प्रतिपक्षीद्वारा ठाडै अस्वीकार-
काठमाडौं, पुस २० (नागरिक) - एकीकृत माओवादीले राजनीतिक दलका नेताको नेतृत्वमा राष्ट्रिय सहमति जुट्न नसके स्वतन्त्र व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेको छ। बिहीबार एमालेसँग छलफलमा औपचारिक रुपमा ल्याएको उक्त प्रस्ताव प्रमुख विपक्षी कांग्रेस-एमालेले ठाडै अस्वीकार गरेका छन्।
शान्ति कोष सचिवालय बबरमहलमा भएको एमालेका शीर्ष नेताहरुसँगको भेटमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गर्ने प्रस्ताव राखेका थिए।
‘लामो समयसम्म पनि राजनीतिक दलका नेताहरुको पक्षमा सहमति जुट्न नसकेकाले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बनाउने कि भन्ने हाम्रो प्रस्ताव हो,' माओवादी र एमाले नेताहरुको बैठकमा सहभागी माओवादी नेता अमिक शेरचनले भने, ‘भोलि (शुक्रबार) यस विषयमा थप छलफल गर्ने सहमति भएको छ।'
राष्ट्रपति रामवरण यादवले डेढ महिनाअघि संविधानको धारा ३८ (१) अनुसार सहमतीय सरकार निर्माणका लागि आह्वान गरेपछि माओवादीले चुनावी सरकार निर्माणबारे फरकफरक प्रस्ताव गर्दै आएको छ।
माओवादी अध्यक्ष दाहालकै आग्रहमा कांग्रेसले एक महिनाअघि आफ्ना सभापति सुशील कोइरालालाई सहमतीय प्रधानमन्त्रीको उम्मेदवार तोकेको थियो। त्यसमा एमालेलगायत प्रतिपक्षीले समर्थन जनाएलगत्तै माओवादीले सहमतीय प्रधानमन्त्रीका लागि पार्टीभित्रै विकल्प खोज्ने धारणा सार्वजनिक गरेको थियो।
माओवादीले दोस्रो विकल्पका रुपमा सत्ता गठबन्धनभित्रैबाट प्रधानमन्त्री खोज्नुपर्ने जनाएको थियो। अहिले फेरि ऊ स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाउने नयाँ प्रस्तावमा आएको हो। ‘उहाँहरुले (माओवादी) विभिन्न प्रस्ताव ल्याउनुभएको छ, हामीले सुन्यौं,' एमाले अध्यक्ष झलनाथ खनालले भने, ‘हामीले राष्ट्रिय सहमतीय सरकारका लागि कांग्रेसको विकल्प छाडेका छैनौं।'
कांग्रेस-एमाले बैठकलगत्तै बिहीबार नै कांग्रेस केन्द्रीय समिति बैठकले पनि ‘स्वतन्त्र व्यक्ति' को नेतृत्वमा चुनावी सरकार बनाउने माओवादी पछिल्लो प्रस्ताव सत्ता लम्ब्याउने राण्नीति भन्दै अस्वीकार गर्ने निर्णय गरेको छ।
पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले राजनीतिक घेराभन्दा बाहिरबाट मुलुकको समस्या समाधान हुन नसक्ने भन्दै स्वतन्त्र व्यक्तिलाई चुनावी सरकारको नेतृत्व दिने माओवादीको प्रस्ताव अस्वीकार गरेको हो। ‘कांग्रेस नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनेबाहेकका एजेन्डामा पार्टीले छलफल नै नगर्ने निचोड निकालेको छ,' प्रवक्ता दिलेन्द्रप्रसाद बडूले नागरिकसँग भने, ‘स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बनाउने माओवादीको पछिल्लो प्रस्ताव दलहरुबीचको सहमतीय प्रयास मोडेर सत्ता लम्ब्याउने र चुनाव हुन नदिने रणनीतिमात्रै हो।'
मुलुक सहमतिको नजिक पुगेर कांग्रेस नेतृत्वमा सरकार गठन हुने सम्भावना बढेपछि माओवादीले सहमति भाँडेर सत्ता लम्ब्याउन स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाउने नयाँ प्रस्ताव ल्याएको आरोप लगाएको छ। ‘सहमति नजिक-नजिक पुगेका बेला फेरि माओवादीबाट आएको यो प्रस्ताव सहमति भाँड्ने गरी आएको छ,' बडूले भने, ‘हामी कुनै पनि हालतमा स्वतन्त्र व्यक्तिको नेतृत्व स्वीकार गर्दैनौं।'
कांग्रेस बैठकमा राजनीतिको आधारभूत सिद्धान्तभन्दा बाहिर गएर ‘दलहरु नै असफल' भएको सन्देश जाने गरी स्वतन्त्र व्यक्ति स्वीकार गर्न नहुने धारणा सबैजसो सदस्यले राखेका थिए। उनीहरुले समस्या राजनीतिक दलहरुबीचमै छ र त्यसको समाधान पनि राजनीतिक दलहरुले नै निकाल्नुपर्छ भन्नेमा पार्टी अडिग रहनुपर्ने धारणा राखेका थिए। ‘स्वतन्त्र व्यक्तिलाई नेतृत्व दिने हो भने उनीहरुलाई चेक गर्ने निकाय नै हुँदैनन्,' एक सदस्यले बैठकमा भने, ‘राजनीतिक दलका नेताहरु पहिले पार्टीबाट, त्यसपछि उसको राजनीतिक भविष्यबाट र अन्त्यमा जनताबाट चेक भइरहेका हुन्छन्, तर स्वतन्त्र व्यक्ति यी कुनै पनि निकायको बन्धनमा हँुदैन, यसले झन् विकराल अवस्था सिर्जना गर्न सक्छ।'