अब भर्चुअल बैठक गर्ने कि ?
२३ असोज २०७७
•
२ मिनेट पाठ
अब भर्चुअल बैठक गर्ने कि ?
मुलुकमा लकडाउन सुरु भएयता संसद्को हिउँदे अधिवेशन बैठक नै नबसी अन्त्य भयो भने बर्खे अधिवेशन बजेट पारितपछि बस्नै सकेन। लकडाउनको सुरुताका संसदीय समितिले भर्चुअल बैठक र पछि भौतिक दूरी कायम गरी बैठक राखेका थिए। भर्चुअल बैठकमा समितिका सदस्यहरुले बोलेका कुराहरुलाई आधार मानेर समितिले निर्देशन सुझाव दिनेकाम पनि ग-यो। कतिपय कार्यान्वयन पनि भए तर सांसदले भर्चुअल बैठक बापतको भत्ता पाएनन्।

‘भर्चुअल बैठकमा भत्ता नपाएपछि कतिपय सांसदले बैठकमा भाग लिनै छाडे,’ संसद् सचिवालयका एक अधिकारले भने। संसद् नियमावली २०७५ ले भर्चुअल बैठकलाई बैठकको मान्यता दिने कुराको व्यवस्था नगरेपछि संघीय संसद्का पदाधिकारी तथा सदस्यको सेवासुविधासम्बन्धी ऐनबमोजिम सांसदलाई बैठक भत्ता दिन नमिलेको संसद् सचिवालयले जनाएको छ। बैठक भत्ता बापत सांसदलाई दैनिक २ हजार रुपैंया तोकिएको छ। जसमा बैठक भत्तामा एक हजार र यातायात सुविधा बापत एकहजार गरी २ हजार रुपैयाँ दिने व्यवस्था छ। कतिपय प्राविधिक कारण पनि भर्चुअल बैठक प्रभावित हुनपुगेको छ। एकजना सांसदले भने, ‘भर्चुअल बैठक बस्ने हो भने प्रविधको ज्ञान सबै सांसदमा हुनुपर्दछ, भने अन्य कानुनी समस्या छन् भने कसरी हुन्छ मिलाउनु पर्छ।’

अहिले संसद सचिवालयमा कोरोना संक्रमण बढ्दै गए पनि समितिका बैठकमा भर्चुअल नगरी भौतिक दूरी कायम गरी बसेका छन् भने संसद सचिवालयको प्रशासनिक काम पनि भौतिक दूरी कायम गरी अघि बढाइएको छ। तर अब संकटको घण्टी बज्न लागेको भन्दै संसद्मा रणनीति परिवर्तन गर्नुपर्ने छलफल सुरु भएको छ। कोरोनासँग बढीभन्दा बढी सतर्क भएर काम गर्ने गरी संसद सचिवालयले रणनीति परिवर्तन गर्न लागेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए। उनले भने, ‘अब हामी स्वास्थ्यसम्बन्धी आचारसंहिता नै बनाएर अघि बढ्छौं,’ संसदीय समितिका बैठकहरू कसरी सञ्चालन गर्ने र कर्मचारीले कार्यालयको काम कसरी गर्ने जस्ता विषयमा बिहीबार संसद् सचिवालयले महाशाखा प्रमुखको राय सुझाव संकलन गरेको थियो। कर्मचारीहरू कार्यालय आउने विषय महाशाखा प्रमुखले मिलाउने कुरा कायमै राखिएको छ। सतर्कता अपनाउने, दूरी कायम गर्ने, संसद् सचिवालयका स्वास्थकर्मीलाई बढी सक्रिय बनाउने निर्णय पनि गरिएको छ।

भर्चुअल बैठकलाई अघि सानुपर्ने विषयमा भने अहिले छलफल केन्द्रित छैन। संसद् सचिवालयले गठन गरेको अध्ययन समितिले कानुनी व्यवस्था पछिमात्र भर्चुअल राख्दा सबै सुविधा प्राप्त हुने भन्दै प्रतिनिधिसभा र राष्ट्रियसभाका नियमावली संशोधन गर्नपर्ने प्रतिवेदन बुझाएको थियो। तर, संसद अधिवेशन नभएकाले नियमावली संशोधनको काम रोकिएको छ। अध्ययन समितिले दिएको सुझावअनुसार, संसद् सचिवालयले प्रविधि र विभिन्न उपकरण खरिदका लागि ६२ लाख रुपैयाँ खर्च गर्न लागेको छ। सबै सांसदलाई भर्चुअल बैठकमा छलफल गर्नसक्ने क्षमताको विकास गरी कानुनी कुरा मिलाई भर्चुअल बैठक नै बस्दा उपयुक्त हुने अवस्था देखिएको छ। अहिलेसम्म संसद् सचिवालयमा १३ जना सांसद तथा ३ जना कर्मचारीलाई कोरोना संक्रमण भइसकेको छ। यस्तो अवस्थामा भर्चुअल नगरी बैठक बस्ने हो भने भौतिक दूरी कायम गरी स्वास्थ्यको मापदण्ड कडा रुपमा लागु गर्नुपर्ने हुन्छ। स्वास्थ्य मापदण्ड कडा रुपमा लागु नगर्ने हो भने भर्चुअल नै ठिक हुने संसद् सचिवालयका अधिकारीहरु बताउँछन्।
अर्को समाचार
परराष्ट्रमन्त्रीले गरे बेलायतका रक्षा मन्त्रीसँग ‘भर्चुअल’ बैठक
२५ जेष्ठ २०८३
•
१ मिनेट पाठ
परराष्ट्रमन्त्रीले गरे बेलायतका रक्षा मन्त्रीसँग ‘भर्चुअल’ बैठक
परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त अधिराज्य बेलायतका रक्षामन्त्री जोन हिली र भूतपूर्व सैनिक तथा जनशक्तिसम्बन्धी मन्त्री लुइस स्यान्डर–जोन्ससँग भर्चुअल बैठक गरेका छन्।

बैठक मुख्यतः बेलायती गोर्खाहरूका लामो समयदेखि समाधान हुन बाँकी रहेका गुनासाहरू, समानुपातिक पेन्सनको मागलगायत विषयमा केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यस अवसरमा मन्त्री खनालले नेपाल–बेलायत सम्बन्धमा बेलायती गोर्खाहरूको महत्त्वलाई प्रकाश पार्दै बेलायती गोर्खाहरूका गुनासाहरूको यथाशीघ्र आपसी रूपमा स्वीकार्य समाधान खोज्नुपर्ने आवश्यकतामा जोड दिएका थिए।

साथै, उनले न्याय, निष्पक्षता र सम्मानको दृष्टिकोणबाट यी विषयहरू सम्बोधन गर्न बेलायती सरकारसँग अनुरोध गरेका थिए।

बैठकमा रक्षामन्त्री हिलीको तर्फबाट स्यान्डर–जोन्सले बेलायती गोर्खा भूतपूर्व सैनिकहरूका विषयहरू सम्बोधन गर्न नेपाली पक्षसँग नजिकबाट सहकार्य गर्ने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेका थिए।

बैठकमा परराष्ट्र सचिव अमृतबहादुर राई तथा परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। बेलायती पक्षबाट सांसद एलेक्स बेकर, सांसद तथा नेपालसम्बन्धी सर्वदलीय संसदीय समूहका अध्यक्ष, साथै बेलायतको रक्षा मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरू उपस्थिति रहेको मन्त्रालयले जनाएको छ।

भर्चुअल बैठकमा बेलायती गोर्खा सङ्गठनहरूका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। यसअघि आजै मन्त्री खनालले बेलायती गोर्खा भूतपूर्व सैनिकहरूका प्रतिनिधिहरूसँग भर्चुअल अन्तरक्रिया गरेका थिए।

उक्त बैठकको समन्वय तथा सहजीकरण लण्डनस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत बिपिन दुवाडीले गरेका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस