इटहरी, फागुन २१ - नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले देशको तरल राजनीतिक अवस्थाको अन्त्य र डा बाबुराम भट्टराई नेतृत्वको काम चलाउ सरकार विस्थापनका लागि प्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनाएर संविधानसभाको चुनाव गर्न ठूला पार्टीहरु सहमत भएको बताएका छन् ।
वरिष्ठ नेता देउवाले आज सुनसरीको इटहरीमा आयोजित पत्रकारसम्मेलनमा प्रधान न्यायाधीश प्रधानमन्त्री बनेपछि सर्वोच्च अदालतमा उनले काम गर्न नपाउने अवस्था रहने बताए ।
मुलुकको प्रधानमन्त्री बनिसकेको अवस्थामा प्रधान न्यायाधीशले देशका केही सीमित क्षेत्रबाहेक अरू महत्वपूर्ण ओहदामा नियुक्तिसमेत गर्न नपाउने अवस्था रहने स्पष्ट पारे ।
उनले जेठमा संविधानसभाको चुनाव हुन नसके असारमा गएर भए पनि चुनाव गराउनैपर्छ भन्ने आफ्नो विश्लेषण प्रस्तुत गर्दै पछिल्लो समयमा भारतको डिजाइनअनुसार प्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनाउन लागिएको भन्ने राजनीतिक टिप्पणी यथार्थ नभएको दाबी पनि गरे ।
एक अर्को प्रशङ्गमा उनले सुनसरी नेविसङ्घमा देखिएको विवाद कुनै विवाद नरहेको भन्दै विकास केसी नै सुनसरी नेविसङ्घको आधिकारिक सभापति भएको स्पष्ट पारे । नेता देउवाले सहमतिमा बनेको सुनसरी नेविसङ्घ सभापतिलाई कसैले हटाउन नमिल्ने दाबी गरे । रासस