प्रदेश सरकारले सदनमा प्रदेशको राजधानी दाङ बनाउने प्रस्ताव दर्ता गरे लगत्तै बुटवलमा त्यसको बिरोध सुरु भयो। आजको प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले सरकारका तर्फबाट प्रदेश सभाको राजधानी दाङको देउखुरी र नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेका हुन्।
सदनमा प्रस्ताव पेश भएलगत्तै बुटवल पक्षधर काँग्रेसका केही सांसदहरुले सदनमै आपत्ति जनाए भने बुटवलका सडकमा बिरोध प्रदर्शन सुरु भयो। नेपाली काँग्रेस रुपन्देहीले सदनमा दर्ता भएको प्रस्ताव बिरुद्ध कडा आन्दोलनमा उत्रने निर्णय गर्दै तरुण दल र नेबिसंघलाई तत्काल संघर्षमा उत्रन निर्देशन दिएको हो।
काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले बिज्ञप्ती जारी गर्दै काँग्रैस सभापती शेरबहादुर देउवा नेतृत्वको सरकारले बिगतमा अध्ययन अनुशन्धान गरेर बहुसंख्यक जनताको हितमा हुने गरी रुपन्देहीलाई प्रदेशको राजधानी तोकेको भन्दै त्यस बिपरित नेकपाको स्वार्थमा रुपन्देहीबाट राजधानी सारीए सडक र सदनमा कडा आन्दोलन गर्ने जनाइएको छ।
काँग्रेस रुपन्देहीले आम कार्यकर्ता र रुपन्देही आसपासका जिल्लाका सर्वसाधारणलाई पनि यो आन्दोलनमा सहभागी हुन अपिल गरेको छ। बहुसंख्यक जनताको हित बिपरित राजधानी सारीए कडा आन्दोलन गर्ने र त्यसले नीम्त्याउने क्षतिको जिम्मा सरकारले लिनुपर्ने चेतावनी सभापती रज्जाकले दिएका छन्।
यसैबीच नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघले सदनमा प्रदेशको राजधानी र नाम सम्बन्धि प्रस्ताव पेस भएलगत्तै बुटवल र तिलोत्तमाका बिभिन्न स्थानमा टायर बालेर बिरोध गर्नुका साथै प्रदेश सरकार बिरुद्ध नाराबाजी गरे। तरुण दल क्षेत्रीय सभापती हसन्त लामा र नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेलको नेतृत्वमा बुटवलको नेपालगञ्ज रोडमा सिन्दुर होटल अगाडी, ट्राफिक चोक, मिलनचोक, बसर्पाक, हस्पिटल लाइनमा युवाहरुको समूहले बिरोध प्रदर्शन गरेका हुन्। बिरोधमा उत्रेका युवाहरुले ६ वटा सरकारी गाडीमा समेत तोडफोड गरी क्षति पुर्याएका छन्।
त्यस्तै तिलोत्तमा नगरपालिकाको मणिग्राममा, सैनामैना नगरपालिका र देवदह नगरपालिकाका बिभिन्न चोकमा तरुणदल, नेविसंघका युवाहरुले टायर बालेर बिरोध प्रदर्शन गर्नुका साथै प्रदेश सरकार बिरुद्ध नाराबाजी गरेका छन्। नेबिसंघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेलले बहुसंख्यक जनताको भवना र हित बिपरित प्रदेश राजधानी बुटवलबाट सार्न नपाइने भन्दै त्यसबा बिरुद्धमा कडा आन्दोलनमा उत्रने बताए।