काठमाडौं, माघ २८ (नागरिक)- टुसाल युथ क्लबले सहिद स्मारक बी डिभिजन लिग फुटबलमा अपराजित यात्रा कायम राखेको छ।
सशस्त्र प्रहरीको हल्चोक मैदानमा शनिबार टुसालले च्यासल युथ क्लबलाई ३-१ ले पराजित गर्दै अंकतालिकाको शीर्षमा पुनरामगन गरेको छ। पाचौं खेल टोलीलाई चौथो जित दिलाउन टुसालबाट धिरज श्रेष्ठले २ र किरण सुब्बाले १ गोल गरे। धिरजले ६५ र ७३औं तथा किरणले ८१औं मिनेटमा गोल गरेका हुन्। त्यसअघि च्यासलबाट भुवन बस्नेतले छैटौ मिनेटमा अग्रता दिलाए पनि त्यसलाई टोलीले कायम राख्न सकेन। च्यासलले खेलेका पाँचै खेलमा पराजय भोगेको छ।
टुसाल १३ अंकसहित शीर्षमा स्थानमा छ। अघिल्लो दिन शीर्षमा पुगेको श्रीकुमारी (११) दोस्रो स्थानमा झरेको छ। अर्को खेलमा सामाजिकले पुल्चोक स्पोर्ट्स क्लबलाई २-०ले हरायो। विजेताको दुवै गोल याकुब राईले गरे।