प्रदेशको राजधानी दाङ सार्ने प्रस्ताव सदनबाट पास भएको बिरोधमा नेपाली कांग्रेस रुपन्देहीले आजको दिनलाई कालो दिनको रुपमा मनाउने भएको छ।
नेपाली कांग्रेससहित रुपन्देहीबासी आन्दोलनमै रहेका बेला प्रदेशको राजधानी दाङ तोकीएपछि नेपाली कांग्रेस रुपन्देहीले अकस्किम बैठक बसी त्यसको बिरोध स्वरुप साँझ ७ बजेदेखि ८ बजेसम्म बत्ती निभाएर कालोदिन मनाउने निर्णय गरेको हो। त्यसका लागि कांग्रेसले सम्पुर्ण जिल्लाबासीलाई साँझ ७ बजेदेखि एक घण्टा बत्ती निभएर कालोदिनको रुपमा सम्झना गर्न आग्रह समेत गरेको छ।
कंग्रेसले आफ्ना कार्यकर्ताहरुलाई अनिवार्य बत्ति निभाएर बिरोध जनाउन सर्कुलर जारी गरीसकेको सभापती अब्दुल रज्जाकले बताए। प्रदेश राजधानीका लागि रुपन्देहीबासीले बिगतमा ठूलो योगदान दिएको र बहुसंख्यक जनताको पायक पर्ने भएकाले रुपन्देहीलाई नै स्थायी राजधानी तोक्नु पर्ने कांग्रेसको माग यथावत रहेको भन्दै त्यसका लागि कांग्रेसको निरन्तर पहल जारी रहने सचिव रामकृष्ण खाँणले बताए।