काठमाडौं, पुस १२(नागरिक) - नेपाललाई हिन्दु राज्य पुनर्स्थापनाको माग गर्दै राप्रपा नेपालले आयोजना गरेको ११ दिने रथ यात्रा हिजो सम्पन्न भएको छ। पुष २ गते विवाह पञ्चमीको दिन जनकपुरबाट शुरु भएको रथ यात्रा गौतम बुद्धको जन्मस्थल लुम्बिनी, पोखराको विन्ध्यवासिनी हुँदै पशुपतिनाथ आएको विर्सजन गरिएको हो।
१ हजार २ सय ४० किलोमिटरको यात्रामा करिब २ हजार मानिस नियमित रुपमा संलग्न रहेको केन्द्रीय सदस्य मोहन श्रेष्ठले जानकारी दिए।
बाटोमा पर्ने १ सय ६० स्थानमा कार्यक्रमहरुको आयोजना गरि १२ बुँदे लिखित संकल्प प्रस्ताव प्रस्तुत गरेका थिए। धार्मिक तथा सामाजिक विषय समेटिएको १२ बुँदे प्रस्तावमा नेपाललाई हिन्दु राष्ट्र काय गरिनुपर्ने, सबैप्रकारको जातीय भेदवादको अन्त्य गर्ने, दलितमाथि मन्दिर प्रवेशमा रहेको प्रतिबन्ध हटाउने, छोरा छोरीबीचको विभेद अन्त्य गर्ने, बालबिवाह, बहुविवाह र दाइजो प्रथाको अन्त्य गर्ने, भ्रष्टाचारीलाई समाजिक बहिस्कार गर्ने लगायतको विषय समावेश छ।
समापनको अवसरमा पशुपति बनकालीमा आयोजित सभालाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनताको सहभागिताबाट हिन्दु राष्ट्र पुनर्स्थापना गर्ने कार्यमा उत्साह प्राप्त भएको बताए।
'ठूलो संख्यामा जनताको उपस्थिति थियो। खासगरी युवाहरुले धर्म, संस्कृति, परम्पराको पक्षमा जनाएको सहभागिताले उत्साहित पारेको छ,' उनले भने।
सो कार्यक्रममा थापाले गैर सरकारी संस्थाले पैसाको अडामा इशाइ धर्म परिवर्तन गराउने आरोप लगाउँदै त्यस सम्बन्धमा छानविन गर्न माग गरेका छन्।
नेपाललाई हिन्दु राष्ट्र कायम गराउनु पर्ने माग गरिएको रथ यात्राको समापनको अवसरमा बुधबार पशुपति बनकालीमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले विदेशबाट रकम ल्याएर गरिबलाई इशाइ धर्मावलम्बि बनाउने गरिएको भन्दै त्यस विषयमा छानविन गर्न उच्चस्तरीय छानविन आयोग गठन गर्न माग गरेका हुन्।
थापाले स्वेच्छाले धर्मपरिवर्तन गर्ने कम हुने भन्दै अहिले पैसाको बलमा धेरै मानिसलाई धर्म परिवर्तन गराइएको दावी गरे।
'२००७ सालमा २५ इशाइ रहेको नेपालमा अहिले २५ लाख पुगेको दावी गरिँदैछ,' थापाले भने, 'कसैले स्वच्छाले धर्म परिवर्तन गर्न पाउँछ। तर यहाँ पैसाको चलखेल भएको छ। लोभलालभमा पारेर धर्म परिवर्त भएको त्यस विषयमा छानविन गर्न उच्च स्तरीय आयोग गठन गरिनु पर्छ। यस्तो कार्य रोक्न कसबाट गल्ती भयो त्यस विषयमा पनि छानविन हुनुपर्छ।'
कार्यक्रमलाई राप्रपा गणतन्त्रवादीका अध्यक्ष राजेश्वर देवकोटा, राप्रपा नेपालका केशरबहादुर विष्ट र पद्म सुन्दर लावतीसहितले सम्बोधन गरेका थिए।