प्रस्तावित राजदूतत्रयको संसदीय सुनुवाइ कात्तिक २७ गते हुने
१७ कार्तिक २०७७
•
१ मिनेट पाठ
प्रस्तावित राजदूतत्रयको संसदीय सुनुवाइ कात्तिक २७ गते हुने
संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको यही कात्तिक २७ गते संसदीय सुनुवाइ हुने भएको छ।




सङ्घीय संसद् संसदीय सुनुवाइ समितिको आजको बैठकले तीन देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ कात्तिक २७ गते बिहीबार हुने निर्णय भएको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।    

सरकारले गत असोज १५ गते पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई बेलायत र निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा सिफारिश गरी संसदीय सुनुवाइका लागि उनीहरुको नाम समितिसमक्ष पठाएको थियो।

समितिले प्रस्तावित राजदूतविरुद्धका उजुरीकर्तालाई सार्वजनिक लिखित सूचना जारी गरी आमन्त्रण गरेकामा आजको बैठकमा कुनै उजुरीकर्ता उपस्थित भएनन्। उजुरीकर्ताको नाम, नम्बर र वतन स्पष्ट नखुलेपछि समितिले १० दिने लिखित सूचना जारी उजुरीकर्तालाई बोलाएको थियो।

प्रस्तावित राजदूत डा खतिवडाविरुद्ध तीन र रेग्मीविरुद्ध एउटा उजुरी परेका छन्। समितिको असोज २१ गतेको बैठकले प्रस्तावित राजदूत सम्बन्धमा कुनै गुनासो, उजुरी वा सिकायत भएमा १० दिनभित्र समितिसमक्ष उजुरी दिन सर्वसाधारणसँग उजुरी आह्वान गर्दै सूचना प्रकाशित गरेको थियो।

प्रस्तावित राजदूतत्रयसँग योग्यता, क्षमता, अनुभव, कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि राजदूतका लागि उपयुक्त हो/होइन ठहर्‍याइ समितिले आवश्यक निर्णय लिनेछ। प्रस्तावित नाम अनुमोदन भएमा सरकारको सिफारिशमा राष्ट्रपतिबाट उनीहरुलाई राजदूत नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ। 
अर्को समाचार
संसदीय सुनुवाइ प्रभावकारी बनाउन ऐन ल्याइँदै
१५ माघ २०७८
•
४ मिनेट पाठ
संसदीय सुनुवाइ प्रभावकारी बनाउन ऐन ल्याइँदै
नेपालमा संसदीय सुनुवाइ गर्ने चलन अन्तरिम संविधान २०६३ को व्यवस्थापछि आएको हो। संसदीय सुनुवाइ समितिले कसैलाई पनि अस्वीकार गर्न नसक्ने कारणले गर्दा यो समिति यतिबेला अलोकप्रिय बन्दै आएको छ।




संघीय कानुनबमोजिम संसदीय सुनुवाइ गर्नुपर्ने संविधानमा व्यवस्था गरिएको छ। तर नियमावलीबाट सुनुवाइ गरिँदै आएको छ। यतिबेला संघीय कानुन बनाउने तयारी छ। संसदीय सुनुवाइ ऐन बनाउन नेपाल कानुन आयोगले विधेयकको मस्यौदा तयार पारेको छ। २५ दफामा तयार पारिएको विधेयकको मस्यौदालाई पारितका लागि संसद्मा ल्याउने तयारी गरिएको छ।

विधेयकको मस्यौदामा संसदीय सुनुवाइ समितिलाई बढी शक्तिशाली बनाउने प्रावधान राख्न लागिएको छ। समावेशी र समानुपातिक सिद्धान्तलाई अनिवार्य पालना गर्ने व्यवस्था राख्न संसदीय सुनुवाइ समितिले ताकेता गरेको छ। कानुन आयोगले तयार गरेको विधेयक मस्यौदाबारे जानकारी लिन र समितिले सुझाव दिन शुक्रबार नेपाल कानुन आयोगसँग समितिले छलफल गरेको छ।

नयाँ संविधानको प्रस्तावनामा नै समानुपातिक, समावेशी, सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने व्यवस्था रहेकाले यसबमोजिम सुनुवाइका लागि पठाउनुपर्ने समितिको माग छ। संविधानको धारा २९२ ले गरेको व्यवस्थाका अधारमा संसदको नियमावलीबमोजिम सुनुवाइ गर्ने गरिएको छ।

संविधानको धारा २२९ यस संविधानबमोजिम संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने प्राधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य, सवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनुअघि संघीय कानुनबमोजिम संसदीय सुनुवाइ हुनेछ भनिएको छ। त्यस्तै संघीय संसद्का दुवै सदनका सदस्यहरू रहनेगरी संघीय कानुनबमोजिम १५ सदस्यीय एक संयुक्त समिति गठन गरिने भनिएको छ।

शुक्रबार समितिको बैठकमा समितिका सदस्य देव गुरुङले अहिलेको अवस्थामा संसदीय सुनुवाइ समितिको औचित्य नभएको बताए। समितिले आफै नभई दलले ‘इनिसियसन’ लिएको अवस्थामा मात्र सुनुवाइ समितिले अस्वीकार गर्ने निर्णय गरेको उनले बताए। ‘संविधानले जुन परिकल्पना गरेको छ, त्यो कार्यान्वयन हुन सक्ने देखिएन, जो सिफारिस भएको छ, त्यो पारित भएको छ।

अब नियमावलीले काम नगरे ऐन बनाउनुपर्छ,’ उनले भने। समिति सदस्य जितेन्द्रनारायण देवले सिफारिस भएका जस्ता व्यक्तिलाई पनि समितिले सुनुवाइ गर्ने र स्वीकार गर्ने गरेकाले त्यस्तो प्रावधानलाई हटाएर योग्यता नभएका व्यक्तिलाई सुनुवाइ नगर्ने प्रावधान राखेर कानुन बनाउनुपर्ने बताए।

नेपाल कानुन आयोग सचिव लीलादेवी गडतौला(निरौला) ले संसदीय सुनुवाइ समितिको विधेयकको मस्यौदामा सुनुवाइ गर्ने व्यक्तिका बारेमा सम्बन्धित क्षेत्रमा व्यापक रूपमा खोजखाज गरेर मात्र सुनुवाइ गर्ने व्यवस्था राख्न खोजेको बताइन्। ‘जुन व्यक्तिको सुनुवाइ गर्ने हो, त्यसलाई योजना पेस गर भन्ने, कार्यकालभरि केके गर्ने भनेर खोध्ने, त्यसपछि उसको ओभरसाइट हेर्ने, चित्त बुझे मात्र सुनुवाइ गर्ने व्यवस्था विधेयकमा राख्न खोजिएको छ,’ उनले बताइन्।

नेपालको अन्तरिम संविधान १५५ ले संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने संवैधानिक पद तथा सर्वोच्च अदालतका न्यायाधीश र राजदूतको सुनुवाइ गर्ने भनेको थियो। अहिलेको संविधानले न्यायपरिषद्का सदस्यको पनि सुनुवाइ गर्ने व्यवस्था गरेको छ।

संसदीय सुनुवाइको दायरा बढ्दै गएकाले सुनुवाइ प्रभावकारी बनाउनुपर्नेमा धेरैको सहमति छ। अहिले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ मा सुनुवाइ समितिबारे गरेको व्यवस्थाबमोजिम सुनुवाइ गरिँदै आएको हो। प्रतिनिधिसभाका १२ जना र राष्ट्रिय सभाका तीनजना समितिमा रहने गरेका छन्।

सुनुवाइका लागि समितिमा प्राप्त नामावलीमाथि समितिले सम्बन्धित निकायबाट पत्र प्राप्त भएको मितिले ४५ दिनभित्र सुनुवाइ नगरे नियुक्ति गर्न बाधा नपर्ने व्यवस्था नियमावलीमा छ। कुनै प्रस्तावलाई अस्वीकार गर्न दुई तिहाइ चाहिने व्यवस्था छ।

पछिल्ला दिनमा हेर्ने हो भने संसदीय सुनुवाइ समिति पारदर्शी बन्न छाडेको छ। पहिला सुनुवाइ गर्ने व्यक्तिको उजुरीहरू पहिल्यै सार्वजनिक गर्ने गरिन्थ्यो। तर, अहिले उजुरीलाई गोप्य राख्ने गरिएको छ। सुनुवाइ गर्ने व्यक्तिलाई समावेशी समानुपातिक हुनुपर्छ भन्ने कुरा एउटा वर्गका लागि मात्र उठाइएको छ।

मधेसी सांसदले मधेसीलाई नियुक्ति गराउन मात्रै, जनजातिले जनजातिलाई मात्र नियुक्त गराउन समावेशीको कुरा गरेको देखिएको एक समितिका सदस्यले बताए। तर समावेशीका नाममा पहुँच पुग्नेले मात्र लाभ लिइरहेकाले यसबारे पनि अनुसन्धान हुन जरुरी रहेको उनले बताए।

मधेसी भन्दैमा यादव र झा मात्र नभई अन्यलाई पनि ल्याउनुपर्ने कुरा उठेको छ। सुनुवाइ समितिले पार्टीको सहयोगमा प्रधानन्यायाधीशका लागि प्रस्ताव गरिएका सर्वोच्चका न्यायाधीश दीपकराज जोशीलाई अस्वीकार गरेको थियो।

यसबाहेक अहिलेसम्म सुनुवाइ समितिले अस्वीकार गरेको छैन। नागरिकता विवादमा परेका र दलको सदस्यता लिएका मुस्लिम आयोगका अध्यक्ष समिति मियाँ अन्सारीलाई सुनुवाइ समितिले कुनै निर्णय नै नदिएपछि ४५ दिनपछि स्वतः नियुक्त भएका थिए।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस