परराष्ट्रमन्त्रीलाई स्पष्टीकरण दिनका लागि 'अन्तिम मौका'
०६ भदौ २०६६
•
९ मिनेट पाठ
परराष्ट्रमन्त्रीलाई स्पष्टीकरण दिनका लागि 'अन्तिम मौका'
फेरि नआए मन्त्रीबाट फिर्ता बोलाउने
बलराम बानियाँ, काठमाडौं, भदौ ७- कांग्रेस संसदीय दलले परराष्ट्रमन्त्री सुजाता कोइरालाको लिखित जवाफ चित्तबुझ्दो नभएको र बैठकको निर्देशन अवज्ञा गरेको निष्कर्ष निकाल्दै स्ष्टीकरणका लागि अन्तिम मौका दिएको छ। मंगलबार बस्ने बैठकमा समते नआए सरकारमा पार्टीको नेतृत्व गरिरहेकी उनलाई मन्त्रीबाट फिर्ता बोलाइने जानकारी कांग्रेसको उच्च स्रोतले स्रोतले दिएको छ।
दलको शनिबार बसेको बैठकले सुजातालाई निर्देशन उल्लंघन गरेको र प्रधानमन्त्रीसित भारत भ्रमणमा नगएकाबारेमा आगामी मंगलबार अनिवार्य उपस्थित भएर स्पष्टीकरण दिन निर्देश गरेको हो।




परराष्ट्रमन्त्रीले आफू पूर्वनिर्धारित अर्कै कार्यक्रममा जानुपर्ने भएकाले दलको बैठकमा उपस्थित हुन नसक्ने लिखित जवाफ पठाएपछि कांग्रेस सभासद्हरू उनीप्रति आक्रोशित भएका थिए।

दलले भारत भ्रमणमा नगएकाबारेमा स्पष्टीकरण दिन शनिबार अनिवार्य उपस्थित हुन शुक्रबार सुजातालाई पत्र पठाएको थियो। तर, उनी अर्कै कार्यक्रम छ भन्दै बैठक उपस्थित नभएकी हुन्।

दलको बैठक बसेका बेला सुजाता विदेशीसितको भेटमा व्यस्त रहेको दाबी उनी निकट स्रोतले गरेको छ। तर, विदेशी को हुन् भन्ने स्रोतले खुलाएन। उनी भारत भ्रमणबाट फर्केका प्रधानमन्त्री माधव नेपाललाई स्वागत गर्न अपराह्न त्रिभुवन विमानस्थल पुगेकी थिइन्।

बैठकमा सभासद्हरूले दलको बैठक र निर्देशनभन्दा अर्को कुनै ठूलो कार्यक्रम हुन सक्तैन भन्दै दलले सर्वसम्मतिले पठाएको पत्रमा गैरजिम्मेवार जवाफ दिएकामा मन्त्रीबाट फिर्ता बोलाउनुपर्ने माग गरेका थिए।

'सुजाताले पठाएको जवाफप्रति संसदीय दलले चित्त बुझाउन सकेन। उहाँको पत्रले दलको अपमान र अवज्ञा गरेको छ' बैठकपछि सभासद् नरहरि आचार्यले संवाददाताहरूसित भने- 'उहाँलाई स्पष्टीकरणको अन्तिम मौका दिन दलले भदौ ९ गतेको बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।

दलका प्रवक्ता नवीन्द्रराज जोशीका अनुसार दलका तर्फबाट सचिव महेन्द्रध्वज जीसीले शनिबार नै स्पष्टीकरणपत्र सुजातालाई पठाएका छन्। दलको बैठकमा अधिकांश सदस्यले एक स्वरमा भदौ ९ गते पनि उनी स्पष्टीकरण दिन नआएमा मन्त्रीबाट फिर्ता बोलाउनुपर्ने माग गरेका थिए।
उपनेता प्रकाशमान सिंह, नरहरि आचार्य, पूर्णबहादुर खड्का, गगन थापा, कमला थापा, रमेश लेखक, रामकृष्ण यादवलगायतका सभासद्ले एकपटक अन्तिम मौका दिने, तर चित्तबुझ्दो जवाफ नआएमा कारबाही गर्नुपर्ने माग गरे।

'पार्टीलाई विधिसम्मत ढंगले चलाउने हो भने दलको निर्देशन अवज्ञा गरेकामा सुजातालाई कारबाही गर्‍यौं, नगर्ने हो भने कांग्रेसमा विशेष अधिकारप्राप्त नेतासमेत छन् भनेर प्रस्ताव पारित गर्‍यौं' उनीहरूको भनाइ थियो।

सभासद् पूर्णबहादुर खड्काले सुजाताले झैं अरू मन्त्रीले बिरामीको बहानामा प्रधानमन्त्रीसितको भ्रमणमा रद्द र दलको निर्णय अवज्ञा गरेको भए पार्टीले के गर्थ्यो भन्ने प्रश्न गर्दै भने- 'दलभित्र मान्छे हेरेर व्यवहार हुने हो भने कांग्रेस समाप्त हुन्छ।'

सभासद् कमला थापाले दलको बैठकभन्दा अर्को कुनै पनि कार्यक्रम महत्वपूर्ण हुन नसक्ने उल्लेख गर्दै भनिन्- 'परराष्ट्र मन्त्री पाँचतारे होटलमा भएका कार्यक्रममा जानु, तर दलको निर्देशनको अवज्ञा गर्दै बैठकमा नआउनु दुर्भाग्यपूर्ण हो।'

बैठकमा रामशरण महतले सुजाताबाट दलको निर्देशन अवज्ञा गरे पनि यो विवाद नलम्ब्याउन भन्दै समस्या समाधानको जिम्मा नेता पौडेल र उपनेता प्रकाशमान सिंहलाई दिउँ भन्ने प्रस्ताव राखेका थिए।

त्यसको जवाफमा सभासद्हरूले दलको अवज्ञा भएको समस्या समाधानको जिम्मा दुई जनालाई दिएर नहुने र मैले 'सेफ ल्यान्डिङ' गरेको भनेर सभापति गिरिजाप्रसाद र छोरी सुजातासित साखुल्ले बन्न त्यस्तो प्रस्ताव राखेको भन्दै महतप्रति आक्रोश व्यक्त गरेका थिए।

उपनेता सिंहले सुजाता नआएकामा आक्रोश व्यक्त गर्दै भने भने- 'कुनै एउटा व्यक्तिको टाइममा दल हिड्ने कुरा हुनै सक्तैन। त्यस्तो कुरा त राणाकालमा मात्र हुन्थ्यो।' उनले दलको पत्रको जवाफ चित्तबुझ्दो नभएपछि एक/दुई जनाले निर्णय गरेर हुँदैन दल नै एउटा टुंगोमा पुग्नुपर्ने धारणा व्यक्ता गरे।

उनले सुजातालाई स्पष्टीकरणका लागि अन्तिम मौका दिन पुनः एकपटक पत्र पठाउनुपर्ने प्रस्ताव राखेपछि दलको सबैजसोले समर्थन गरेर ताली पिटेका थिए। उनकै प्रस्तावमा दोस्रोपटक पत्र पठाउने प्रस्ताव पारित भएको हो।

बैठकमा नरहरि आचार्यले सुजाताको पत्रले दलबाट सर्वसम्मतिबाट पठाइएको पत्रको उपेक्षा गरेको र त्यो पार्टीलाई गम्भीर चुनौती बनेको बताए। 'दलका सर्वसम्मत निर्णय अवज्ञा गर्नेलाई नसिहत नदिने हो भने भोलि पार्टीमा सभासद्हरूबाट दलका नेता, प्रमुख सचेतकलगायतको ह्वीपसमेत उल्लंघन हुने प्रवृत्ति बढ्छ' उनले भने।

सभासद् गगन थापाले सुजाताको पत्रबाट दलको अपमान भएको उल्लेख गर्दै भने- 'सर्वसम्मत निर्णय अवज्ञा हुनु पार्टी र दलको अपमान हो। अपमानित र लज्जित पार्टीले शान्ति प्रक्रियाको नेतृत्व गर्न सक्तैन।'

उनले पार्टीको स्वाभिमान बचाउने हो भने दलको अपमान गरेकामा बैठकले सुजातालाई सरकारबाट फिर्ता बोलाउने निर्णय गर्नुपर्ने बताए। सभासद् नारायण खड्काले सुजाताको जवाफ हेर्दा उनी र उनका सहयोगीको बुद्धि नै नपुगेको देखिएको बताए।

आक्रोस मत्थर पार्न चियापान
यसैबीच कांग्रेस सभापति कोइरालाले छोरा सुजाताको व्यवहारले पार्टीमा उत्पन्न आक्रोशलाई मत्थर पार्न आइतबार बिहान पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई चियापान दिने कार्यक्रम राखेका छन्।

कांग्रेस केन्द्रीय समिति र संसदीय दलमा छोरीलाई कारबाही गर्नुपर्ने चर्को आवाज उठेको सन्दर्भमा कोइरालाले तातेको माहोललाई चिस्याउन चियापान राखेको जानकारी स्रोतले दिएको छन्। स्रोतका अनुसार उनले पार्टी पदाधिकारी तथा सदस्यलाई सुजाताको मुद्दालाई साम्य पार्न आग्रह गर्नेछन्।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस