बालकृष्ण अधिकारी, काठमाडौं, माघ ११ - एकीकृत माओवादीले सातौं महाधिवेशनका लागि पाँच करोड खर्च अनुमान गरेको छ। माघ २० देखि २५ सम्म हेटौंडामा हुने महाधिवेशनमा प्रतिनिधि र पर्यवेक्षकको खानामा मात्र दुई करोड खर्च हुनेछ।
त्यस्तै, महाधिवेशन तयारी, मञ्च व्यवस्थापनदेखि घोषणासभाका लागि तीन करोड लाग्ने अनुमान छ।
‘महाधिवेशन तयारीदेखि घोषणासभाका लागि पाँच करोड खर्च लाग्ने अनुमान गरेका छौं, पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलले नागरिकसँग भने।
माओवादीले महाधिवेशन प्रतिनिधि र पर्यवेक्षकलाई होटलमा नराख्ने भएको छ। उसले एक हजार सहभागीलाई औद्योगिक क्षेत्रभित्रै आवासको व्यवस्था मिलाउनेछ। अन्यलाई हेटौंडा बजार र आसपास क्षेत्रमा कार्यकर्ता, शुभेच्छुकको घरमा राख्ने तयारी छ।
समारोह व्यवस्थापन समितिका संयोजकसमेत रहेका पौडेलले विदेशी पाहुना र पत्रकारलाई भने होटलमा बस्ने व्यवस्था मिलाइएको जानकारी दिए।
त्यस्तै, पार्टीका केन्द्रीय तहका नेता पनि होटलमै बस्नेछन्। ‘पार्टी अध्यक्ष, प्रधानमन्त्री, मन्त्री भएका नेताहरुको सुरक्षालाई पनि हेरेर बस्ने व्यवस्था मिलाउँछौं,' माओवादीका एक नेताले भने, ‘राज्यस्तरका नेता भने अन्य साथीहरुसँग बस्नुहुन्छ।'
महाधिवेशनमा प्रतिनिधि र पर्यवेक्षक गरी तीन हजार सहभागी हुनेछन्। माओवादीले दुई सय पार्टी सदस्य बराबर एक पर्यवेक्षक महाधिवेशनमा सहभागी हुनेछन्।
त्यस्तै, माओवादीले आर्थिक संकलनका लागि कृष्णबहादुर महराको संयोजकत्वमा ३४ सदस्यीय आर्थिक समिति गठन गरेको छ। समितिले विभिन्न तहका चार सय उद्योगपति, व्यापारीलाई सहयोगका लागि पत्राचार गरिसकेको छ। आर्थिक संकलनका लागि केन्द्र, राज्य, जिल्ला र क्षेत्र गरी माओवादीले चार तह बनाइएको एक नेताले जानकारी दिए।
माओवादीले आर्थिक संकलन समितिसहित अन्य १३ समिति गठन गरेको छ। अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा निरीक्षण तथा अनुगमन समिति बनाएको छ। दाहाल नेतृत्वको समितिमा उपाध्यक्षद्वय बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र सचिव पोष्टबहादुर बोगटी सदस्य छन्।
त्यस्तै, अमिक शेरचनको संयोजकत्वमा अनुशासन, गिरिराजमणि पोखरेलको संयोजकत्वमा स्वास्थ्य, लिलामणि पोखरेलको संयोकजत्मा अथिति सत्कार, अग्निप्रसाद सापकोटाको संयोजकत्वमा प्रचार-प्रसार, जनार्दन शर्माको संयोजकत्वमा यातायात व्यवस्था, नन्दकिशोर पुनको संयोजकत्वमा सुरक्षा तथा स्वयंसेवक, निनु चापागाईंको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम व्यवस्थापन, देवेन्द्र पौडेलको संयोजकत्वमा समारोह व्यवास्थापन, हिसिला यमीको संयोजकत्वमा बालबालिका तथा अपांग रेखदेख, हितराज पाण्डेको संयोजकत्वमा व्यवस्थापन र राम कार्कीको संयोजकत्वमा अन्तर्राष्ट्रिय सम्बन्ध समिति गठन गरिएको छ।
हुप्रामा उद्घाटन सत्र
माओवादीको सातौं महाधिवेशन उद्घाटन माघ २० गते हेटौंडाको हुप्राचौरमा हुनेछ। २१ गतेदेखि हुने महाधिवेशनको बन्दसत्र भने हेटौंडा औद्योगिक क्षेत्रभित्रको कपडा कारखानामा हुने पौडेलले जानकारी दिए।
माओवादीले महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन विभिन्न ३० देशका राजनीतिक दललाई निमन्त्रणा पठाएको छ। उसले मुलुकभित्रका सबै दललाई उद्घाटन सत्रमा आमन्त्रण गर्ने भएको छ।
‘समाजवादी र वामपन्थी गरी विभिन्न ३० देशका दललाई निमन्त्रणा पठाइसकेका छौं,' पौडेलले भने, ‘सातआठ देशका विभिन्न दलका नेता आउने जानकारी हामीलाई गराइसक्नुभएको छ।'
माघ १८ भित्र सबै जिल्ला सम्मेलन सक्ने तयारीमा जुटे पनि अहिलेसम्म माओवादीको झन्डै डेढ दर्जन जिल्ला सम्मेलनमात्र सकिएका छन्।
सहमतिमा नेतृत्व
माओवादीको केन्द्रीय नेतृत्व सहमतिमा नै तय गर्न नेताहरु सक्रिय बनेका छन्। पार्टीभित्रको आन्तरिक विवाद बाहिर आउन नदिन माथिदेखि तलसम्मको नेतृत्व र समितिहरु सहमतिमा नै निर्माण गर्न अध्यक्ष दाहाल, उपाध्यक्षद्वय भट्टराई र श्रेष्ठ लागिपरेका छन्।
केन्द्रदेखि तल्लो तहसम्मको नेतृत्व मिलाउनका लागि माथिबाट तलतिर नेतृत्व चयन गर्दै जाने उनीहरुले नीति बनाएका छन्। केन्द्रीय समितिमा नसमेटिएका नेतालाई राज्य, जिल्ला, क्षेत्रमा समेट्दै जाने नीति उसले लिएको छ।
सोहीअनुसार केन्द्रीय पदाधिकारी र केन्द्रीय समिति पनि सहमतिबाट नै छनोट गर्न नेताहरु लागिपरेका छन्। भट्टराई र श्रेष्ठ उपाध्यक्षमा कायमै रहनेछन्। पार्टी छाडेर गएका वरिष्ठ उपाध्यक्ष मोहन वैद्यको स्थान भट्टराईले महाधिवेशनपछि पाउने छन्। भट्टराईको ठाउँ श्रेष्ठले पाउने भएका छन्।
महासचिवको दाबी गर्दै आएका सचिव पोष्टबहादुर बोगटी उपाध्यक्षमा लैजाने नेताहरुको तयारी छ। बोगटीले महासचिव छोड्न तयार भए कृष्णबहादुर महरालाई महासचिव, गिरिराजमणि पोखरेल र टोपबहादुर रायमाझीलाई सचिव बनाउने शीर्ष नेताको आन्तरिक तयारी रहेको स्रोतले जनायो।
‘बोगटीजीले महासचिवको दाबी नछाडे महरा र रायमाझी सचिव र पोखरेल कोषाध्यक्षको जिम्मेवारी दिएर मिलाउने विषयमा छलफल जारी छ,' स्रोतले भन्यो, ‘केन्द्रीय समितिमा अधिकांश पुराना नेताले स्थान पाउनेछन्।'
माओवादीले ‘क्रान्तिकारी कार्यदिशालाई नयाँ उचाइमा विकास गरौं एकताको पाटो रच्ने सातौं महाधिवेशनलाई भव्यरुपमा सफल बनाऊँ' नारा तय गरेको छ।