रुपन्देही प्रशासनले आन्दोलन दबाउन बुटवलका मुख्य क्षेत्रहरुमा आइतबार बिहानैदेखि ४ दिनसम्मका लागि निषेधाज्ञा लगाएको छ। तर निषेधाज्ञाकै बावजुद आइतबार बिहानैदेखि औधोगिक व्यवसायिक तथा सामाजिक संघसंस्थाहरु बिरोधमा उत्रीए। ‘प्रदेश राजधानी बुटवल कायम गर, जनताको मतको कदर गर, मननीयहरु खबरदार, अर्को चुनावमा भोट चाहिदैन?’ जस्ता नारा लगाउदै बुटवलको ट्राफिक चोकमा र्यालीसहितको बिरोध सभा गरीयो।
बिरोध सभालाई सम्बोधन गर्दै उद्योगी व्यवसायीका अगुवाहरुले महामारीका बेला राजधानी तोकेर राजनीतिक लाभ लिन खोज्नु बेइमानी भएको आरोप लगाए। बहुसंख्यक जनताको जनभावनाको कदर नगरी जबरजस्ती राजधानी सारीए त्यसले संघीयता नै धरापमा पर्ने र त्यसको जिम्मा मुख्यमन्त्री शंकर पोख्रेलले लिनु पर्ने चेतावनी दिए। साविकको लुम्बिनी अञ्चलका सांसदहरुलाई प्रस्तावकाविरुद्ध मतदान गर्न आग्रह गर्दै वक्ताहरुले बुटवलबाट राजधानी सारीए जनताले तिनको राजनीति पनि सिद्धियाइदिने दावी पनि गरे।
संजालका संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले प्रदेश सरकारका लागि रुपन्देहीका व्यवसायिक संघसस्थाहरुले आफ्ना संरचना सहयोग गरेको भन्दै बिगतलाई नभुल्न चेतावनी दिए। पूर्वाधारका लागि अर्बौ खर्च गरेपछि नयाँ स्थानमा राजधानी सार्न खोज्नु भ्रष्टाचारी कदम भएको आरोप लगाए। ‘बुटवलबाट राजधानी सार्ने नै भए भोली नै व्यवसायिक संघसंस्थाका भवन खाली गर’ हमालले भने। व्यापार संघका अध्यक्ष यमलाल लोहनीले मुख्यमन्त्रीले शान्तीपुर्ण आन्दोलनसंग डराएर निषेधाज्ञा लगाएको भन्दै आफूहरु गोलीखान तयार रहेको बताए। महामारीले मुलुक आर्थिक संकटमा परेका बेला राजधानीका नाममा नयाँ स्थानमा अर्बौ रकम सक्ने नीति लिनु गम्भीर भुल भएको भन्दै निर्णय सच्याउन आग्रह गरे।
उद्योग परिषद संघका सदस्य एजाज आलम र रुपन्देही उद्योग संघका कार्यबाहक अध्यक्ष माधव पौडेलले प्रदेश सरकार स्थापनामा यहाँको निजी क्षेत्रले गरेको सहयोगलाई नजरअन्दाज गरीए त्यसको परिणाम सरकारले थेग्न नसक्ने बताए। नेकपाका प्रदेश सांसदहरुलाई नेतृत्वको अगाडी लम्पसार नपर्न पनि आग्रह गरे। पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले कोरोना महामारीको मौका छोपेर मुख्यमन्त्री पोखरेलले जनताको भावना र संघीयतामाथि नै प्रहार गरेको बताए। मुख्यमन्त्रीको कूनीयत जनताले राम्रो संग बुझ्ने मौका पाएको भन्दै उनले बुटवल पक्षधर नेकपाका सांसदहरुले जनतासंग गरेका बाचा पुरा गर्ने समय आएको बताए।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जिसी र मणिमुकुन्द उद्यानका खेम लुइटेलले लुम्बिनीका सांसदहरुलाइ खुट्टा नकमाइ जनमतको पक्षमा लाग्न आग्रह गरे। ‘जनमत कुल्चेर अर्को चुनाव हार्न चाहानुहुन्छ की बहुमतको कदर गर्नुहुन्छ?’नेकपा सांसदहरुलाइ उनले प्रश्न गरे।
औधोगिक व्यवसायिक तथा सामााजिक संघसस्थाहरुले संघष समिति गठन गरेर आन्दोलनमा होमीएका हुन्। सोमबार संंसद भवन घेराउ गर्ने कार्यक्रम रहेको संजालका संयोजक खिमबहादुर हमालले बताए। बुटवलमा शुक्रबारदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको छ।
काँग्रेसको बन्दको पुर्ण प्रभाव
बुटवलबाट राजधानी सारेर दाङ लैजाने सरकारको प्रस्तावविरुद्ध नेपाली काँग्रेसले गरेको रुपन्देही बन्दको प्रभाव आज बिहानैदेखि परेको छ। बुटवलसहितका मुख्य बजार, यातायात बन्द छ। काँग्रेसले सोमबार संसद भवन घेराउ गर्ने तयारी गरीरहेको छ। त्यसका लागि हजारौ कार्यकर्ता बुटवलमा उतार्ने बुझीएको छ। त्यस्तै जनमुक्ती रुपन्देही, व्यवसायिक संघसस्थाहरुको संजालले पनि सोमबार बिरोधका कार्यक्रम गर्दैछन्।
सोमबार संसदमा प्रस्ताव सम्बन्धी छलफल
सरकारले शुक्रबार प्रदेश सभामा पेस गरेको प्रदेशको नाम र स्थायी राजधानी सम्बन्धी प्रस्तावमा सोमबार संसदमा छलफल हुदैछ। नेकपाको संसदीय दलले प्रस्तावका पक्षमा मतदान गर्न सांसदहरुलाई निर्देशन दिइसकेको छ। मतदानका बेला ह्वीप लगाउने तयारी पनि छ। मंगलबारै सो प्रस्ताव पास गराउने तयारीमा सरकार लागेको बुझीएको छ। यो प्रदेशमा ८७ जना सांसद छन्। नेकपाका ६१, काँग्रेसका १९, संघीय समाजवादी फोरमका ५, राष्ट्रिय जनमोर्चा र राजपाका १/१ जना छन्।