज २०७७
•
६ मिनेट पाठ
प्रदेश ५ सरकारको निर्णयः पायक थलोमा ‘राजधानी’
क्याप्शन
पाँच नम्बर प्रदेश सरकारले प्रदेशका बाह्रै जिल्लाको ‘मध्य बिन्दु’ दाङ देउखुरी क्षेत्रलाई स्थायी राजधानी घोषणा गर्ने निर्णय गरेको छ । पाँच नम्बर प्रदेश मन्त्री परिषदले गरेको यो निर्णय पारित गर्नका लागि सरकारले प्रदेशसभामा प्रस्ताव पेस समेत गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशका सबै जिल्लाका लागि पायक पर्ने थलोका रुपमा दाङ देउखुरी क्षेत्रलाई स्थायी राजधानी घोषणा गर्न र प्रदेशको नाम लुम्बीनी राख्न प्रस्ताव गरेका छन् ।  




मन्त्री परिषदको प्रस्ताव अनुसार दाङको राप्ती गाउँपालिकाको भालुवाङ क्षेत्रलाई केन्द्रमा राखेर गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाका दुईवटा वडालाई पनि राजधानी क्षेत्र बनाउने उल्लेख छ । ‘दाङको देउखुरी क्षेत्रलाई स्थायी राजधानीका रुपमा घोषणा गर्नका लागि मन्त्री परिषदले निनर्णय गरेको हो,’ मन्त्री परिषदले गरेको निर्णय बारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता भौतिक तथा पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले नागरिकसंग भने ‘मन्त्रीपरिषदको यो निर्णय प्रदेश सभामा पास गराउनका लागि प्रस्तावका रुपमा पेश भएको छ ।’  

प्रवक्ता चौधरीका अनुसार दाङ देउखुरी क्षेत्रलाई स्थायी राजधानी घोषणा गर्ने प्रस्ताव मन्त्री परिषद बैठकमा मुख्यमन्त्री शंकर पोख्रेलले पेश गरेका थिए । उनको प्रस्तावलाई मन्त्री परिषदले सहमती जनाएको थियो ।  

प्रदेश सरकार मन्त्री परिषदले गरेको यो निर्णय प्रदेशसभाबाट पास हुने सम्भावना अधिक बढि देखिएको पनि छ । कारण नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल विचमा प्रदेशको स्थायी राजधानी दाङ बनाउने सहमती भएको खवर पनि सार्वजनिक भएका छन् ।  

प्रदेश सरकारले गरेको यो निर्णय प्रदेशसभाबाट पास भएको खण्डमा स्थायी राजधानी प्रदेशका सबै जिल्ला बासीहरुका लागि पायकको राजधानी बन्ने छ । प्रदेशका पूर्वी र पश्चिमी सीमा तथा उत्तरी सीमा क्षेत्रका जिल्लासंगको दुरी मापन गर्ने हो भने दाङसंगको दुरी समान देखिन्छ । अतः दाङ क्षेत्र सबै जिल्लाको मध्यबिन्दुमा पर्दछ । प्रदेशको पुछारमा रहेको जिल्ला बर्दियासंगको दाङको दुरी १ सय ९० किलोमिटरको दूरी छ । जबकी बुटवल राजधानी कायम रहँदा पश्चिममा रहेको यो जिल्लालाई प्रदेश राजधानी निकै अपायक थियो ।  

बर्दियासंगै उसको पूर्वी सीमा साँध रहेको बाँके प्रदेशको हाल कायम रहेको राजधानीको थलोदेखि लामो समयदेखि असन्तुष्ट रहँदै आएका थिए । यि दुई जिल्लाले प्रदेशको राजधानी अपायक थलोमा रहेको भन्दै फरक प्रदेश कर्णाली प्रदेशमा गाभिनेसम्मको निर्णय गरिसकेका थिए ।    

यसैगरि प्रदेशको पूर्वी सीमा पश्चिम नवलपरासीबाट दाङको दुरीपनि बर्दियाकै बराबर १ सय ९० किलोमिटर छ । ‘दाङ देखि प्रदेशको पूर्वी सीमा र पश्चिमी सीमाको दुरी हेर्ने हो भने बराबर १ सय ९० किलोमिटर छ,’ दाङमा केहि समय अघि गठन भएको प्रादेशिक राजधानी सरोकार समितिका अध्यक्ष तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालले भने ‘यसर्थ पनि हामीहरुले पहिल्यै देखिनै दाङ केन्द्र बिन्दु हो भन्ने सत्य आधारका पक्षमा बोल्दै आएका थियौँ ।’

यसैगरि उत्तरी क्षेत्रका जिल्लाको दुरी हेर्ने हो भने दाङनै प्रदेशको केन्द्र भएको प्रष्टै हुन्छ । प्रदेशको पश्चिम पहाडी जिल्ला पूर्वी रुकुमदेखि दाङको दुरी २ सय १० किलोमिटर छ । प्रदेशको पूर्वी पहाडी जिल्ला पाल्पादेखि दाङसम्मको दुरी पनि रुकुम जतिकै समान २ सय १० किलोमिर छ । यसैगरि गुल्मीको उत्तरी भुभाग देखि दाङ सम्मको दुरी १ सय ५० किलोमिटर छ । ‘दुरीका हिसावले सबै भन्दा पायक पर्ने थलोका रुपमा रहेको दाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रदेश सरकारको मन्त्री परिषदले जुन निर्णय गरकोे छ, यो दाङ बासीका लागि मात्रै हैन प्रदेशका सबै जिल्लाका लागि गरिएको न्यायिक निर्णय हो,’प्रादेशिक राजधानी सरोकार समितिका अध्यक्ष भुषालले भने ‘प्रदेश भरका नागरिकको पक्षमा गरिएको यो निर्णयको बिरोध प्रदेशसभामा नहोओस्, यो पायक थलोलाई सबैले स्वीकार्ने वातावरण सकोस् ।’

प्रदेशका सबै जिल्लाको पायकको रुपमा दाङ रहेपनि प्रदेशसभा चुनाव पछि दाङ भने अस्थायी मुकाम तोकिएन । तत्कालीन कांग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको सरकारले बुटवलमा अस्थायी राजधानी तोकेको थियो । त्यो बेला भेगीय राजनीतिक विभेदका कारण पायक थलो दाङ अस्थायी मुकाम तोकिन सकेको थिएन । अस्थायी राजधानी बुटवाल घोषणाका क्रममा कांग्रेसका नेता बालकृष्ण खाँड, नेकपाका बिष्णु पौडेलको भुमिका महत्वपूर्ण रहेको चर्चा बेस्सरी चलेको पनि थियो । उनिहरुले बुटवल राजधानी घोषणाका पक्षमा एक भएर सडक आन्दोलनको नेतृत्व गरेका थिए ।  

बिशेष समितिलाई पनि दाङकै पक्षमा बहुमत सुझाव

भेगीय स्वार्थका कारण लामो समय सम्म घोषणा हुन नसकेको प्रदेश पाँचको स्थायी राजधानी घोषणाका लागि सुझाव संकलन गर्न एउटा विशेष समिति बन्यो । यो समितिलाई प्रदेशका १२ वटै जिल्लामा पुगेर प्रदेशको राजधानी कुन जिल्ला उपयुक्त छ ? भनेर सुझाव संकलन गर्ने जिम्मेवारी थियो । यो समितिले १२ वटै जिल्लामा पुगेर गरेको सुझाव संकलनका क्रममा दाङकै पक्षमा बहुमत प्राप्त भयो । यसको प्रमुख कारण पनि त्यहि नै थियो ‘दाङ सबै जिल्लाको केन्द्र ।’  

विशेष समिति स्रोतका अनुसार त्यो बेला यो समितिले १२ जिल्लाबाट १ हजार ३ सय १२ सुझाव संकलन गरेको थियो । यि मध्य ५ सय ३० सुझाव ‘दाङ राजधानी’ का पक्षमा मात्रै थिए । यसैगरि हालको अस्थायी राजधानी रहेको बुटवलको पक्षमा ३ सय ५० सुझाव आएका थिए । बाँकी अन्य सुझाव कपिलवस्तु, अर्घाखाँची, बाँके , बर्दिया लगाएतका जिल्लाका पक्षमा थिए । प्रदेशको प्रमुखको पायक थलो दाङलाई पायकको थलोका रुपमा रहेको भन्दै दाङ मात्रै नभई पश्चिमका बाँके, बर्दिया देखि पूर्वी सीमा पश्चिम नवलपरासी सम्मबाटै दाङको पक्षमा मत जाहेर भएको छ ।  

‘प्रदेशको मध्य बिन्दु दाङ रहेकाले पायकको हिसावले पनि अन्य जिल्लाहरुबाट पनि दाङको पक्षमा सुझाव आएका छन्,’सुझाव संकलन विशेष समितिका एक सदस्यले भनेका थिए ‘सबै भन्दा बढि सुझाव दाङकै पक्षमा आएका छन् ।’ तर पनि भेगीय विवादका कारण जनमतको कदर  भने तत्कालै हुन सकेन । उपल्लो राजनीतिक सहमती बेगर प्रदेश स्थायी राजधानी घोषणा सम्भव थिएन, फलतः नेकपाका अध्यक्षद्धयको सहमतीले प्रदेश सरकार मन्त्री परिषदलाई औपचारिक निर्णयमा सहज भएको बताईएको छ ।  

‘प्रदेश सरकारले चुनेको थलो हरेक दृष्टिकोणले उपयुक्त’

प्रदेश सरकारले स्थायी राजधानीका चुनेको दाङ देउखुरी क्षेत्र राजधानीका लागि हरेक दृष्टिकोणबाट उपयुक्त मानिएको छ । प्रदेशको नाम तथा राजधानीका लागि सिफारसि गर्नका लागि बनेको विशेष समितिले निर्माण गरेको बिज्ञ समुहले समेत यो क्षेत्रलाई स्थायी राजधानीका लागि उत्तम मानेको थियो । यो विज्ञ समूहमा वातावरण, सुरक्षा, भूगोल लगाएतका क्षेत्रका बिज्ञहरु थिए । ‘स्थायी राजधानीका लागि चाहिने न्यूनतम आधारहरुको पहिचान गर्नका लागि बनेको विज्ञ समूहले पनि देउखुरी क्षेत्रलाई उपयुक्त मान्दै सुझाव पेश गरेको थियो,’ नामाकरण तथा नाम सिफारीसका लागि बनेको कार्यदलका एक सदस्यले भने ।  

यता हाल प्रदेश सरकारले सिफारीस गरेको देउखुरी क्षेत्रका स्थानीय सरकारका जनप्रतिनिधिहरुले प्रदेशको स्थायी राजधानीका लागि आफ्नो क्षेत्र उपयुक्त भएको बताएका छन् । ‘उर्वर भूमी, वातावरणीय अनुकुलता अनि सुरक्षा दृष्टिकोणले हाम्रो गाउँपालिका क्षेत्र निकै उपयुक्त छ,’ राजधानीको केन्द्रका रुपमा प्रस्ताव गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले भने । उनले गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणका लागि १ हजार ५ सय विघा जमिन प्रदेश सरकारलाई उपलब्ध गराउन सक्ने समेत बताए । ‘१ हजार बढि विघा जग्गा प्रदेश राजधानीका लाग उपलब्ध गराउन सकिने भनेर लिखित रुपमै मैले प्रदेश सरकारलाई सुझाएको हुँ,’ सुवेदीले भने ।  

यसैगरि राजधानीले समेट्ने भनिएको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भने प्रदेश सरकारका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि चाहेजति जमिन उपलब्ध गराउन सकिने बताउँछन् । ‘हाम्रो क्षेत्र हरेक दृष्टिकोणले राजधानीका लागि उपयुक्त छ,’ उनले भने ‘प्रदेश सरकारका लागि हामीहरुले जति पनि स्रोत साधन उपलब्ध गराउन सक्ने छौँ ।’
अर्को समाचार
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
४ मिनेट अघि
•
१ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्रश्न उठाएको छ।




कांग्रेस केन्द्रीय कार्यसमिति बैठकपछि बोल्दै महामन्त्री प्रदीप पौडेलले भारत सरकारले प्रधानमन्त्रीलाई दिएको स्वागत र राजकीय सम्मानलाई दुई देशबिचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धको प्रतिबिम्बका रूपमा व्याख्या गरिएको छ।

भ्रमणका क्रममा भएका केही महत्त्वपूर्ण सहमति र विगतका सहकार्यले निरन्तरता पाएको विषयलाई कांग्रेसले सकारात्मक रूपमा लिएको छ।

विशेषगरी भैरहवा हुँदै प्रवेश गर्ने काठमाडौं-भैरहवा-लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न भएको सहमतिलाई कांग्रेसले स्वागत गरेको छ। यो विषय कांग्रेसले सन् २०७४ देखि उठाउँदै आएको जनाएको छ।

त्यस्तै, भोटेकोशी र त्रिशूली क्षेत्रमा बाढीपछिको पुनर्निर्माण तथा विकासका लागि भारतले घोषणा गरेको २४० अर्ब रुपैयाँ बराबरको सहयोग प्याकेजलाई पनि कांग्रेसले महत्त्वपूर्ण मानेको छ। यसमध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण रहेको छ।

तर नेपाल-भारतबिच लामो समयदेखि समाधान हुन नसकेको सीमा विवादजस्ता संवेदनशील विषयले भ्रमणका क्रममा अपेक्षित प्राथमिकता नपाएको कांग्रेसको भनाइ छ।

कांग्रेसले प्रधानमन्त्री पदमा पुग्नुअघि र पदमा रहँदा भारतसँगको सम्बन्ध तथा सीमा विवादका विषयमा बालेन्द्रले दिएका अभिव्यक्ति र भारत भ्रमणका क्रममा देखिएको व्यवहारबिच विरोधाभास रहेको टिप्पणी गरेको छ।

कांग्रेसले यसलाई प्रधानमन्त्रीको कथनी र करणीबिचको विरोधाभास भन्दै कूटनीतिक संवेदनशीलताको अभाव र अपरिपक्वताको संकेत भएको बताएको छ।

त्यस्तै, भारतसँग भएका सहमति कार्यान्वयनका लागि सरकारले स्पष्ट कार्ययोजना र समयसीमा सार्वजनिक गर्नुपर्ने कांग्रेसको माग छ। विकास सहयोगको अनुदान र ऋण कुन क्षेत्रमा कसरी परिचालन हुन्छ भन्ने विषय पनि संसद् र नागरिकलाई जानकारी गराउनुपर्ने कांग्रेसले जनाएको छ।
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
यो पनि पढौँ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस