काठमाडौँ, फागुन ८ (नागरिक) - दैलेखका पत्रकार डेकेन्द्र थापाका हत्यारालाई छाड्न माग गर्दै मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले गरेको नेपाल बन्दले मुलुकभरिको जनजीवन प्रभावित भएको छ। बन्दकर्ताले काठमाडौँको लैनचौरमा पर्यटक चढेको बस तोडफोड गरेका छन् भने कान्तिपुर र सगरमाथा टेलिभिजनका भ्यान पनि तोडफोड गरिएको छ।
जबरजस्ती बन्द गराउँदै हिँडेका बन्दकर्ताले कान्तिपुर टिभीको बा ८ च ८२१ नम्बरको भ्यान बानेश्वरमा तोडफोड गरेका हुन्। नेपाल पत्रकार महासंघ कान्तिपुर टिभी शाखाले घटनाको भत्सर्ना गरेको छ।
'एफएनजे केटिभी शाखा कान्तिपुर टिभीका पत्रकार बोकेको गाडीमाथि भएको तोडफोडको कडा शब्दमा भत्सर्ना गर्दछ', शाखाले ट्विटमार्फत् तोडफोडको भत्सर्ना गर्दै भनेको छ- 'हामीले यसलाई स्वतन्त्र मिडियामाथिको प्रहारको रुपमा लिएका छौं।'

FNJ KTV would like to condemn vandalizing of KTV office vehicle ferrying staff, in strongest terms. We take it as attack on free media...
— FNJKTV (@KTV_FNJ) February 19, 2013