प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले शनिवार ट्विटमार्फत आफूलाई कोभिड-१९ पोजिटिभ भएको जानकारी दिएका छन्।
‘हिजोको पीसीआर परीक्षणबाट ममा पनि कोरोना पोजिटिभ देखियो। यसबीच मसंग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु।' उनले ट्विटरमा लेखेका छन्।
कोरोना सक्रमणको कारण गत चौबिस घण्टामा एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
थप मृतक सहित नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको सख्या १२ हजार ३१ पुगेको छ। गत चौबिस घण्टामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत चौबिस घण्टामा १३ सय १ वटा नमुना परीक्षण भएका थिए। थप संक्रमितसहित नेपालमा सक्रिय संक्रमितको २ सय २ पुगेको छ। तीमध्येमा १२ जनाको आइसियुमा उपचार भइरहेको छ भने २६ जनाको संस्थागत आइसोलेसनमा र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...