छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँः प्रधानमन्त्री
११ मंसिर २०७७
•
२ मिनेट पाठ
छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा जोड दिएका छन्। तेस्रो सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढङ्गले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध रहेको बताए।  




योगदान गर्न सक्ने मात्र होइन, अलपत्र, गरीबीको चपेटामा परेका तथा प्राकृतिक हिसाबले वा आफन्त र अभिभावकका अभावमा अलपत्र परेका नागरिकको व्यवस्थापन गर्न संविधानमै विशेष व्यवस्था रहेको उल्लेख गर्दै उनले संविधानले निर्दिष्ट गरेअनुसार सामाजिक सुरक्षाको अवधारणालाई कार्यान्वयनमा ल्याइएको जानकारी दिए।  

अर्को प्रसङ्गमा प्रधानमन्त्रीले अभिभावक गुमाएर सडकमा पुग्नुपरेको पीडा बालबालिकाले भोग्नु नपरोस् भनेर सरकारले अभिभावकविहीन बालबालिकालाई अभिभावकत्व प्रदान गर्दै आएको बताउँदै भने,“हिजो झैं आज न सडक बालबालिका छन्, न सहयोगापेक्षी मानव छन्, मानव समाजलाई सभ्य बनाउने बाटोमा सरकार अघि बढेको छ।”अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्ने गरी सरकार अघि बढेको पनि उनले बताए।  

नेपाल दिगो विकास लक्ष्यको उपलब्धि हासिल गर्ने क्रममा रहेको जानकारी दिँदै उनले मुलुक छिट्टै अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रका रुपमा उक्लिने बताए। “नेपाललाई विकासशील राष्ट्रका रुपमा उभ्याउन हामीले दिगो विकास लक्ष्यका निर्धारित पक्षलाई कार्यान्वयन गर्नु जरुरी छ। हामी गत वर्षदेखि नै १४ वटा मापदण्डमाथि आइसकेका छौँ”, प्रधानमन्त्रीले भने, “अरु मापदण्डमा पनि हामी अगाडि आउँदै छौँ। विकासका सन्दर्भमा हामी अगाडि बढिरहेका छौँ।”  

दिगो विकास लक्ष्यको श्रमसम्बन्धी लक्ष्य हासिल गर्न पर्याप्त ध्यान दिइएको उल्लेख गर्दै उनले निर्धारित लक्ष्य तथा उपलक्ष्य पूरा गर्ने गरी सामाजिक सुरक्षा कोषको परिचालन, वृद्धि र दायरा, सहभागीको सङ्ख्या, कोष सबलीकरण र विकास गर्ने योजना अगाडि बढाइएको बताए। दिगो विकाससम्बन्धी १७ मूल लक्ष्य १६९ उपलक्ष्य छन्। मूल लक्ष्यको ८ नं बूँदामा श्रम, सामाजिक सुरक्षा, श्रम र श्रमिकको हकसम्बन्धी व्यवस्था उल्लेख गरिएको छ। 

तत्कालीन नेकपा (एमाले)को नौमहिने सरकारको कार्यकालमा वृद्ध भत्ता वितरण गरेर सामाजिक सुरक्षा अवधारणा शुरु गरिएको स्मरण गर्दै उनले हरेक नागरिक सचेत हुन र तिनले सामाजिक सुरक्षाका सन्दर्भमा योगदान गर्नुपर्ने भनेर योगदानमा आधारित सामजिक सुरक्षाको एउटा नयाँ र उन्नत अवधारणाकोे शुरुआत गरिएको बताए।  रासस
अर्को समाचार
बोर्ड र सोक्सोबीच सम्झौताः मलेसिया जाने कामदार सुरक्षा छातामा
०३ माघ २०७८
•
६ मिनेट पाठ
बोर्ड र सोक्सोबीच सम्झौताः मलेसिया जाने कामदार सुरक्षा छातामा
वैदेशिक रोजगारीमा नेपाली युवाका लागि आकर्षक गन्तव्य बनेको मलेसियाले नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा समेट्ने भएको छ।




वैदेशिक रोजगार बोर्डले मलेसियाको सामाजिक सुरक्षा संगठन (सोक्सो) सँग सामाजिक सुरक्षाको सुविधामा समेट्ने गरी सम्झौता गरेपछि नेपाली युवाले सुविधा पाउने बाटो खुलेको हो। कोरोना महामारी कायमै रहेको बेला यस्तो सम्झौता गरिएको र मलेसिया रोजगारी सुरु हुन नसकेका कारण कार्यान्वयनबारे कतिपयले आशंका गरेका छन्।

हालसम्म श्रम स्वीकृति लिएको संख्याका आधारमा मलेसिया नेपाली श्रमिकका लागि सबभन्दा ठूलो गन्तव्य हो। बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार सम्झौता कार्यान्वयनपछि मलेसियामा कार्यरत नेपाली श्रमिकको मृत्यु भए परिवारले पारिश्रमिकको ९० प्रतिशतसम्म रकम पाउँछन्। जुन रकम मृतकका निकटतम आफन्तले आजीवन प्राप्त गर्ने उनले बताए।

मलेसिया रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न सरकारले अनुमति दिएपछि पेन्सनको सुनिश्चितता भएको बोर्डले जनाएको छ। सम्झौता अनुसार श्रम स्वीकृति लिएर मलेसियामा रोजगारी गरिरहेका नेपालीले त्यहाँका श्रमिकसरह सामाजिक सुरक्षा पाउने छन्।

यो सम्झौताका लागि मलेसियाले दुई वर्षअघि नै नेपाललाई प्रस्ताव पठाएको थियो। तर नेपालमा यसको जिम्मा कसलाई दिने भन्नेबारे अन्योल हुँदा ढिलाइ हुन पुगेको अधिकारीहरू बताउँछन्।

नेपाल सरकारले त्यस्तो प्रस्तावलाई स्वीकार गरेपछि बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले उक्त कार्यक्रममा नेपाली श्रमिक सहभागी हुनेबारेको सम्झौतामा हस्ताक्षर गरेको बताए। सन् २०२० पछि सबै विदेशी कामदारलाई सोक्सोमा अनिवार्य आवद्ध गराउने मलेसियन सरकारले निर्णय गरिसकेको बताइएको छ।

मलेसियामा काम गर्ने सबै श्रमिकलाई सामाजिक सुरक्षा प्रदान गर्ने उद्देश्यले मलेसियाको मानव संसाधन मन्त्रालयअन्तर्गत सोक्सो स्थापना भएको हो। रोजगारदाताले मासिक रूपमा गर्ने योगदानको आधारमा विदेशी कामदारलाई सोक्सोमा दर्ता गरिने व्यवस्था छ।

रोजगारदाताले विदेशी कामदारको तलबको १.२५ प्रतिशत मासिक रूपले योगदान गर्नुपर्ने व्यवस्था छ। यसमा श्रमिकको पैसा खर्च हुने छैन। श्रमिकको भिसालगायत अन्य कागजात तयार भइसकेपछि मात्र दर्ता हुन पाइनेछ। काम गर्ने समयभित्र मृत्यु भएमा नेपाली श्रमिकको परिवारजन (आमा, बाबु, श्रीमती वा श्रीमान् र २१ वर्ष नपुगेका छोराछोरी मात्र) ले मासिक तलबको ९० प्रतिशत आजीवन पाउने छन्। श्रमिक दुर्घटनामा परे अस्थायी अपांगता भएसम्म सेवा सुविधा पाउने छन्। कामको सिलसिलामा दुर्घटनामा परी स्थायी अपांगता भएकाको हकमा आजीवन सेवा–सुविधा पाउने व्यवस्था छ।

मृत्यु भएर मलेसियामा नै दाहसंस्कार हुनेको हकमा नेपालका परिवारजनले दुई हजार मलेसियन रिंगिट अर्थात करिब ६० हजार रूपैयाँ खर्च पाउने छन्। तर मृतकको शव नेपाल पठाउनु परेमा ६ हजार पाँच सय रिंगिट अर्थात पौने दुई लाख रूपैयाँसम्मको रकम पाउने छन्। श्रमिक बिरामी भएमा औषधि उपचार सुविधा प्राप्त हुनेछ। मलेसियाले यो कार्यक्रम सबै आप्रवासी कामदारका हकमा अनिवार्य रूपमा लागू गर्ने निर्णय गरेको छ।

मलेसियाली रोजगारदाता कम्पनीले आप्रवासी कामदारलाई अनिवार्य सोक्सोमा सूचीकृत गराउनुपर्ने छ। मलेसिया रोजगारीका लागि जाने विदेशी कामदारको मागपत्र आह्वान गर्दै रोजगारदाता कम्पनीले सोक्सोमा विवरण पठाउनुपर्ने हुन्छ।

सोक्सोमा मलेसियामा कार्यरत र नयाँ श्रम स्वीकृति लिएर जाने कामदारको पनि रोजगारदाता कम्पनीले विवरण पठाउनुपर्ने व्यवस्था रहेको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताए। ‘मलेसिया रोजगारीमा नयाँ श्रम स्वीकृति लिएर जाने र त्यहाँ कार्यरत नेपाली श्रमिकलाई सोक्सोमा आवद्ध गराउन आवश्यक छ,’ उनले भने, ‘यो नेपाल सरकारले पहल गर्नुपर्ने हो।

तर मलेसियाले आफ्नो नीति तथा कार्यक्रममार्फत पहल गरेपछि सजिलो भयो।’ सोक्सो कोषमा दर्ता भएपछि नेपाली कामदारले अस्थायी तथा स्थायी अशक्तता सुविधा, स्वास्थ्य उपचार, आश्रित परिवार सुविधा, मृत्यु भएमा शव व्यवस्थापन सुविधा, अन्तिम संस्कारका लागि सोक्सोले खर्च बेहोर्ने छ।

सोक्सोको सुविधा श्रम स्वीकृति लिएर गएका कामदारले श्रम अवधिभित्र सूचीकृत भए मात्र पाउँछन्। अवैध कामदारले सोक्सोको सुविधा पाउँदैनन्। नेपालबाट नयाँ श्रम स्वीकृति लिएर जाने कामदारका हकमा भने अनिवार्य लागू हुन्छ र रोजगारदाता कम्पनीले कामदारको माग गरेपछि नै सोक्सोमा उनीहरूको विवरण दर्ता गराउनुपर्छ।

वैधानिक रूपमा रहेका श्रमिकले मात्रै सामाजिक सुरक्षा कार्यक्रमको सुविधा पाउनेछन्। श्रमिकलाई सहभागी नगर्ने रोजगारदालाई दुई वर्षसम्म जेल र १० हजार रिंगेटसम्म जरिवाना तिराउने सरकारको नियम छ।

द्विपक्षीय करार सम्झौतामा काम गर्ने सबै श्रमिक सोस्कोमा दर्ता हुनुपर्छ। एउटा कम्पनीमार्फत सोस्कोमा दर्ता भएका श्रमिक अर्को रोजगारदाता कम्पनीमा काम गर्न गए पनि सुविधाको निरन्तरता हुनेछ। श्रमिकले पाउने तलब, ओभरटाइम, कमिसन, सेवाशुल्क, वार्षिक बिदा, बिरामी बिदा, मातृत्व बिदा, सार्वजनिक बिदा, खानाभत्ता, आवास भत्तालगायत सुविधा हेरी योगदान गर्नुपर्नेछ।

सोक्सोमा सहभागी श्रमिकले स्वास्थ्योपचार, अस्थायी तथा स्थायी अशक्तता सुविधा, आश्रित परिवार सुविधा, शव फिर्ती तथा अन्तिम संस्कार सुविधा, सहयोगी भत्ता र पुनःस्थापना लगायत सुविधा पाउनेछन्। मलेसियामा बिरामी भए पनि यही कोषले औषधि उपचारको सुविधा दिनेछ।

मलेसिया धेरै नेपाली श्रमिकको मृत्यु हुने गरेको गन्तव्य मुलुक हो। पछिल्लो १३ वर्षको अवधिमा तीन हजार तीन सय ५३ नेपाली श्रमिकको मलेसियामा रोजगारीको क्रममा निधन भएको बोर्डले जनाएको छ। बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले सोक्सोमा आवद्ध हुँदा लाग्ने कुनै पनि खर्च श्रमिकले बेहोर्न नपर्ने बताए। ‘जे जति खर्च लाग्छ, त्यो सबै रोजगारदाताले बेहोर्नेछन्,’ उनले भने, ‘यो नेपालका लागि राम्रो खबर हो।’

इजरायलमा नेपाली श्रमिक पठाइँदै

इजरायलमा नेपाली श्रमिक पठाउन सुरु हुन लागेको छ। माघ ५ मा एक सय २५ श्रमिकलाई इजरायल पठाउन थालिएको वैदेशिक रोजगार विभागले जनाएको छ।

उनीहरू जिटुजीमार्फत केयरगिभरको काममा इजरायल जान थालेका हुन्। केयरगिभरको काम इजरायलमा बालबालिका र बृद्धबृद्धाको रेखदेख गर्नु हो। भाषा उत्तीर्ण लगायतका सम्पूर्ण प्रक्रिया पूरा गरेका १ हजार ६ सय श्रमिकमध्येबाट इजरायलले १ हजार १ सय ७५ श्रमिक छनोट गरेकोमध्ये पहिलो चरणमा एक सय २५ इजरायल जान थालेको विभागले जनाएको छ।

छनोटमा परेकामध्ये ७ सयसँग करार सम्झौता भइसकेकाले उनीहरू पनि विस्तारै इजरायल जान पाउनेछन्। इजरायलले छनोटमा परेकामध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजान लागेको छ। इजरायल जाने श्रमिकले त्यहाँ जाँदा लाग्ने हवाई टिकट लगायतको सम्पूर्ण खर्च आफैं बेहोर्नु पर्ने नियम छ।

पारिश्रमिक र बसोबासको दृष्टिकोणले आकर्षक मानिएको इजरायल रोजगारीमा जानेले करिब २ लाख रूपैयाँ पारिश्रमिक पाइने बताइएको छ। यसपटकको कार्यक्रम सफल भएपछि आगामी दिनमा इजरायल जानेको संख्या बढाउन पहल गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्राललयका अधिकारीहरू बताउँछन्।

यतिखेर राम्रा श्रम गन्तव्यबाट कामदारको माग नआउँदै नेपाली श्रमिकहरू खाडी मुलुक जान बाध्य छन्। खाडी मुलुकमा एकातिर नेपाली कामदारले राम्रो पारिश्रमिक पाउँदैनन् भने अर्कोतर्फ कामदार उत्तिकै शोषणमा पर्ने गरेका छन्। विज्ञहरूले खाडी र मलेसियाको रोजगारीलाई जतिसक्दो चाँडो प्रतिस्थापन गरी नयाँ गन्तव्य खोज्नुपर्ने सुझाव दिँदै आएका छन्।

नेपाली कामदारलाई खाडी र मलेसियाको साटो इजरायल, जापानको साथै युरोपका विभिन्न गन्तव्यमा पठाउन सकिने सम्भावना रहेको विज्ञहरूको भनाइ रहँदै आएको छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस