निकुञ्जमा होटल राख्न नदिइने
०८ भदौ २०६६
•
६ मिनेट पाठ
निकुञ्जमा होटल राख्न नदिइने
किरण भण्डारी, काठमाडौं, भदौ ९- अन्तरिम संसद्को सार्वजनिक लेखा समिति चितवन राष्ट्रिय निकुञ्जभित्र होटल संचालन गर्न दिन नहुने निचोडमा पुगेको छ।
निकुञ्जभित्रका होटल संचालन विवादबारे अध्ययन गर्न समितिले अघिल्लो महिना गठन गरेको उपसमितिले प्रतिवेदन बुझाएपछि एक साताभित्र यस सम्वन्धि औपचारिक निर्णय हुनेछ।




चितवनबाट निर्वाचित माओवादी सांसद् नारायणप्रसाद दहालको संयोजकत्वमा गठित उपसमितिले स्थलगत भ्रमण र सरोकारवालाहरुसँग छलफल गरि निकुञ्जभित्र होटल राख्न दिन नहुने धारणा बनाएको हो।

समितिका सदस्यमा काँग्रेसका महेन्द्रध्वज जिसी, एमाले लालमणि चौधरी, राप्रपा अलाउद्दिन अन्सारी, माओवादी कल्पना सुवेदी, चुरेभावर केशव मैनाली र फोरम राजलाल यादव सदस्य छन्। लेखा समितिका सभापति रामकृष्ण यादव र सदस्य गंगा पराजुली समेत भ्रमणमा सम्मिलित थिए।

भदौ १ देखि ३ गतेको अध्ययन भ्रमणका क्रममा उनीहरुले निकुञ्ज मध्यवर्ति क्षेत्रका निर्वाचित समिति, चितवन र नवलपरासीका राजनीतिक नेता, प्रशासक, व्यवसायी, संरक्षणकर्मी लगायतसँग भेटघाट गरेका थिए।

उपसमितिले सोमवार वन सचिव युवराज भुषाल, राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक गोपालप्रसाद पराजुली सहित मन्त्रालयका अधिकारीहरु र पूर्व वन सचिव उदयराज शर्मासँग छलफल गरेको छ। बन मन्त्री दिपक बोहराको चाहना बिपरित निकुञ्जमा होटल संचालन गर्न दिन नहुने पक्षमा उभिएपछि बनबाट वातावरण मन्त्रालयमा सरुवा गरिएका शर्माले उपसमिति समक्ष आफ्नो अडान दोहोर्‍याएका थिए। मानिसको ओहोर दोहोरमा समेत नियन्त्रण गर्नुपर्ने निकुञ्जभित्र होटल संचालन गर्न दिएर बिगतको गल्ती दोहोर्‍याउने नहुने धारणा शर्माले सोमवार उपसमिति समक्ष राखेका छन्।
'स्थलगत भ्रमण र सरोकारवालासँगको छलफलपछि सांसद्हरु निकुञ्जभित्र होटल राख्न दिन नहुने पक्षमा प्रष्ट देखिनुभएको छ,' लेखा समितका सचिव सोमबहादुर थापाले नागरिकसित भने- 'उपसमितिको ११ गतेको बैठकमा मात्र यसको औपचारिक टुङ्गो लाग्छ।'

पन्ध्र बर्षअघि बिना प्रतिष्पर्धा गरिएको करार असार मसान्तमा सकिएपछि निकुञ्जभित्रका सातवटा होटल बन्द छन्। आसन्न पर्यटन बर्ष तथा व्यवसायीको लगानी डुब्न दिन नहुने भन्दै करार अनुमति दिनुपर्ने पक्षमा मन्त्री बोहरा छन्।
उपसमितिका सदस्य नवलपरासीबाट निर्वाचित सांसद् जिसीका अनुसार निकुञ्जभित्र होटल संचालन गर्न दिनुपर्छ भन्ने पक्षमा खासै कोहि पनि भेटिएनन। 'मध्यवर्ती क्षेत्रका निर्वाचित समितिहरु, राजनीतिक दल, नागरिक समाज, व्यवसायी सबैको होटल हटाउनुपर्छ भन्नेमा एक स्वर छ,' उनले भने- 'वातावरण, जैवीक विविधता, सीमसार क्षेत्रको संरक्षणका हिसावले पनि भित्र ठूलो चहल पहल हुनु उपयुक्त मानिने रहेनछ।'

मध्यवर्ती क्षेत्र विकास परिषद् र चितवन तथा नवलपरासी जिल्लाको सर्वदलिय वैठकले निकुञ्जभित्रको होटल हटाउनुपर्नेमा सर्वसम्मत निर्णय गरेको जानकारी जीसीले दिए। करिव १५ सय हाराहारी उपभोक्ता समितिबाट निर्वाचित २१ वटा मध्यवर्ती क्षेत्र विकास समिति पनि निकुञ्ज खाली गराउनुपर्ने पक्षमा छन्।
सातवटा होटल मालिक र त्यहाँ कार्यरत मजदुरहरुले संचालन गर्न पाउनुपर्ने पक्षमा समिति समक्ष जोडदार माग गरेका थिए। 'आम जनता, प्रशासन, दलहरु होटल बाहिर सार्नुपर्छ भनिरहेका छन्,' सभापति यादवले भने- 'तर मजदुरहरु आफ्नो रोजगारी गुम्ने हो की भनि चिन्तित छन्।'

उपसमितिले प्रतिवेदन बुझाइसकेपछि मात्र आफूहरुले निर्णय लिने बताउँदै उनले भने- 'होटल बाहिरै सारेपनि राज्यले मजदुरहरुको रोजगारीको निरन्तरताको ग्यारेण्टी लिनुपर्छ।'
बन, वातावरण र बन्यजन्तु संरक्षणको निम्ति निकुञ्जभित्र होटल संचालन गर्न नहुने पक्षमा सभापति यादव सहमत छन्। पुस्तौदेखि आसपासमा वसोवास गरेका सर्वसाधरण निकुञ्ज छिर्न नपाइने तर होटलको नाममा जोकोहि भित्र जान पाउने अवस्थाले चोरी शिकारी बढेको आम गुनासो प्रति उनी गम्भिर भएका छन्।

'होटल आसपास गैडा, बाघ लगायत बन्यजन्तुको शिकार बढि भइरहेको अनुसन्धानले देखाएको छ,' यादवले भने- 'स्थानीय प्रशासनको भनाइ पनि त्यस्तै भएकाले लेखाले यी होटलबारे उपयुक्त निर्णय लिनेछ।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस