प्रकाश तिमल्सिना, माघ २ - नेतृत्वको विषयमा सहमति हुन नसकेपछि नेकपा-माओवादीको महाधिवेशनले पुरानै कमिटीलाई निरन्तरता दिएको छ । आज सकिएको महाधिवेशनले मोहन वैद्यको अध्यक्षतामा पुरानै कमिटीलाई निरन्तरता दिइएको हो । पाँच वर्षको लागि अध्यक्षमा वैद्य पुन छानिएका छन् ।
५१ सदस्यीय कमिटीमा ४३ जना पुरानै अनुहार रहेका छन् भने बाँकी ८ जनालाई पछि नियुक्ति गरिने शर्तमा वैद्यको नेतृत्वमा कमिटी गठन भएको हो ।
आज सकिएको महाधिवेशनले उपध्यक्षमा सिपी गजुरेल, महासिचव रामबहादुर थापा बादल, सचिवमा देव गुरुङ र नेत्रविक्रम चन्द पुन चयन भएका छन् ।
यसैगरी आजदेखि नेकपा-माओवादीबाट तीन केन्द्रीय सदस्य कुमार दाहाल रेखा शर्मा र कृष्णध्वज खड्काले पार्टी परित्याग गरेका छन् । नेकपा-माओवादीको २५ गते पुसदेख सुरु भएको महाधिवेशन विवाद कारण दुइ दिन लम्बिएको थियो ।