काठमाडौं, मङ्सिर २३- एमाओवादीले आगामी माघ २० गते घोषणा गरेको महाधिवेशन सफल बनाउनका लागि १२ वटा समिति गठन गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको एमाओवादीको सङ्गठन विभागको वैठकले महाधिवेशनलाई भव्य र व्यवस्थित बनाउनका लागि ती समिति गठन गरेको हो।
सङ्गठन विभाग प्रमुख कृष्णबहादुर महराका अनुसार महाधिवेशनलाई सफल बनाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल संयोजक रहेका निरीक्षण तथा अनुगमन समिति गठन गरेको छ। सो समितिको सदस्यहरुमा उपाध्यक्ष्यद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ तथा सचिव पोष्टबहादुर बोगटी रहेका छन्।
यसैगरी व्यवस्थापन समिति कृष्णबहादुर महराको संयोजकत्वमा गठन गरिएको छ भने नेवाः राज्य समितिका संयोजक देवेन्द्र पौडेलको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ।
एमाओवादीका अनुसार सुरक्षा तथा स्वयंसेवक परिचालन समितिको जिम्मा जनमुक्ति सेनाका पूर्व कमाण्डर नन्दकिशोर पुनलाई दिइएको छ भने स्वास्थ्य विभागको जिम्मा गिरिराजमणि पोखरेललाई दिइएको छ। यस्तै सांस्कृतिक विभागको जिम्मा निनु चापागाई, प्रचारप्रसार समिति पार्टी प्रवक्ता अग्नि सापकोटालाई दिइएको छ।
यसैगरी अन्तरराष्ट्रिय सम्बन्धको जिम्मा विदेश विभाग प्रमुख राम कार्कीलाई दिइएको छ भने अनुशासन तथा अनुगमन समितिको जिम्मा अमिक शेरचन, समारोह व्यवस्थापन तथा अतिथि सत्कारको जिम्मा जनार्दन शर्मा, बालबालिका तथा अपाङ्ग व्यवस्थापनको जिम्मा हिसिला यमी, यातायात व्यवस्थापनको जिम्मा लिलामणि पोखरेललाई दिइएको छ।
यसैगरी संविधान सभाबाटै संविधान, पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधानको पक्षमा प्रतिबद्ध भएर लाग्ने समेत निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव हितराज पाण्डेले जानकारी दिए। एमाओवादीले हिजो मात्रै पार्टीको महाधिवेशन आगामी माघ २० गते मकवानपुरको हेटौँडामा आयोजना गर्ने निर्णय गरेको थियो। रासस