उजिर मगर, काठमाडौं, फागुन १३ - आज बिहान प्रमुख राजनीतिक दलका नेताले प्रधान न्यायाधीश खिलराज रेग्मीसँग गर्ने भनिएको छलफल हुन सकेन। रेग्मीले छलफलमा सहभागी हुन अनिच्छा देखाएपछि भेटघाट हुन नसकेको बालुवाटार स्रोतले जनायो। प्रधानमन्त्रीको विकल्पका लागि माओवादीले ३ बजे बैठक डाकेको छ।
प्रधान न्यायाधीश नेतृत्वमा चुनावी सरकार बनाउने तयारीमा जुटेका मधेसी मोर्चासहित तीन प्रमुख राजनीतिक दलका नेताहरु 'नयाँ विकल्प' खोज्ने मनस्थितिमा पुगेका छन्। शनिबार बसेको बैठकपछि शिर्ष नेताहरू आइतबार प्रधान न्यायाधीशसँग 'छिनोफानो' का लागि अन्तिम वार्ताको तयारीमा छन्।
आइतबारसम्म राजनीतिक र कानुनी अड्चन हटाउने सहमति बनाएर प्रधान न्यायाधीश खिलराज रेग्मीलाई अन्तिम पटक मनाउने प्रयास गरिने नेताहरूले बताएका छन्।
गैरदलीय व्यक्तिको नेतृत्वमा सरकार हुनु हुँदैन भन्ने जनमत सृजना भइरहेका बेला शिर्ष नेताहरूले आइतबार छिनोफानो हुने बताएका छन्। प्रधान न्यायाधीशले दलहरूको आग्रह अस्वीकार गरे सरकार नेतृत्वका लागि दलभित्रैबाट व्यक्तिको नाममा सहमति जुटाउने मनस्थितिमा नेताहरू पुगेका छन्।
'प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउने कोशिस भइरहेको छ। कार्यदल त्यसमा लागिपरेको छ। सहमतिबाटै हामी प्रधान न्यायाधीशलाई आग्रह गर्नेर्छौं। भोलि (आइतबार) सम्म प्रधान न्यायाधीशले चुनावी सरकारको नेतृत्व लिने/नलिने टुंगो लागेन भने अर्को विकल्पमा जान्छौं,' एमाले अध्यक्ष झलनाथ खनालले नागरिकसँग भने।
कार्यदलले तयार गरेको सहमतिसँगसँगै दलहरूले प्रधान न्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने अन्तिम तयारी गरेका छन्। 'राजनीतिक समझदारी गरेर प्रधान न्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिने तयारी भएको छ। भोलि (आइतबार) वार कि पारको कुरा हुन्छ प्रधान न्यायाधीशसँग। आशैआशमा नबस्ने भन्ने धारणा हामीले बनाएका छौं,' एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने।
अहिलेसम्मको गृहकार्य भने प्रधान न्यायाधीशकै नेतृत्वमा सरकार बनाउने भएको श्रेष्ठले बताए। 'गृहकार्य प्रधान न्यायाधीशकै नेतृत्वमा सरकार बनाउने गरी भएको छ। त्यो नभए अर्को विकल्पमा जान्छौं,' श्रेष्ठले भने।
बैठकले नयाँ सरकार गठनका लागि अवरोधका रुपमा आउने संवैधानिक र कानुनी बाधा हटाउने गृहकार्यको जिम्मेवारी कार्यदललाई दिएको छ। कार्यदलको गृहकार्यसँगै प्रधान न्यायाधीशसँग वार्ताका लागि दलहरूले प्रस्तावको तयारी गरेका छन्।
कार्यदलले प्रधान न्यायाधीश नेतृत्वको सरकार गठनमा आउने संवैधानिक र कानुनी अड्चनलाई फुकाउने गरी शनिबार साँझसम्म प्रतिवेदन बुझाउनेछ। आइतबार शिर्ष नेताहरूले प्रतिवेदनमाथि छलफल गर्नेछन्।
'आज (शनिबार) साँझसम्म कार्यदलले शिर्ष नेताहरूलाई प्रतिवेदन बुझाउँछ। भोलि सरकार गठनको अन्तिम टुंगो लाग्छ,' कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले बैठकपछि सञ्चारकर्मीसँग भने।
कार्यदलले प्रधान न्यायाधीश नेतृत्वमा नयाँ सरकार गठन गर्दा आइपर्ने संवैधानिक, प्राविधिक, कानुनी अड्चन सुल्झाउन कानुन मन्त्रालयसँग समन्वय गरेर मस्यौदा तयार गरेको छ। यसअघि दलहरुले तयार गरेको ९ बुँदे मस्यौदाका बुँदामा प्रधान न्यायाधीशले उठाएका विवादित विषयलाई परिमार्जन गर्ने कार्यदलका सदस्य तथा एमाले नेता भीम रावलले बताए।
प्रधान न्यायाधीश रेग्मीले दलहरूको सहमतिका बुँदाका भाषा तथा केही मुद्दामा आपत्ति जनाएका थिए। रेग्मीले दलहरू चुनावप्रति प्रतिबद्ध नभएको आरोप पनि लगाएका थिए।
मोर्चासहित तीन दलबीच प्रधान न्यायाधीश नेतृत्वमा ११ सदस्यीय चुनाव सरकार गठन गर्ने सैद्धान्तिक सहमति यसअघि भइसकेको छ। तीन दल र मोर्चाका तर्फबाट सरकार गठनका लागि गृहकार्य गर्न दुईदुई सदस्यीय प्रतिनिधि रहेको कार्यदल सक्रिय छ।