काठमाडौं, फागुन २१ (नागरिक)- प्रमुख दलबीच बाधाअड्काउ फुकाउ र सहमति प्याकेजको प्रक्रियामै अलमल देखिएको छ। संवैधानिक र राजनीतिक मस्यौदामा सहमति जुटाउन आइतबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख चार दलको बैठकमा संवैधानिक अड्चन पहिले हटाउने कि प्याकेज सहमति पहिले भन्ने विषयमा सहमति जुट्न सकेन।
बैठकमा एकीकृत माओवादीसहित सत्तारुढ गठबन्धनले बाधाअड्काउ तत्काल फुकाउने र सरकार गठन गरिहाल्ने पक्षमा अडान राख्यो भने विपक्षीले प्याकेजमा सहमति गरेर नयाँ प्रधानमन्त्रीको शपथग्रहण र बाधाअड्काउ फुकाउने कार्य एकैसाथ हुनुपर्ने अडान लिए।
दलहरुबीच मतदाता नामावली, नागरिकता, सत्यनिरुपण तथा मेलमिलाप आयोगको अधिकार क्षेत्र र प्रावधान र माओवादी लडाकुको सेनामा दर्जा निर्धारणको विषयमा सहमति बन्न सकेको छैन।
एमाले अध्यक्ष झलनाथ खनालले मतदाता, नागरिकता, मेलमिलाप आयोग र दर्जा निर्धारणका विषयमा पनि छलफल नटुंगिएको बताए। 'तत्कालै नयाँ सरकार गठन गर्ने विषयमा सैद्धान्तिक सहमति छ, चाँडै नयाँ सरकार गठन हुनुपर्छ,' खनालले नागरिकसँग भने, 'बाधाअड्काउ र राजनीतिक सहमति एकसाथ गरेर प्याकेजमा नै सरकार गठनदेखिका सबै विषय टुंगो लगाउनुपर्छ।'
मधेसवादी दलले पछिल्लो विधानसभा चुनावमा मतदाता रहेकाले पनि मतदान गर्न पाउनुपर्ने अडान लिएका छन् भने सेनामा समायोजन हुने माओवादी लडाकुको दर्जा निर्धारणमा पनि अहिले नै सहमति हुनुपर्ने धारणा माओवादीको धारणा छ।
साढे २ घन्टा लामो बैठकबाट बाहिरिँदै गर्दा संयुक्त मधेसी मोर्चाका नेता महन्थ ठाकुरले सोमबारसम्म बाधाअड्काउ फुकाउने विषयमा छलफल केन्द्रित रहेको बताए। '२२ गतेसम्म बाधाअड्काउ फुकाउने र त्यसको २४ घन्टाभित्र सपथ ग्रहण गराउने विषयमा गृहकार्य भइरहेको छ,' ठाकुरले भने, 'सबै कुरामा प्याकेजमै सहमतिको विषयमा केन्द्रित भएर छलफल भइरहेको छ।'
सत्यनिरुपण तथा मेलमिलाप आयोगको प्रावधानमा समेत माओवादी र एमालेबीच विमति छ। युद्ध समयमा भएको घटनामा आममाफी दिनुपर्ने पक्षमा माओवादी छ भने जघन्य अपराधमा संलग्नमाथि कारबाही हुनुपर्ने पक्षमा एमालेले अडान लिएको छ। कांग्रेस त्यसलाई विस्तृत शान्ति सम्झौताअनुसार व्यवस्था गर्न सकिने भन्दै लचिलो छ।
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दलहरुबीच सहमतिका लागि आवश्यकताअनुसार गृहकार्य नभएको बताए। 'हामी चाँडोभन्दा चाँडो सहमति होस् भन्ने पक्षमा छौं तर त्यसअनुसारको गृहकार्य हुन सकेको छैन,' उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकसँग भने।