स्थायी राजधानीमा हिउँदे अधिवेशन !
११ मंसिर २०७७
•
४ मिनेट पाठ
स्थायी राजधानीमा हिउँदे अधिवेशन !
लुम्बीनी प्रदेशको स्थायी राजधानी भालुबाङ । तस्बिर : देवेन्द्र/नागरिक
स्थायी राजधानीको थलो तोकिएपछि लुम्बीनी प्रदेशको राजधानीले ‘स्थायी थलो’ मा भौतिक उपस्थिती कहिले जनाउला? भन्ने बहस राजधानी क्षेत्रमा कायमै छ। तत्कालै राजधानीको भौतिक उपस्थिती हुन नसक्ने ‘लख’ काटिईरहेकै बेला प्रदेशको आगामी हिउँदे अधिवेशन स्थायी राजधानीमै सञ्चालन गर्नका लागि देखाइएको प्रदेश सरकार र प्रदेशसभाको सकृयताले तत्कालै स्थायी थलोमा स्थायी राजधानीको भौतिक उपस्थिती हुने सुखद सम्भावना राजधानी क्षेत्रका नागरिकहरुलाई देखाइदियो। 




हिउँदे अधिवेशन सञ्चालनका लागि सम्भावना हेर्नका लागि प्रदेशसभाका सभामुख, उपसभामुख र प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रीको देउखुरी आगमनले आगामी माघ २१ मा स्थायी राजधानीमै संसद सुरु हुने उच्च सम्भावना आँकलन भयो। संसद सञ्चालनका लागि भौतिक पूर्वाधारको अनुगमन गरेका उनिहरुले भनेका थिए ‘राप्ती प्राविधिक शिक्षालयको भौतिक पूर्वाधार प्रदेशसभाले पाए हिउँदे अधिवेशन स्थायी राधजानीमै सञ्चालन गर्न सकिन्छ।’

स्थायी राजधानीमै संसदको हिउँदे अधिवेशन हुने सम्भावना राजधानी क्षेत्रका नागरिकहरुले आशा राखेपनि माघ २१ मै प्रदेशसभा स्थायी राजधानीमा आउने नआउने भन्ने बारे अन्यौलता हटिसकेको छैन। प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षालयको भवन र जग्गा प्राप्तीका लागि संघीय सरकार समक्ष अनुरोध गरेको छ। तर संघीय सरकारले उक्त जग्गा तथा भौतिक पूर्वाधारको स्वायत्तता प्रदेशसभालाई प्रदान गर्ने वा नगर्ने भन्ने बारेमा निर्णय गरिसकेको छैन। उक्त पूर्वाधारको स्वायत्तता प्रदेशसभालाई प्रदान भएपनि तत्कालै स्थायी राजधानीमा संसद चल्न नसक्ने सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी बताउँछन्। ‘कम्तीमा तीनचार वर्षको अवधि लाग्छ,’ उनले भने ‘संसद सञ्चालन गर्ने विषय केटाकेटि खेलेको जस्तो हो र?’ उनका अनुसार प्रदेश सरकारले संघीय सरकार समक्ष जग्गा प्राप्तीका लागि गरेको अनुरोधलाई केन्द्रले अनुमोदन गरेपनि सुरुमा सम्भावित अध्ययनसहित डिपिआरको काम सुरु हुने बताए। अनि उक्त जग्गामा भौतिक पूर्वाधार निर्माण भैसकेपछि मात्रै संसद सुरु हुने उनले बताए। 

उनले राप्ती प्राविधिक शिक्षालयको भवन प्राप्ती भएकै आधारमा तत्काल संसद स्थायी राजधानीमा चल्न नसक्ने दाबी गरे। ‘भवन हुँदैमा संसद चलिहाल्ने भन्ने हुन्छ? संसद चल्नका लागि भवन भएर मात्रै हुन्छ?’ उनले भने ‘चल्ने त संसद होला नि, कि आमसभा होर? भवन भए चलिहाल्ने?’ उनले संसद सञ्चालन हुनका लागि मन्त्रालय तथा निर्देशनालयहरु समेत स्थायी राधजानीमै रहनु पर्ने भएकाले तत्काल संसद सञ्चालनको सम्भावना देख्दैनन्। ‘संसद चल्ने भवन मात्रै भएर हुन्छ? संसद चल्ने भएपछि मन्त्रालयहरु तथा अन्य निकायहरु पनि सर्नुपर्‍यो,’ उनले भने ‘एकैपटक यि सबै निकायहरु सर्न कसरी सम्भव हुन्छ? भवन त संसदका लागि मात्रै नचाहिएला नि?’

सरकारका अर्का मन्त्री कुलप्रसाद केसीले भने केन्द्रले राप्ती प्राविधिक शिक्षालयको भवन तथा जग्गा प्राप्ती भए संसद सञ्चालनका लागि समस्या नहुने बताउँछन्। आन्तरिक मामिला तथा कानुन मन्त्री केसीले सुरुमा उक्त शिक्षालयको सम्पत्ति हस्तान्तरणको विषय महत्वपूर्ण रहेको बताए। ‘राप्ती प्राविधिक शिक्षालयको भवन तथा जग्गा हस्तान्तरण महत्वपूर्ण कुरा हो, यो हस्तान्तरण नहुँदासम्म गाह्रो विषय हो,’ मन्त्री केसीले भने ‘उक्त भौतिक पूर्वाधार तथा जग्गा हस्तान्तरण भए असम्भवै भन्ने हुँदैन।’

यता स्थायी राजधानी रहेको राप्ती गाउँपालिकाले पनि संघीय सरकारको निर्णयलाई कुरेर बसेको छ। प्रदेशसभालाई प्राविधिक शिक्षालयको पूर्वाधार हस्तान्तरण भए प्रदेशसभा सञ्चालनमा कुनै समस्या नहुने दाबी गर्छ। प्राविधिक शिक्षालयको भवन तथा जग्गा तत्काल हस्तान्तरण हुन सके संसदको आगामी हिउँदे अधिवेशन स्थायी राजधानीमा सञ्चालनका लागि गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी दाबी गर्छन्। ‘प्राविधिक शिक्षालयको सम्पत्ति प्रदेशसभालाई हस्तान्तरण भएपछि संसद सञ्चालनका लागि के के आवश्यक पर्छ, सबै गाउँपालिकाले ब्यवस्थापन गर्न सक्छ,’ गाउँपालिका अध्यक्ष सुवेदीले भने ‘तत्कालै जग्गा र भवन सम्बन्धी निर्णय संघीय सरकारबाट हुन सक्यो भने आउँदो हिउँदे अधिवेशन स्थायी राजधानीमा सञ्चालन गर्नका लागि सबै म्यानेज हामी गर्न सक्छौँ।’

हिउँदे अधिवेशन स्थायी राजधानीमै सञ्चालन गर्ने तयारी स्वरुप राप्ती प्राविधिक शिक्षालयको भवन खाली गरेर शिक्षालयलाई अन्य विद्यालयको भवनमा स्थानान्तरण गर्नेगरि स्थानीय सरकारले तयारी गरिरहेको छ। यो शिक्षालयमा ३५ को हाराहारीमा ठूला भवनहरु छन्।
अर्को समाचार
लुम्बिनी प्रदेशको स्थायी राजधानीमा ‘हिउँदे अधिवेशन’ को तीव्र तयारी
१४ कार्तिक २०७७
•
२ मिनेट पाठ
लुम्बिनी प्रदेशको स्थायी राजधानीमा ‘हिउँदे अधिवेशन’ को तीव्र तयारी
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन स्थायी राजधानी देउखुरीमै सञ्चालनका लागि प्रदेश सरकार तथा प्रदेशसभाले तयारी तीव्र पारेका छन्। प्रदेशको हिउँदे अधिवेशन आगामी दुई महिनापछि सुरु हुँदै छ। प्रदेशको नामाकरण र स्थायी राजधानी तोकिएपछि स्थायी राजधानीमै प्रदेशसभा स्थापना गरेर आगामी हिउँदे अधिवेशन सञ्चालन गर्ने तयारी अनुरुप स्थायी राजधानीमा रहेका भौतिक पूर्वाधारको अनुगमन तीव्र पारिएको छ। 




यसैक्रममा प्रदेशसभाका सभामुख पूर्णवहादुर घर्ती र आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले शुक्रबार प्रदेशससभा सञ्चालनका लागि भौतिक पूर्वाधारको अवस्था बारे अनुगमन गरेका छन्। साथै उनीहरुले स्थायी राजधानी देउखुरीको राप्ती गाउँपालिका स्थित राप्ती प्राविधिक शिक्षालयको भवन र जग्गा उपलब्ध हुन सके प्रदेशको आगामी हिउँदे अधिवेशन स्थायी राजधानीमै हुने बताए।  

‘यदि राप्ती प्राविधिक शिक्षालयको भवन र जग्गा उपलब्ध हुन सके प्रदेश सभा स्थापना गरेर आगामी हिउँदे अधिवेशन स्थायी राजधानीबाटै चलाउन सकिन्छ,’ उनीहरुको भनाई उदृत गर्दै प्रदेशसभा सदस्य ईन्द्रजीत चौधरीले भने ‘त्यसका लागि भौतिक पूर्वाधारको व्यवस्थापनको प्रकृया तत्कालै थालिनु पर्छ।’ प्राविधिक शिक्षालयका ३५ वटा भवन छन् भने २८ विघा जग्गा एकै कम्पाउण्डमा छ।  

प्राविधिक शिक्षालयो भवन प्रदेशसभालाई दिइए राप्ती प्राविधिक शिक्षालयलाई त्यहाँबाट स्थानान्तरण गरिनु पर्छ। त्यसका लागि देउखुरी गढवाको गोबरडिहामा रहेको सामुदायिक विद्यालयको भवन विकल्पका रुपमा अघि सारिएको छ। यो विद्यालयको ४० विघा जग्गा छ। यसैगरि ७ विघा जग्गासहितको लालमटिया स्थित आदर्श माविको भवनमा पनि राप्ती प्राविधिक शिक्षालय स्थानान्तरण गर्न सकिने अर्को विकल्प देखाईएको छ। ‘यि दुई विद्यालय मध्य एउटा विद्यालयको भवनमा राप्ती प्राविधिक शिक्षालयलाई स्थानान्तरण गर्न सकिने गरि प्रकृया सुरु भैसकेको छ,’ प्रदेशसभा सदस्य चौधरीले भने ‘त्यसका लागि यि भवनहरुको अनुगमन समेत गरिएको छ।’  

शुक्रबार प्रदेशसभा सञ्चालनका लागि स्थायी राजधानीको भौतिक पूर्वाधारको अवस्था अनुगमन गरेका प्रदेशसभाका सभामुख घर्ती र कानुन मन्त्री केसीले स्थायी राजधानीमा रहेका भौतिक पूर्वाधारको अवस्था बारे मुख्यमन्त्री शंकर पोख्रेललाई जानकारी गराउने छन्। प्रदेशसभा सदस्य चौधरीका अनुसार उनीहरुले स्थायी राधजानी देउखुरीमै संसदको हिउँदे अधिवेशन सञ्चालन गर्न सकिने आधारसहितको सकारात्मक सुझाव मुख्यन्त्री समक्ष प्रस्तुत गर्ने विश्वास ब्यक्त गरे। ‘यहाँको भौतिक पूर्वाधार र जग्गाको अवस्था बारे अनुगमन गरेका सभामुख र कानुन मन्त्री ज्यू हिउँदे अधिवेशन स्थायी राजधानीमै सञ्चालन गर्न सकिने कुरामा ढुक्क देखिनु भएको छ,’ उनले भने ‘आगामी हिउँदे अधिवेशन अब स्थायी राजधानीमै सञ्चालन हुने कुरामा त्यति शंका अब देखिन्न।’  

यसअघि प्रदेश पूर्वाधार विकास प्राधिकरणको टोलीले भने स्थायी राजधानीमा रहेका भौतिक पूर्वाधारहरुको अवस्था बारे अनुगमन गरिसकेको छ भने प्रदेशका प्रमुख सचिव र अर्थ सचिवले पनि भौतिक पूर्वाधारको अवस्था अनुगमन गरेर फर्किसकेका छन्।
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस