नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीभित्रको संकट निवारण गर्न ढिलाई गर्न नहुने धारणा राखेका छन्। पार्टीको सचिवालय बैठकमा नेता नेपालले नेताहरुबीच दाउपेच गर्ने र शक्ति आर्जनका लागि बैठक ढिला राख्ने संकट निवारणमा ढिलाई गर्न नहुने बताएका हुन्। उनले केन्द्र, प्रदेश र स्थानीय सरकारका कामको गम्भीर समीक्षा गरेर गल्ती–कमजोरीहरू सच्याउनुपर्ने बताउदै उनीहरुले गरेका गल्तीलाई पनि सच्याउनु पर्ने बताएका थिए।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो बसेको केन्द्रीय सचिवालय बैठकमा नेपालले सरकारले आधाभन्दा बढी कार्यकाल व्यतीत गरिसकेकाले पार्टीकै नेताहरूबीच दाउपेच गरेर शक्ति आर्जनका लागि ढिलाढाला गर्ने, पार्टीभित्र देखिएको संकट निवारणमा आलटाल गरेर समय लम्ब्याउने काम गरेमा पार्टीले गम्भीर क्षति व्यहोर्ने बताउदै चाडै नै संकट निवारणका लागि काम सुरु गर्न समेत आग्रह गरेका थिए।
‘बैठकमा मुलतः चार कुरामा केन्द्रित रहेर आफ्ना धारणाहरू राख्नुभयो, पहिलो, पार्टीभित्र देखिएको संकट निवारणमा दाउपेच गरेर ढिलाढाला गर्ने, समय लम्ब्याउने काम नगरौँ, दोस्रो, केन्द्र सरकारका मन्त्रीहरू, प्रदेश सरकार र स्थानीय सरकारको कामको गम्भीर समीक्षा गरौंँ, तेस्रो, गल्ती–कमजोरी स्वीकार गरौँ र चौथो काममो समीक्षाबाट आएको सुझावलाई ध्यान दिएर सच्याउँदै अघि बढौँ भन्ने कुरामा उहाँले जोड दिनुभयो,’ उनी निकट एक स्थायी कमिटी सदस्यले भने।