पोखरा, माघ २० -सहारा क्लब पोखराको आयोजनामा यही माघ ९ गतेदेखि सुरु भएको ११ औँ आहारारा गोल्डकप फुटलबको उपाधि थ्रीस्टारले जितेको छ। आज भएको फाइनल खेलमा थ्रीस्टारले आयोजक सहारालाई १-० गोलले पराजित गर्दै उपाधि जितेको हो।
खेलको ८३ औं मिनेटमा थ्रीस्टारका फ्लेमीले गरेको गोल नै जितका लागि निर्णायक बन्यो। जितसँगै थ्रीस्टारले रु तीन लाख ५१ हजार प्राप्त गरेको छ भने उपविजेता सहाराले रु दुई लाख एक हजार प्राप्त गरेको छ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित हुँदै सहारा क्लब पोखराका गोलकिपर अजित प्रजापतिले मोटरसाइकल जितेका छन्। त्यस्तै प्रतियोगिताका सर्वाधिक गोलकर्ता थ्रीस्टारका फ्लेमीले रु १० हजार प्राप्त गरे भने थ्रीस्टारकै प्रदीप हुमागाइँ उत्कृष्ट प्रशिक्षक घोषित भए।