काठमाडौँ, फागुन ६ - उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले प्रहरीप्रति जनताको विश्वास उल्लेखनीय रुपमा बढेको बताएका छन् । उनले आफ्नो कार्यकालको १८ महिनामा शान्ति बहाली र जनताको जिउधनको सुरक्षामा नेपाल प्रहरीको उल्लेख्य सक्रियताका कारण प्रहरीप्रति जनताको विश्वास बढ्दै गएको दाबी गरेका हुन् ।
गृह मन्त्रालयले आज गृहमन्त्रालयकै कार्यकक्षमा १८ महिनामा भएका कामको प्रगति र शान्ति सुरक्षाका विषयमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गच्छदारले विधि र पद्धतिको संस्थागत विकासमा आफ्नो कार्यकाल व्यतीत भएको जानकारी दिए ।
उनले १८ महिने कार्यकालमा राष्ट्रिय सुरक्षा ऐन, गृहमन्त्रालयको दशवर्षे दीर्घकालीन सोच, सुरक्षा सेवा आयोग ऐन तर्जुमा, हिंसा र अपराध विरुद्ध सचेतना अभियानलाई अगाडि ल्याएको बताए ।
मन्त्री गच्छदारले भूमिगत सशस्त्र समूह र तिनका गतिविधि, जातीय, क्षेत्रीय, साम्प्रदायिक सङ्गठन र तिनका क्रियाकलाप, सङ्गठित अपराध, गुण्डागर्दी, अपहरण, फिरौती माग, चन्दा सङ्कलन, यातायातमा सिन्डिकेट तथा प्राकृतिक स्रोतमाथिको अन्धाधुन्द दोहनले शान्ति सुरक्षा कायम गर्ने कार्य अरु चुनौतीपूर्ण बनेको बताए ।
गृहसचिव नवीन घिमिरेले १८ महिनामा मन्त्रालयले विभिन्न ५८ वटा क्रियाकलाप पूरा गरेको जानकारी दिए ।
उनले नेपाल प्रहरीको सरुवा मापदण्ड, प्रहरी ऐन संशोधन नियमावली, मर्यादाक्रम निर्धारण, जिल्ला प्रशासनका कार्यालयको दश वर्षीय गुरुयोजना, आन्तरिक सुरक्षा नीति, निजामती कर्मचारीको सरुवा मापदण्ड, महानगरीय प्रहरी ऐन, विशिष्ट र अतिविशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०६९, सशस्त्र प्रहरी बल परिचालन नीतिलगायतका कार्य भएको जानकारी दिए ।
मुलकमा हाल ६१ हजार प्रहरी शान्ति सुरक्षामा दिनरात खटिइरहेको र एक जना प्रहरीले ६६० नागरिकलाई सुरक्षा दिनुपर्ने बाध्यता रहेको बताइएको छ। रासस