तनहुँ, पुस ११ (नागरिक)- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले धर्म कमजोर भएकाले राप्रपा नेपालले रथयात्रा सुरु गरेको बताएका छन्। रथयात्राका क्रममा मंगलबार तनहुँको सदरमुकाम दमौली आई पुगेका राप्रपा अध्यक्ष थापाले सबैमा सद्भाव र एकता कायम गरी नेपाललाई सनातन धर्म हिन्दुराष्ट्र कायम गर्ने पार्टीको लक्ष्य रहेको बताए।
‘अहिले धर्मको नाममा गलत प्रचार गरि एक आपसमा धार्मिक सहिसुणता खलवल्याउने प्रयास भइरहेको छ,' उनले भने, ‘त्यसका लागि समेत आवाज उठाउनु पर्ने अवस्था आएको छ।' सामान्य सोचका आधारमा धर्म परिर्वतन गर्ने कुनै व्यक्तिको स्वतन्त्रता भए पनि अहिले लोभ लालच र अन्य उपायवाट धर्म परिर्वतन गराउनु गलत भएको थापाको भनाई थियो। उनले धर्म परिर्वतनको काम नेपालको कानुन र संविधानले समेत रोकेको बताए।
नेपालका गरिव र निरक्षर जनतालाई पैसाको लोभमा धर्म परिर्वतन गराउन नहुने भन्दै उनले भने, ‘हरिया् डलर र युरो देखाएर सोझा नेपालीलाई धर्म परिर्वतन गराइदै छ।' नेपाललाई षडयन्त्र पुर्वक धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको आरोप लगाउँदै उनले हिन्दु राष्ट्र निर्माण गर्न राप्रपाले जस्तो सुकै ससक्त अन्दोलन गर्न पछि नहट्ने बताए।