जिल्लाको सदरमुकाम समेत रहेको कलैयामा तारे होटेल करण राज प्यालेस सञ्चालनमा आएको छ।
प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले शुक्रबार एक कार्यक्रम बीच कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा निर्माण गरिएको नवनिर्मित होटेल करण राज प्यालेसको उद्घाटन गरेसँगै उक्त होटल सञ्चालनमा आएको हो।
उद्घाटन गरिएको होटलमा स्वीट, डिलक्स र स्ट्यान्डर्ड गरी २० वटा कोठा, तीन वटा हल, स्विमीङ्ग पुल लगायतको सुविधा रहेको होटेलका सञ्चालक धनिलाल सरार्फले बताएका छन्।
गढीमाई मन्दिर जाने कलैया–बरियापुर सडकसँगै टासिएको ३० कट्ठा क्षेत्रफलको जग्गामा १६ करोडको लागतमा होटलको निर्माण गरिएको सरार्फले बताए।
२५ करोडको लगानी गर्ने सोच रहे पनि त्यसमा आवश्यक पर्ने अन्य पूर्वाधारहरुमा बिस्तारै लगानी थपिदै जाने उनले बताए।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सोनलले नयाँ सञ्चालनमा आएको करण राज प्यालेसले यस क्षेत्रमा पर्यटन व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्ने बताए।
नयाँ सञ्चालनमा ल्याउने तारे होटलहरुको कारणले जिल्लामा मात्र नभएर प्रदेशको पर्यटन व्यवसायमा टेवा पुर्याउने सम्भावन रहेको सोनलले बताए। मन्त्री सोनलले नयाँ पूर्वाधार विकास र रोजगारी सृजना गर्ने व्यवसायलाई प्रदेश सरकारले आवश्यक पर्ने हर सम्भव सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।
बारा ऐतिहासिक र पर्यटकीय महत्वको स्थान भएपनि सदरमुकाम कलैयामा सुविधा सम्पन्न स्तरीय होटल नहुँदा यस क्षेत्रको पर्यटन पर्वद्धन समस्या हुँदै आएको थियो।
कलैयामा एक वर्ष पहिला मात्रै पहिलो तारे होटल बरेवा दरबार होटल सञ्चालनमा आएको थियो।