कमला ह्यारिसः पहिलो महिला तथा आप्रवासी उपराष्ट्रपति
२३ कार्तिक २०७७
•
१ मिनेट पाठ
कमला ह्यारिसः पहिलो महिला तथा आप्रवासी उपराष्ट्रपति
अमेरिकी उपराष्ट्रपतिमा कमला ह्यारिसले अमेरिकामै नयाँ इतिहास कायम गरेकी छिन्। राष्ट्रपतिमा जो बाइडेन विजयी भएसँगै उपराष्ट्रपतिमा कमलाको यात्रा निश्चित भएपछि उनको विभिन्न नयाँ रेकर्ड कायम गरेकी छिन। कमला अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिलामात्र होइनन्, पहिलो अश्वेत र एसियन अमेरिकन महिला हुन्। कमला ह्यारिस क्यालिफोर्नियाको ओकल्याण्डमा सन् १९६४ को अक्टोबर २० मा जन्मिएकी हुन्। उनका बुबा जमैकन र आमा भारतीय मुलकी हुन। क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी उनले देशव्यापी रूपमा भएको रङ्गभेदविरुद्धको प्रदर्शनका बीच प्रहरीमा सुधारको आह्वान गर्दै एकाएक चर्चामा आएकी थिईन।

अमेरिकी इतिहासमा सन् २००८ मा रिपब्लिकन पार्टीका तर्फबाट साराह पालिन र सन् १९८४ मा डेमोक्र्याटका तर्फबाट जेरल्डिन फरारो उम्मेदवार मात्र बनेको तर तर दुवैजनाले चुनाव जित्न सकेनन्। कमला ह्यारिसकी आमा श्यामला गोपालन क्यान्सर शोधकर्ता थिइन् भने बुबा डोनाल्ड ह्यारिस अर्थशास्त्री थिए।

उनकी हजुरआमा भारतीय स्वतन्त्रता संग्राममा भाग लिएकी एक उच्च तहकी सरकारी कर्मचारी थिइन्। कमलाले अश्वेत विश्वविद्यालय र कलेज भनेर ऐतिहासिक रूपमा चिनिएको हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी हुन्।
अर्को समाचार
अमेरिकी चुनावः बाइडेनको जितमा लुकेको वास्तविकता
२३ कार्तिक २०७७
•
७ मिनेट पाठ
अमेरिकी चुनावः बाइडेनको जितमा लुकेको वास्तविकता
लगातार ३७ बर्ष सिनेटर रहेर सन् २००९ देखि सन् २०१६ सम्म बाराक ओबामाको उपराष्ट्रपति रहेका जो बाईडन अमेरिकाको ४६ औँ राष्ट्रपति निर्वाचित भएका छन्। डेमोक्र्याटिक पार्टीका उम्मेदवार बाईडन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका हुन।  

आवश्यक ईलोक्ट्रोल मत पाएर निर्वाचित भएपनि उनले आगामी जनवरी १९ मा मात्र पद सम्हाल्ने अमेरिकी परम्परा रहेको छ। मतगणनाका क्रममा पेन्सिल्भेनिया राज्यमा विजय हासिल गरेसँगै राष्ट्रपति निर्वाचित हुनका लागि आवश्यक २७० मत भन्दा बढी मत प्राप्त गरेका छन्। अझै केहि एरिजोना, नेभाडा नर्र्थक्यारोलिना लगायत केहि राज्यहरुबाट मतपरिणाम आउन बाँकी छ। राजनीतिमा निकै खारिएका अनुभवी नेताका रुपमा परिचित बाईडनले वर्तमान अमेरिकी राष्ट्रपतिको गैरराजनीतिक अनुभवलाई परास्त गर्न सफल भएका हुन। ४७ बर्ष अघि डेलावरबाट सन् १९७३ मा अमेरिकी सिनेटर निर्वाचित भएका उनी लगातार सात पटक सिनेटर चुनाव जितेको एक मात्र ईतिहास बनाएका थिए। अमेरिकी ईतिहासमा सबैभन्दा जेठो (७८ बर्ष) राष्ट्रपति बनेका बाईडेन सन् १९७८ मा राष्ट्रपतिका लागि चुनावी मैदानमा ओर्लिएका बेला भाषण चोरेको अभियोग लागेपछि मैदान छोडेका थिए।

लामो राजनीतिक अनुभवका कारण बाईडेनलाई विश्वको राजनीतिक धरातल र अवस्था निकै सजिलो हुने देखिन्छ। उनी विगतमा सिनेटको विदेशसम्बन्ध समितिका अध्यक्ष भैसकेका व्यक्ति हुन। आफ्नो ४५ वर्षे राजनीतिमा विश्वका सबै अग्रणी नेतालाई भेटेको उनले दाबी गर्ने गर्छन्। सन् १९९१ मा उनले पहिलो खाडी युद्धको विपक्षमा मतदान गरेका थिए भने सन् २००३ मा चाहिँ इराक अतिक्रमणको समर्थन गरेका थिए। पछि उनले अमेरिकाको इराकमा संलग्नताको आलोचना  गर्न थाले। अलि सतर्क रहन रुचाउने बाइडनले राष्ट्रपति ओबामालाई ओसामा बिन लादेनलाई समात्ने विशेष कारबाही नगर्न सुझाएको बताईन्छ। तर सो कारबाहीमा बिन लादेन मारिए। अमेरिकी युवाबीच अलोकप्रिय रहेका बाईडेनलाई यस बर्ष भने ट्रम्पको कारण हुनसक्दछ युवा मत बढी खसेको देखिन्छ।

ट्रम्पको हारको कारण र अबको कठिन दिन ?

लोकतन्त्रको ठेकेदार ठान्ने अमेरिकामा पछिल्लो निर्वाचन परिणामले लोकतन्त्रका हिमायतिहरुलाई हौसला मिलेको टिप्पणी हुन थालेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको आगमनलाई उति बेलै राजनीतिका पण्डितहरुले लोकतन्त्रकै लागि खतरा भन्दै आएका थिए। उनकै पार्टी रिपव्लिकनका एक गर्भनरले अमेरिकामा रिपव्लिकन वा डेमोक्र्याट भन्दा पनि यस पटकको निर्वाचनमा लोकतन्त्रको पक्षमा मतदान गर्न भन्दै बाईडेनको पक्षमा मतदान गर्न आग्रह गरेका थिए।  राष्ट्रपति ट्रम्पले निर्वाचन हार्नुमा बाईडेन धेरै बलिया भएका होईनन् ट्रम्पको गैरराजनीतिक चरित्र दोषी हो। ट्रम्प एक त व्यापारिक घरनाबाट आएका र उनि समान्यतया ठाडो नाफा घाटामा विश्वास गरेर अमेरिकाको संस्थापकहरुले लिएको मुल्य मान्यतालाई चटक्क विर्से। उनको उत्ताउलो र छुचो बोलीले सन्चार क्षेत्रदेखि अन्तराष्ट्रिय सम्बन्धमा विश्वासिलो वातावरण बन्न सकेन। आफ्ना सहयोगीलाई विश्वास नगर्ने र परिवारवादमा विश्वास गर्न थालेपछि आफ्नै पार्टीका पूर्ववरिष्ठ अधिकारीहरुबाट टाढिदै गएका थिए। त्यतिमात्र होईन, आफ्नै पार्टीका केहि स्टेट गर्भनरहरुले ट्रम्पको साटो बाईडेनलाई समर्थन गर्न बाध्य भएका थिए। यो निर्वाचनले अमेरिकाको विश्वसामु रहेको दवदवा पुर्नजिवित भएको टिप्पणी हुन थालेको छ। यस अर्थमा ट्रम्पले अमेरिकालाई विश्व राजनीतिबाट अलग्याउँदै लगेको आरोप लागेको थियो।

ट्रम्पले ह्वाईट हाउसलाई निकै प्यारो यस अर्थ भनेका हुन की उनका लागि राष्ट्रपति पदमा नहुँदा सार्वजनिक जीवन सहज छैन। कारण उनिमाथी सयौं मुद्दाहरु छन् जुन राष्ट्रपतिपदबाट बाहिर आएसँगै सक्रिय रहने अनुमान गरिएका छन। जसबाट उनको कठिन दिनहरु शुरु हुनेछन। न्यूयोर्क टाईम्सले छापेको एक विश्लेशणमा ट्रम्प ह्वाईट हाउस बाहिर निस्किए लगत्तै कानुनी झमेलामा पर्नेछन्। ट्याक्स छली, र अन्य विभिन्न मुद्दाहरुको छिनोपानो हुन बाँकी रहेकोले पनि उनले आफ्नो बाँकी जीवन त्यति सहज नहुने ठानेर चुनाव जित्न कुनै हथकण्डा गर्न बाँकी राखेनन्। त्यसैले उनले एक पटक भनेका थिए, ‘आफुले राजनीतिमा हार र व्यापारमा घाटा भन्ने शब्द सुन्न नरुचाउने भएकोले चुनावी परिणाम मेरो पक्षमा  आउने छ।‘  

ट्रम्प के गर्दैछन ?

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले धाँधली भएको कारण देखाउँदै निर्वाचन परिणाम अस्वीकार गरि विभिन्न राज्यहरुमा पुन: मतगणना हुनुपर्ने भन्दै मुद्दा हालेका छन। कतिपय राज्यहरुले मुद्दा खारेज गरेको छ भने कतिपय राज्यहरुमा पुन: मतगणनाका लागि आ-आफ्नै नियमहरु रहेका छन्। ट्रम्पको चुनावी अभियानकर्ता टोलीले विस्कन्सिनमा पुनः मतगणना हुनुपर्ने माग गर्दै रिट दर्ता गरेका छन तर त्यो सम्भावना कम देखिन्छ। घोषणा हुन बाँकी मतगणनाको परिणामले विस्कन्सिनमा ट्रम्प र बाइननबीच मतान्तर एक प्रतिशतभन्दा पनि कम रहेको देखाएका छन्। यस्तो अवस्थामा उम्मेदवारहरूले पुनः मतगणनाको माग गर्न त पाउँछन् तर त्यस्तो मतगणनाको खर्च पुन: मतगणनाको माग गर्ने उम्मेदवारले बेहोर्नु पर्ने कानुनी व्यवस्था रहेको छ। त्यसैले ट्रम्पको चुनावमा संलग्न टोलीले मतगणना परिणामविरुद्ध दिइने कानुनी चुनौतीहरूका क्रममा हुने खर्च जुटाउन दाताहरूसँग चन्दा संकलन शुरु गरेका छन। रिपब्लिकन पार्टीकी राष्ट्रिय अध्यक्ष रोना म्याडिनेयलले कानुनी लडाई बाँकी रहेको भन्दै निर्वाचन परिणामबारे प्रश्न गरेकी छिन। त्यस्तो पुनः गणना कहिले होला भन्ने स्पष्ट छैन किनकि अधिकारीहरूले मतगणना परिणामको समीक्षा सम्पन्न नगरिकन त्यस्तो कार्य सामान्यतया सुरु हुन सक्दैन।

सामान्यतय यस्ता प्रक्रिया सम्पन्न गर्न राज्यलाई नोभेम्बर १७ सम्मको समय रहेको छ। ट्रम्पको चुनावी खेमाले मिशिगनमा जारी मतगणना रोक्न माग गर्दै मुद्दा दायर गरेको छ। मिचिगनमा मतपेटिका खोल्ने र गणना थाल्नु अघि त्यस प्रक्रियामा आफ्नो प्रतिनिधि राख्न माग गर्दै आएका थिए। मिशिगनको एक शहरमा त्यहाँको एउटा मतगणना केन्द्रमा ट्रम्पका सर्पोटरहरुले विरोध प्रदर्शन गरेर मतगणना प्रक्रियाको पर्यवेक्षण गर्न पाउनु पर्ने माग गरेका थिए। अमेरिकी मतदान र गणनाका प्रक्रियामा त्यस्ता भवनभित्र पहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू रहने प्रचलन छ।

त्यस्तै गरी ट्रम्पले पेन्सिल्भेनियामा पनि त्यहाँ मतगणनामा पारदर्शिता कायम नभएको भन्दै मतगणना रोक्न दुईवटा मुद्दा दायर गरेको छ। उता राष्ट्रपति ट्रम्पले जोर्जिआमा पनि मतगणना रोक्न कानुनी चुनौती दिने बताएका छन। उनका अनुसार त्यहाँको एक काउन्टीमा ढिलो गरी प्राप्त हुलाकबाट मतदान गरिएका ५३ वटा मतपत्रहरू गैरकानुनी रूपमा मिसाइएको एकजना रिपब्लिकन चुनाव पर्यवेक्षकले देखेको भन्दै आएका छन्। मतदानको दिनको छाप लागेका हुलाकमार्फत् मतदान गरिएका मतपत्रहरू तीन दिनसम्म ढिलो गरी प्राप्त भएमा पनि तिनलाई मान्यता दिएर गणना गरिने उक्त राज्यको कानुनी प्रावधान रहेको छ तर राष्ट्रपति ट्रम्पले निर्वाचनको दिन भन्दापछि हुलाकबाट आएका मतपत्रहरुलाई गणना प्रक्रियामा सहभागी नगराउन माग गर्दै आएका छन। यसबाट ट्रम्प आफ्नो पराजय सजिलै मान्न तयार छैनन र अझै केहि दिन यस्तै अरु झमेला अमेरिकी राजनीतिमा देखिने पक्का छ।

कुन राष्ट्रपतिले कति इलेक्टोरल मत पाए ?

राष्ट्रपति निर्वाचित हुनका लागि आवश्यक मत पाए पनि सम्पूर्ण मतपरिणाम आई नसकेकोले बाईडेनले कति मत पाउँछन यो समाचार तयार पार्दासम्म एकिन भएको छैन। वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ मा ३०६ इलेक्टोरल मत ल्याएका थिए भने हिलारी क्लिन्टनले २२७ मत पाएकी थिईन। २०१२ को चुनावमा बराक ओबामाले ३३२ इलेक्टोरल मत ल्याएका थिए। सन् २००८ को चुनावमा भने ओबामाले ३६५ इलेक्टोरल मत ल्याएका थिए। सन् २००४ को चुनावमा जर्ज डब्ल्यु बुसले २८६ इलेक्टोरल मत ल्याएका थिए भने सन् २००० को चुनावमा उनले जम्मा २७१ इलेक्टोरल मत ल्याएका थिए।

सन् १९९६ को चुनावमा विल क्लिन्टनले ३७९ इलेक्टोरल मत ल्याएका थिए भने १९९२ मा उनले ३७० इलेक्टोरल मत ल्याएका थिए। सन् १९८८ मा जर्ज बुस सिनियरले ४२६ इलेक्टोरल मत ल्याए। सन् १९८४ मा रोनाल्ड रेगनले ५२५ इलेक्टोरल मत ल्याएका थिए। उनले सन् १९८० को चुनावमा उनले ४८९ इलेक्टोरल मत ल्याएका थिए।

सर्वोच्च अदालतको भूमिका

पछिल्लो पटक आफुले मनोनित गरेको समेत गरी बहुमत रिपव्लीकन न्यायधिश सर्वोच्च अदालतमा रहेकोले आफुले माग गरेका कुरामा फैसला हुनसक्ने आंकलन गर्दै डोनाल्ड ट्रम्पले अहिलेको चुनावी हारलाई कानुनी बाटो अवलम्बन गर्ने तयारी गरेको छन्। त्यसैले होला मंगलबार साँझ मतदान सकिदा केहि हौसिएका ट्रम्पले बुधवार बिहान सबेरै ह्वाइट हाउसबाट बोल्दै निर्वाचनमा विजय हासिल गरेको तर हारेमा यो विषयलाई सर्वोच्च अदालतसम्म लैजान तयार रहेको घोषणा गरेका थिए। तर कतिपय अवस्थामा अमेरिकी राज्यहरुमा छिनोफानो भएका निकै थोरै मुद्दाहरुमा सर्वोच्च अदालतमा पुग्छन। तर बाईडनको चुनावी अभियानका कानुनी सल्लाहकार बब बाउअरले कानुनी रूपमा भएको मतदानलाई अवैध तुल्याउन ट्रम्पसँग कुनै आधार नभएको बताएका छन्। अमेरिकामा कहिले काँही चुनावी मुद्दाहरु अदालत पुगेर टुगिएको ईतिहास पनि छ। ट्रम्पले भावी कानुनी लडाईका लागि २० जना वरिष्ठ वकिलहरुलाई तयारी अवस्थामा राखिएको समाचारहरु सार्वजनिक भएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस