प्रदेश नं. ५ को राजधानी दाङ सार्ने प्रस्तावको बिरोधमा नेपाली कांग्रेस रुपन्देहीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। शनिबार बुटवलमा बसेको पार्टीको बैठकले रुपन्देही बन्द, संसद भवन घेराउ, धर्ना, मसाल जुलुस लगायतका बिरोध कार्यक्रम निर्णय गरेको हो।
कंग्रेसले भोली (आइतबार) रुपन्देही जिल्ला बन्द गरी बृहत प्रदर्शन गर्ने भएको छ। १९ गते बुटवल जाँउ राजधानी जोगाँउ भन्ने नारासहित प्रदेश सभा भवन घेराउ गरीने कांग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले बताए। १९ गते सांसदहरुलाइ संसद भवन प्रवेश नै गर्न नदिने गरी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म धर्ना र घेराउको कार्यक्रम गरीने सभापती रज्जाकले बताए।
राजधानी दाङ सार्ने निर्णयकाविरुद्ध आज जिल्लाका सबै स्थानीय तहका वडा वडामा राके जुलुस प्रदर्शन गर्ने तयारी भइरहेको सचिव रामकृष्ण खाँणले बताए। बुटवलको राजमार्ग चौराहदेखि महेन्द्र पार्कसम्मै राके जुलुस निकाल्नुका साथै बुटवल नगरका सबै वडा चोक चौराहमा प्रदर्शन गर्दैछ।
देवदहको भलुही, खैरेनी, तिलोत्तमाका मणिग्राम, भलवारी, भैरहवाको देवकोटा चोक, सैनामैना, रोहीणीको धकधही, मायादेविको बनगाइ चोक, लुम्बिनीको पर्साचोक, मर्चवारको मझगावा लगायतका स्थानमा मसाल जुलुस प्रदर्शन गर्ने तयारी कांग्रेसले गरेको छ।
सरकारले प्रदेश नं. ५ को स्थायी राजधानी दाङ राख्ने प्रस्ताव शुक्रबार प्रदेश सभामा दर्ता गराएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केशीले सरकारका तर्फबाट प्रदेश सभाको राजधानी दाङको राप्ती उपत्यकाको देउखुरी र नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेका हुन्।
तर नेपाली कांग्रेस रुपन्देहीले भने सुरुदेखि नै जनसंख्या, पूर्वाधार लगायतका हरेक दृष्टिकोणले रुपन्देही नै स्थायी राजधानीका लागि उपयुक्त भएको भन्दै बुटवलबाट राजधानी सार्न नदिने अडानमा छ। नामको सम्बन्धमा भने कुनै बिबाद छैन।