काठमाडौँ, फागुन ७ (नागरिक) - वर्तमान प्रधानमन्त्रीको बहिर्गमन र नयाँ सरकार गठनका विषयमा सहमति जुटाउन चार शक्ति एकीकृत माओवादी, नेपाली कांग्रेस, एमाले र मधेसी मोर्चाले गठन गरेको कार्यदलको बैठक शितल निवासमा जारी छ।
कार्यदलको प्रतिवेदनलाई शीर्ष नेताहरुले अन्तिम रुप दिनुको साथै राष्ट्रपति भवनमा नै सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी छ।
शनिबार बसेको प्रमुख चार दलको बैठकले जेठमा निर्वाचनको सुनिश्चितता हुनेगरी संविधान संशोधन, निर्वाचन आयोगमा नियुक्ति, बाधाअड्काउ फुकाउ, अस्थायी प्रशासन, सरकारको स्वरुप र राजनीतिक दल र सरकारबीचको सम्बन्ध, निर्वाचन क्षेत्र, मधेसमा रहेको नागरिकताको समस्या, निर्वाचन प्रणाली, निर्वाचनको मिति, समानुपातिक निर्वाचन संख्यामा शीर्ष नेताको बैठकमा प्रतिवेदन पेस गर्न अधिकार दिएको थियो।
एकीकृत माओवादीबाट कृष्णबहादुर महरा र खिमलाल देवकोटा, कांग्रेसबाट विमलेन्द्र निधि र मिनेन्द्र रिजाल, एमालेबाट भीमबहादुर रावल र अग्नि खरेल, मधेसी मोर्चाबाट हृदयेश त्रिपाठी र जितेन्द्र देव सम्मिलित कार्यदललाई आइतबार दिउँसो २ बजेसम्म समय दिइए पनि काम नसकेपछि सोमबार बिहानसम्म समय थपिएको थियो।
दलीय सहमतिलाई कानुनी स्वरुप दिँदै मन्त्रिपरिषद बैठकले राष्ट्रपतिलाई बुझाउनेछ। राष्ट्रपतिले त्यसलाई औपचारिकता दिएलगत्तै प्रधान न्यायाधीशलाई सरकार प्रमुखको रुपमा शपथ गराइनेछ। 'सकेसम्म सोमबार नै सरकार प्रमुखको शपथ गराउने गृहकार्यमा हामी छौं,' कार्यदलका एक सदस्यले भने, 'सोमाबार भ्याइएन भने बुधबार पुग्छ, अहिलेसम्म मंगलबार शपथ गराइएको छैन।'
सम्बन्धित समाचार
आज प्याकेज सहमतिमा हस्ताक्षर, रेग्मी न्यायपालिका नहेर्ने गरी प्रम
रेग्मी हुन्न भन्दै रिट