‘कांग्रेस, भारत र पश्चिमा चीनविरुद्ध सक्रिय’
२७ कार्तिक २०७७
•
१ मिनेट पाठ
‘कांग्रेस, भारत र पश्चिमा चीनविरुद्ध सक्रिय’
चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले नेपालको हुम्लामा चिनियाँ सेनाले नेपाली भूभागमा सैन्य संरचना निर्माण गरेको आधारहीन दाबी गरिएको जनाएको छ। यस्तो ‘अफवाह’ फैलाउनुका पछाडि भारत समर्थक मानिने नेपाली कांग्रेसको मुख्य भूमिका रहेको दाबी उक्त मुखपत्रमा गरिएको छ। उसले समाचारमा केही पश्चिमा रिपोर्ट र नाम उल्लेख नगरिएका राजनीतिज्ञलाई उद्धृध गरेको छ।

कांग्रेसका सांसद एवं पूर्वमन्त्री जीवनबहादुर शाहीले पश्चिमा र भारतीय इसारामा चीनले नेपाली भूभाग अतिक्रमण गरेको बताएको दाबी ग्लोबल टाइम्सको छ।
कांग्रेसका सांसद एवं पूर्वमन्त्री जीवनबहादुर शाही नेतृत्वको टोलीले नेपाल–चीन सीमा क्षेत्रमा भ्रमण गरेर चीनले नेपाली भूभाग अतिक्रमण गरेका दाबी गरे पनि त्यो गलत साबित भएको पत्रिकाले जनाएको छ। शाहीले पश्चिमा र भारतीय इसारामा चीनले नेपाली भूभाग अतिक्रमण गरेको बताएको दाबी उक्त पत्रिकाको छ। पत्रिकाले नेपाली बुद्धिजीवीले नेपालमा पश्चिमा गतिविधि बढेको र कैयौं विदेशी गैरसरकारी संस्थाका गतिविधिप्रति सन्देह व्यक्त गरिरहेको जनाएको छ।

कतिपय भारतीय टेलिभिजन च्यानलले नेपालको सार्वभौमिकताविरुद्ध समाचारहरू प्रसारण गरिरहेको र नेपाल–चीनबारे मनगढन्ते समाचारहरू फैलाइरहको पत्रिकाले जनाएको छ। चीनविरुद्ध नेपाल–चीन सीमा विवादलगायतका विषयमा अफवाह फैलाउन केही भारतीय र पश्चिमाहरूले पाँच वर्षअघि सुरु गरेको र अहिले पनि त्यसलाई मिडियाका माध्यमबाट प्रचार गरिरहेको ग्लोबल टाइम्सले जनाएको छ। नेपालमा ठूलो अदृश्य लगानी रहेको र त्यसमार्फत पश्चिमा र भारतीयहरूले आफ्नो प्रभाव जमाउन खोजिरहेको पत्रिकाले दाबी गरेको छ।
अर्को समाचार
दार्चुलाका प्रजिअ भन्छन्– आफ्नो भूभागमा हिँड्दा कसैलाई सोध्नुपर्दैन
१३ साउन २०७७
•
५ मिनेट पाठ
दार्चुलाका प्रजिअ भन्छन्– आफ्नो भूभागमा हिँड्दा कसैलाई सोध्नुपर्दैन
फाइल तस्बीर
भारतले अतिक्रमित नेपाली भूभाग गुन्जी, कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपाली नागरिकको आवतजावतमा आपत्ति जनाएको छ। भारतको उत्तराञ्चलस्थित पिथौरागढको धारचुला जिल्लाका उपजिल्ला अधिकारी अनिलकुमार शुक्लाले हालै दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै ती क्षेत्रमा नेपालीको आवतजावतको सूचना उपलब्ध गराउन आग्रह गरेका छन्। भारतीय अधिकारीले जुलाई १४ मा नेपाली अधिकारीलाई सम्बोधन गर्दै लेखेको पत्रमा नेपाली गुट तथा समूहले गुन्जी, कालापानी र लिम्पियाधुरामा अवैधरुपमा लुकिछिपी सीमा पार गर्न खोजेको र यसले मिडियाको ध्यान आकृष्ट गरेको उल्लेख गरिएको छ।  

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद्कुमार पोखरेलले भारतबाट आएको पत्र पाप्त भएको तर त्यसको कुनै अर्थ नभएको बताए। ‘संविधानले नेपाली नागरिकलाई देशको जुनसुकै स्थानमा पनि जाने अधिकार दिएको छ, त्यसैले आफ्नो भूभागमा जाँदा कसैले आपत्ति जनाउनुपर्ने आवश्यकता छैन,’ उनले भने। उनले नेपाली नागरिकले नेपाली भूभागमा हिँडडुल गर्दा कसैलाई जानकारी गराउन आवश्यक नरहेको तर नागरिकको सुरक्षाको विषयमा भने सरकार सचेत रहेको बताए। उनले त्यस क्षेत्रका छाङ्रु, टिंकरलगायतका ठाउँमा सडक अभावलगायतका समस्या रहेकाले समाधानका लागि काम भइरहेको जानकारी दिए।  

प्रमुख जिल्ला अधिकारी पोखरेलले त्यस क्षेत्रका नागरिकको सुविधाका लागि हालैमात्र हेलिकोप्टरमार्फत खोला तर्न झोेलुंगे पुल बनउने सामग्री पु-याइएको र पुल निर्माणको चरणमा रहेको बताए। उनले त्यस क्षेत्रमा खाद्यान्न समस्या समाधानका लागि हालै मात्र हेलिकोप्टरमार्फत दुई सय क्विन्टल चामल पु-याइएको जानकारी दिए। ‘हाम्रा नागरिकको सुरक्षालाई ध्यान दिँदै अतिक्रमित क्षेत्रनजिकै बिओपी (सीमा सुरक्षा चौकी) स्थापनाको काम पनि अघि बढिरहेको छ,’ उनले भने।

आइतबारमात्रै अतिक्रमित क्षेत्रनजिकै रहेको माथिल्लो पौवामा बिओपी स्थापनाका लागि जग्गा छनोट गर्ने निर्णय भएको उनले जानकारी दिए। त्यस क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थितिले नागरिकले सुरक्षित महसुस गर्ने भएकाले बिओपी स्थापनाका लागि सरकारले जोड दिएको उनले बताए। दुई देशबीच सीमा विवाद चर्किंदै गर्दा सरकारले वैशाख ३१ मा व्यास गाउँपालिकाको छाङ्रुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको थियो। दुई देशबीच सीमा विवाद बढ्दै गइरहेका बेला असार ३ गते प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेश थापाले पनि त्यस क्षेत्रको भ्रमण गरेका थिए।  

प्रमुख जिल्ला अधिकारी पोखरेलले टिंकरमा रहेका ७० परिवार र छाङ्रुमा रहेका  १ सय १९ घरपरिवार बाढीपहिरोका कारण हाल भारत वा चीनतर्फ नगई खेतीबालीमै व्यस्त रहेको जानकारी दिए। ‘अहिले उनीहरु सुरक्षित अवस्थामा घरमा बसिरहेका छन्, उनीहरुले अहिले कुनै किसिमको अप्ठेरो अवस्था सामना गर्नुपरेको छैन,’ उनले भने।  

नेपाल र तत्कालीन ब्रिटिस इन्डियाबीच सन् १८१६ मा भएको सुगौली सन्धिपछि नेपालको पश्चिम सीमा काली नदीको शिर लिम्पियाधुरा तय भएको थियो। तर पछि भारतले लिपुलेकबाट निस्किएको खोलालाई काली नदी भन्दै हजारौं हेक्टर नेपाली भूभागमा अतिक्रमण गरेको छ।
भारतले सन् १९६२ को इन्डो–चाइना युद्धपछि कालापानीलगायतको नेपाली भूभाग अतिक्रमण गरेको थियो। त्यति बेला चिनियाँ सेनासँग पराजित भएपछि भारतीय सेना नेपाली भूभाग कालापानीमा आएर अस्थायी रुपमा बसेको थियो। कालान्तरमा उक्त भूभागमा भारतीय सेनाले सैन्य संरचना विस्तार गर्दै गयो।  हाल भारतले उक्त भूभागलाई आफ्नो भनी दाबी गर्न थालेको छ।

नेपाल र तत्कालीन ब्रिटिस इन्डियाबीच सन् १८१६ मा भएको सुगौली सन्धिपछि नेपालको पश्चिम सीमा काली नदीको शिर लिम्पियाधुरा तय भएको थियो। तर पछि भारतले लिपुलेकबाट निस्किएको खोलालाई काली नदी भन्दै हजारौं हेक्टर नेपाली भूभागमा अतिक्रमण गरेको छ। लामो समयसम्म पनि यस विषयमा दुई देशका सरकारकाबीच औपचारिक संवाद हुन सकेको थिएन। सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका बेला नेपालसँग सल्लाह नै नगरी नेपाली भूभाग लिपुलेकलाई व्यापारिक केन्द्र बनाउने सहमतिपछि नेपालले यो विषयमा विरोध जनाएको थियो।

भारतले गत नोभेम्बर २ मा जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत समावेश गरेपछि यो विवाद सतहमा आएको हो। गत वैशाख २६ मा भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूभाग लिपुलेक हुँदै कैलाश मानसरोवर जोड्ने सडक भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेपछि यो विषय थप पेचिलो बन्यो। त्यसलगत्तै नेपालले भारतसँग असन्तुष्टि जनाउँदै नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई परराष्ट्र मन्त्रालयमा बोलाएर वैशाख २९ मा कूटनीतिक नोट बुझायो। भारतले नेपाली भूभागलाई आफ्नो नक्सामा समावेश गरेर विवाद बढाइरहेका बेला नेपाली भूभागमै एकतर्फी सडक उड्घाटन गरेर आगोमा घिउ थप्ने काम गरेको थियो।  

नेपालमा भारतीय निर्णयको विरोध बढ्दै गएपछि सरकारले जेठ २ मा सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रममा अतिक्रमित भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने प्रतिबद्धता जनाइएको थियो। त्यसको तीन दिनपछि मन्त्रिपरिषद्को बैठकले अतिक्रमित भूभाग समेटर नयाँ नक्सा छाप्ने निर्णय गरेको थियो।  जेठ ७ मा  सरकारले अतिक्रमित भूभागलाई समेटेर नयाँ नक्सा सार्वजनिक ग-यो। उक्त नक्सा नेपालको प्रतिनिधिसभाबाट जेठ ३१ मा सर्वसम्मत पारित भएको थियो।  

नेपालको अतिक्रमित भूभाग भारतले आफ्नो नक्सामा प्रकाशित गरेको तथा नेपाली भूभागमा सडक निर्माण गरेका विषयमा नेपालले पटकपटक कूटनीतिक नोट तथा समस्या समाधानका लागि वार्ता प्रस्ताव गरे पनि भारतले बेवास्ता गर्दै आएको छ। भारतले वार्ताबाट समस्याको समाधान खोज्नेभन्दा पनि गैरकूटनीतिक ढंगले नेपाली भूभागमै नेपाली नागरिकलाई प्रवेशमा रोक लगाउने तथा नेपाली भूभागमा संरचना निर्माण गर्ने काम गर्दै आएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा नेपाल भ्रमण गर्दा दुई देशबीचमा समाधान हुन नसकेका सीमा विवाद परराष्ट्र सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमार्फत समाधान खोज्ने सहमति भए पनि भारतले आफैंले गरेको सहमति कार्यान्वयनमा बेवास्ता गर्दै एकतर्फीरुपमा नक्सा प्रकाशित गर्ने तथा नेपाली भूभागमा संरचना निर्माण गर्न थालेपछि दुई देशबीचको सम्बन्ध इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस