काठमाडौं, पुस ८ (नागरिक)- कांग्रेस सभापति सुशील कोइरालाले संकटको निकासअघि विदेश भ्रमणमा नजान राष्ट्रपतिलाई सुझाव दिएका छन्। सोमबार भारत भ्रमणमा जाने तयारीमा रहेका राष्ट्रपति रामवरण यादवलाई कोइरालाले ‘अबको केही दिन निर्णायक रहेकाले समाधान ननिकाली भ्रमणमा नजान आग्रह गरे।
‘अहिलेको क्रुसियल अवस्थामा राष्ट्रपतिज्यू बाहिर जाँदा अलि असजिलो हुन्छ,' काठमाडौं थलीमा शनिबार पार्टीका क्षेत्रीय सभापतिहरुको प्रशिक्षणमा कोइरालाले भने, ‘राष्ट्राध्यक्षको नाताले जिम्मेवारी टुंग्याएर जाँदा राम्रो सन्देश जान्छ।'
राष्ट्रपति यादव बनारस हिन्दु विश्वविद्यालयको वार्षिकोत्सवमा भाग लिन सोमबार वाराणसी जाँदैछन्।
राजनीतिक निकास खोज्न सबै गम्भीर हुनुपर्ने उनले बताए। ‘प्रजातन्त्रका मूलभूत कुरामा कसैले पनि खेलबाड गर्नुभएन,' माओवादी र मधेसी दलप्रति लक्षित गर्र्दै कोइरालाले भने, ‘समाधान खोज्न सबै गम्भीर हुनु जरुरी छ।'
पछिल्लो समय राजनीतिक निकासको गति अत्यन्तै मन्द रहेको कोइरालाले बताए। ‘सहमतिका लागि जति अबेर ग¥यो, मुलुकका लागि त्यति नै बेफाइदा हुनेछ,' उनले भने, ‘तीन दिनभित्र सहमति नभए हामीस"ग आन्दोलनको विकल्प रहँदैन।'
माओवादीले समाधान खोज्न ढिलाइ गरेको उनले दोहो¥याए। ‘कहिले के बैठक भन्छन्, कहिले के भन्छन्,' उनले भने, ‘अब सचिवालयको जिम्मामा गएको छ रे, हेरौं के निकास निकाल्छन्।' कोइरालाले कांग्रेस अधैर्य भइनसकेको तर धैर्यको पनि सीमा हुने चेतावनी पनि दिए।
कार्यक्रममा वरिष्ठ नेता शेरबहादुर देउवाले एकीकृत माओवादीले समस्या समाधानमा अफ्ठेरो खडा गरेको आरोप लगाए। सत्तारुढ दलको दोहोरो चरित्रले समस्या समाधान कठिन भएको उनले बताए। ‘पत्रपत्रिकाका समाचार हेर्दा झन् जटिलता सिर्जना भएको देखिएको छ,' उनले भने, ‘हेरौं, अबको केही दिनमा समस्याको समधान निस्कन्छ।'
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले क्षेत्रीय सभापतिको प्रशिक्षणले कांग्रेसलाई मजबुत बनाउने बताउँदै सोमबार प्रशिक्षण समापनसँगै मुलुकले नयाँ बाटो पाउने आशा व्यक्त गरे। ‘तपाईंहरु समाधान हुने-नहुने थाहा पाएर जानुहुनेछ,' उनले भने, ‘पत्रपत्रिकामा छापिएका बाबुरामका चार खुट्टा सक्कली हुन् कि नक्कली, छिट्टै थाहा हुन्छ।'
महामन्त्री प्रकाशमान सिंहले कांग्रेसलाई संघीयता विरोधी देखाउन विपक्षी लागी परेको सुनाउदै काँग्रेस संघीयता विरोधी नभएको प्रष्टाए। अर्का महामन्त्री कृष्णप्रसाद सिटौलाले वैशाखमा निर्वाचन सम्पन्न गराउन नेपाली काँग्रेसको नेतृत्वको सरकार गठन हुनु आवश्यक रहेको बताए।