वीरगन्ज, फागुन २०- उद्योगमन्त्री अनिलकुमार झाले आगामी जेठमा संविधानसभाको चुनाव हुन नसक्ने बताएका छन्। नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले सत्यनिरुपण तथा मेलमिलाप आयोग, नागरिकता र मतदाता नामावलीलगायतका विषयमा प्रमुख दलहरुबीच तत्काल सहमति हुन सक्ने वातावरण देखिएको छैन भने।
उनले भने- "प्रमुख चार दलको अकर्मण्यताका कारण जेठमा पनि चुनाव हुन सक्ने अवस्था देखिँदैन।" सङ्घीय सद्भावना पार्टीका अध्यक्षसमेत रहेका मन्त्री झाले आगामी कात्तिक र मङ्सिरमा पनि चुनाव भएन भने मुलुक विभिन्न किसिमका द्वन्द्वमा फस्ने भन्दै चिन्ता व्यक्त गरे।
आयुर्वेद चिकित्सा विश्वकै सबैभन्दा पुरानो चिकित्सा पद्धति भएकाले यसको संरक्षण तथा प्रवर्द्धन गर्नु सबैको साझा दायित्व हो भन्दै आयुर्वेदिक औषधिको विकास तथा विस्तारका लागि राज्यले सुर्खेतमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने गृहकार्य गरिरहेको जानकारी गराए।
सो कार्यक्रम समाजका अध्यक्ष हरेन्द्र साहको सभापतित्वमा सम्पन्न भएको थियो। गुणस्तरीय आयुर्वेद स्वास्थ्य सेवा सर्वसुलभरुपमा आमजनताको घरदैलोमा पुर्याऔं भन्ने मूल नाराका साथ आयोजित सो दुई दिने महाधिवेशनमा मुलुकभरका करिब ५०० जना प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता छ। रासस