सन्तोष पोखरेल, पोखरा, माघ ७- मोफसलको सर्वाधिक लोकप्रिय आहा-रारा गोल्डकप अन्तर्राष्ट्रिय अन्तरक्लव आमन्त्रित फुटबल प्रतियोगिताको एघारौं संस्करणमा सहभागि हुने टिम शनिबार यहाँ सार्वजनिक गरिएको छ।
आगामी मंगलबारबाट पोखरा रंगशालामा हुने उक्त प्रतियोगितामा नेपालका 'ए' डिभिजन क्लबसहित विदेशी दुई र पुर्वाञ्चलको एकतथा आयोजक गरी कूल १२ टिम उपाधिका लागि भिड्दैछन्।
राजधानी बाहिरको सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगिताको आयोजक सहारा क्लबका अनुसार १२ दिनसम्म चल्ने उक्त प्रतियोगितामा लक्ष्मीहुण्डाई मनाङमर्स्याङदी क्लब, सामसुङ जावलाखेल, थ्रीस्टार, एनएमबि मछिन्द्र, नेपाल पुलिस क्लब, म्याक्डोयल्स आरसीटि, त्रिभुवन आर्मी, एनआईबिएल फ्रेण्डस् क्लब सहभागि हुँदैछन्।
त्यस्तै पुर्वाञ्चलको धरान फुटबल क्लब तथा भारतको गोर्खा ब्रिगेड फुटबल टिम सहित कोलकाताको साउर्थन समिति एफसी र आयोजक सहारा उपाधिका लागि भिड्ने शनिबार आयोजित पत्रकार भेटघाटमा क्लव अध्यक्ष बिक्रम थकालीले जानकारी दिए।
सहभागि केहि टिम राजधानीमा जारी सहिद स्मारक रेडबुल ए डिभिजन लिगमा खेलिरहेको र माघ १२ गतेमात्र लिग सकिने हुँदा अहिले नै खेलको टाईसिट सार्वजनिक गर्न नसकिएको थकालीले जानकारी दिए। सहभागि टिमको टुंगो लागिसकेपनि टाईसिटको लागि १/२ दिन लाग्ने भएकोले अहिले नै यकिन गर्न नसकिएको उनले जानकारी दिए। 'लिगमा खेलिरहेका केहि टिम पोखरामा खेलेर पुनः लिगमा खेल्न राजधानी जानुपर्ने अवस्था पनि छ' उनले भने, 'त्यसैले अहिले नै टाईसिट सार्वजनिक नगरेका हौ, दुईदिनभित्र टुंगो लाग्छ।'
अध्यक्ष थकालीकाअनुसार भारतबाट आउन लागेको मध्ये गोरखा ब्रिगेड फुटबल टिममा भारतीय सेनामा कार्यरत नेपाली खेलाडी छन्। 'भारतीय सेनाभित्रको नेपाली सैनिकको खेलाडी समुह सहभागि भएकोले उनीहरुको खेल रोमाञ्चक र प्रतिश्पर्धात्मक हुनेछ' थकालीले भने, 'यो टिम पोखरामा पहिलोपटक सहभागि हुँदैछ।' भारत कोलाकाताबाटै आउने साउर्थन समिति त्यहाँको 'बि' डिभिजन फुटबल क्लव भएको थकालीले जानकारी दिए।
आयोजक टिमलाई यसपटक अझै सुधारेर उपाधि नै हात पार्ने लक्ष्यका साथ मैदानमा उतार्न लागेको उनले बताए। 'यो पटक घरेलु टिमलाई प्रतियोगिताको फाईनलमा पुर्याउने र उपाधि पोखरामै राख्ने लक्ष्यका साथ तयारी गरिरहेका छौं' थकालीले भने, 'घरेलुटिम सेमिफाईनलबाट अघि बढ्न सकेको छै, यो पटक फाईनलमा पुर्याउने लक्ष्य हो।'
यो संस्करणका विजेता टिमले ३ लाख ५१ हजार र उपविजेताले २ लाख १ हजार रुपैयाँ नगद पुरस्कार सहित ट्रफि पाउनेछन्। त्यसैगरि उत्कृष्ट खेलाडीलाई मोटरसाईकल दिइनेछ। प्रतियोगिताका सर्वाधिक गोलकर्तालाई १५ हजार रुपैयाँ नगद पुरस्कार दिईने क्लवले जनाएको छ । त्यस्तै प्रतियोगिताकै उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेण्डर, मिडफिल्डर र स्ट्राईकरलाई जनही दश हजार रुपैयाँ नगद पुरस्कार दिईनेछ। त्यस्तै फेयर प्ले पुरस्कार ५ हजार रुपैयाँ दिईनेछ।
साथै प्रत्येक क्लबलाई 'म्याचमनि' पनि उपलब्ध गराईनेछ। प्रि-क्वाटरका विजेतालाई १० हजार र उपविजेतालाई ५ हजार रुपैयाँ दिईने आयोजकले जनाएको छ। क्वाटरफाईनलका विजेता टिमलाई १५ हजार र उपविजेतालाई १० हजार रुपैयाँ र सेमिफाईनलका विजेता तथा उपविजेता दुवै टिमलाई जनही २० हजार रुपैयाँ दिईने आयोजकले जानकारी दिएका छन्।
प्रतियोगिताले पोखरामा आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन गर्दै फुटबल खेलको विकासमा सघाउने क्लवका महासचिव केशबबहादुर थापाले बताए। 'प्रतियोगिताले युवा तथा नवप्रवेशी प्रतिभावान खेलाडीलाई प्रोत्साहन एवं व्यवसायिक खेलाडीको प्रवर्द्धन गर्न पनि सघाउनेछ' उनले भने, 'पोखरालाई खेलकुद पर्यटन सहर बनाउन पनि यसले महत्वपुर्ण योगदान दिन्छ।' खेलकुँदको माध्यमबाट पनि सामाजिक सेवा गर्न सकिन्छ भन्ने अभिप्रायबाट सञ्चालित हुने यस प्रतियोगिताको बचत रकम क्लवद्वारा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरुको एकेडमी सञ्चालनार्थ खर्चने उनले बताए।