नेपालगन्ज, पुस १३ - नेकपा (एमाले) का नेता बामदेव गौतमले संवैधानिक तथा राजनीतिक सङ्कट खडा गरेर सत्ता टिकाई राख्ने खेलमा सत्तापक्षीय दल लागिपरेको टिप्पणी गरेका छन् । प्रेस चौतारी, बाँकेद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'राजनीतिक सहमति बुझ्न नचाहने अनि एकदलीय तानाशाही व्यवस्था चाहनेेको हातमा सत्ता भएकाले मुलुक अहिले अनिर्णयको बन्दी भएको छ।'
पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा गौतमले भने, 'राष्ट्रपतिले दलहरुबीच सहमति निर्माणका लागि जुन भूमिका निर्वाह गरिरहनुभएको छ त्यो ठीक छ, तर योभन्दा अगाडि उहाँ जानु हुँदैन ।'
राष्ट्रिय सहमतीय सरकारका लागि नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको उम्मेदवारीमा आफ्नो दल कायम रहने बताउँदै उनले समय र परिस्थितिले चाहेमा एमालेले पनि प्रधानमन्त्रीको उम्मेदवारी दिन सक्ने बताए । रासस
राजनीतिक सहमतिमा अहिलेको सरकार बाधक बनेको जिकिर गर्दै नेता गौतमले सहमति गर्ने वा आन्दोलन चाहने त्यो निर्णय अब सरकार र सत्ता गठबन्धन दलले गर्नुपर्ने उल्लेख गरे ।