प्रकाश तिमल्सिना, काठमाडौं, फागुन ५ - प्रधान न्यायाधीश नेतृत्वको चुनावी सरकारबारे मत बाझिएपछि एकीकृत माओवादी नेतृत्वको सत्तारुढ संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन संकटमा परेको छ। गठबन्धनका साना ११ दलले राजनीतिक दलको विकल्प प्रत्युत्पादक हुने भन्दै सार्वजनिक रूपमा नै असहमति जनाएका छन्।
ती दलले गठबन्धनमा बस्ने/नबस्ने निर्णय गर्न शुक्रबार साँझ घट्टेकूलोस्थित नेपाली जनता दलको कार्यालयमा छुट्टै बैठक गरेका छन्। बैठकमा सहभागी जनता दलका अध्यक्ष हरिचरण साहले शनिबार फेरि बस्ने बैठकले प्रधान न्यायाधीश नेतृत्वको चुनावी सरकार र गठबन्धनमा बस्ने/नबस्नेबारे औपचारिक निर्णय गर्ने जनाए।
'गठबन्धनमा छलफलै नगरी माओवादीले अघि सारेको बहालवाला प्रधान न्यायाधीशलाई सरकारको नेतृत्व गराउने प्रस्ताव अस्विकार्य भएको जानकारी संयोजक प्रचण्डजीलाई गराइसकेका छौं,' उनले भने, 'हिजो संविधानसभा विघटन गराउने खिलाराज नै हो भनेर माओवादीले भनिरह्यो, आज फेरि कुन आकाशवाणी आयो र उसैको नेतृत्वमा जान खोजिएको हो? हामीले सोधेका छौं।' माओवादी अध्यक्षसमेत रहेका संयोजक दाहालले कुनै प्रतिवि्र्कया नदिएपछि साना दलले मोर्चाबन्दी सुरु गरेको साहले बताए।
यसअघि प्रधानमन्त्री निवासमा बसेको गठबन्धन बैठकमा छलफलबिनै एकाएक प्रधान न्यायाधीश नेतृत्वको प्रस्ताव ल्याएको भन्दै साना दलले बिमति जनाएका थिए। जसले गर्दा बैठक औपचारिक निर्णय बिनै टुंगिएको थियो।
'न्यायपालिका र कार्यपालिकाको नेतृत्व एउटैलाई दिनु हुँदैन भनेर फरक मत राखेर फर्केका हौं,' अर्को दलका अध्यक्षले भने, 'राजनीतिक दलको विकल्प खोज्नु हुँदैन भन्ने हाम्रो धारणा हो। यो प्रस्ताव लोकतन्त्र मास्ने उद्देश्यसहित आएको छ।' प्रधान न्यायाधीश कसैप्रति उत्तरदायी हुनु नपर्ने भएकाले निरंकुशताको खतरा हुने भन्दै आफूहरूले सचेत गराएको उनको भनाइ छ।
प्रधान न्यायाधीश नेतृत्वमा चुनावी सरकार बने मन्त्रीको हैसियतमा मुख्यसचिव, सचिव र सह-सचिव रहने जानकारी अध्यक्ष दाहालले बैठकमा गराएका थिए। 'प्रधान न्यायाधिश नेतृत्वमा निर्वाचन समिति बनाएर जाने प्रस्ताव मात्र भएको छ। छलफल जारी छ,' दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो, 'मुख्य सचिव र सचिवलाई मन्त्रीसरह जिम्मेवारी दिएर जाने हो, त्यहाँ कुनै दलको प्रतिनिधित्व हँुदैन।' दाहालको यो प्रस्तावप्रति साना दलको आपत्ति छ।
बैठकमा दाहालले जनाए अनुसार निर्वाचन समितिलाई नियन्त्रण गर्न राजनीतिक दलको छुट्टै संयन्त्र बन्नेछ। 'जेठ महिनाभित्र निर्वाचन गराउन नसके प्रधान न्यायाधिशलाई फिर्ता ल्याउने प्रावधान राखेर मात्र नेतृत्व हस्तान्तरण गर्छौं,' बैठकमा दाहालले भने।
प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधान न्यायाधीश नेतृत्वलाई सरकार हस्तान्तरण गर्न सकिने धारणा राखेपछि दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले उनको राजीनामा मागेका थिए। 'इमान्दार हुनुहुन्छ भने प्रधानमन्त्रीजीले पदबाट राजीनामा दिएको घोषणा गर्नुहोस् अनि विचार गरौंला,' पासवानले बैठकमा भने।
माओवादी, कांग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच मात्र हुने सहमतिलाई अस्विकार गर्ने चेतावनी पनि साना दलले दिएका छन्। 'चार राजनीतिक शक्तिलाई मात्र मान्यता दिने काम भयो र हामीलाई छायाँमा पारियो भने सबैको पुत्ला जलाउँछौं,' बैठकपछि पासवानले सञ्चारकर्मीलाई भने। बैठकमा मधेसी मोर्चाआबद्ध मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार र नेपाल सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तो भने उपस्थित थिएनन्।