कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने
१९ मंसिर २०७७
•
१ मिनेट पाठ
कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने
देउवा निवास बुढानीलकण्ठ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तनहुँ घटनासहित सरकारको पछिल्ला गतिविधिको बिरोधमा मंसिर २९ गते देशभरी बिरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।




सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शुक्रबार दिउँसो बसेको पदाधिकारी र पूर्व पदाधिकारीको आकस्मीक बैठकले कोरोना भाइरसको नियन्त्रण र त्यसले निम्त्याएको असहजताबाट मुलुकलाई उतार्नुको साटो निषेधको राजनीति गर्न सक्रिय भएको ठहर गरेको हो।  

सरकारको जनबिरोधी कदमकाविरुद्ध पार्टीले मंसिर २९ गते देश व्यापी बिरोध प्रर्दशन गर्ने निर्णय गरेको जानकारी दिंदै उपसभापति विमलेन्द्र निधिले भने,‘सरकारले संसदको बैठक बेलाउन गरेको आलटाल, आर्थिक अनियमिता, कोरोना भाइरस नियन्त्रण र त्यसले पारेको प्रभावमा गरेको व्यवास्ता, तनहुँ घटनाको बिरोधमा पार्टीले मंसिर २९ गते देशभरी बिरोध कार्यक्रम गर्नेछ।’

तनहुँबाट शुक्रबारै काठमाडौं आएका नेता पौडेलले बैठकमा घटानका विषयमा जानकारी गराउँदै सभापति देउवासहित सबै नेताबाट घटनाका विषयमा देखाएको चासोप्रति धन्यवाद दिएका थिए।
अर्को समाचार
कृषला हत्या प्रकरण: हत्यारा पत्ता लगाउन दबाब दिँदै बिरोध प्रदर्शन
३१ साउन २०७८
•
४ मिनेट पाठ
कृषला हत्या प्रकरण: हत्यारा पत्ता लगाउन दबाब दिँदै  बिरोध प्रदर्शन
हत्यारा पत्ता लगाउन दबाब दिँदै बालबालिकाले गाईघाटमा निकालेको मौन र्‍याली। तस्बिर: महेश्वर/नागरिक
११ दिनअघि मृत अवस्थामा भेटिएकी किशोरीको हत्यारा पत्ता लगाई कारबाही गर्न माग गर्दै उदयपुरका बिभिन्न तहतप्काले दबाबमूलक कार्यक्रम थालेका छन्। साउन १९ गते त्रियुगा नगरपालिका ६ जलजलेस्थित राजदेवी सामुदायिक वन उपभोक्ता समूहको जंगलमा भेटिएको १७ वर्षीया कृशला चौधरीको हत्यारा यतिका दिनसम्म पत्ता लगानेको भन्दै बिरोध प्रदर्शन सुरु भएको हो।  त्रियुगा ६ कै मोहनपुरकी चौधरीको शव फेला परेको दुईसाता बित्न लाग्दासम्म हत्यारा पत्ता नलगाएको भन्दै प्रहरी प्रशासनप्रति स्थानीय असन्तुष्ट देखिएका छन्। 




घट्नाबारे छिटो अनुसन्धान गरी हत्यारा पत्ता लगाएर हदैसम्मको कारबाही गर्न माग गर्दै केहीदिनयता राजनीतिक दलनिकट जनवर्गीय संगठनहरु, स्थानीय नागरिक समाज, विद्यार्थी, युवा, अधिकारकर्मी संघसंस्थाले प्रहरी प्रशासनको ध्यान खिच्दै प्रदर्शन गर्न थालेका छन्। यसै क्रममा अघिल्लो साँझ मृतकको आत्माको चीर शान्तिको कामना गर्दै गाईघाटमा दिपावली गरिएको छ भने विद्यार्थी, युवाहरुले प्रहरी कार्यालयमा धयनाकर्षण पत्र बुझाएका छन्। चाँडोभन्दा चाँडो हत्यारा पत्ता लगाई कारबाही गर्न माग गर्दै त्रियुगा ६ जलजलेस्थित डाईनामिक युथ गाईघाटले शनिबार जिल्ला प्रहरीमा ध्यानकर्षणपत्र बुझाएको छ। घट्ना भएको दुईसाता बित्न लाग्दासम्म हत्यारा पत्ता नलागेको भन्दै युवा महिला पुनम राई नेतृत्वको युथ टोली र्‍यालीसहित जिल्ला प्रहरी कार्यालय पुगेर ध्यानकर्षणपत्र बुझाएको हो।

टोलीले प्रहरी नायब निरीक्षक (सई) गंगाराम राईलाई ध्यानाकर्षयापत्र बुझाएर फर्केको संयोजक राईले बताईन्। ध्यानाकर्षणपत्र बुझेका सई राईले तत्काल प्रहरी प्रमुखलाई बुझाएर कारबाही प्रक्रिया अघि बढाउने टोलीलाई आश्वासन दिएका थिए। त्यसैगरी शनिबारै गाईघाट बजारमा युवा विद्यार्थी र  बालबालिकाको टोलीले छिटो अपराधी पत्ता लगाई कारबाही गर्न माग गर्दै बजारमा मौन र्‍याली निकालेका छन्। कृशलाका हत्यारालाई कारबाही गर, हत्यारा छिटो पत्ता लगाऊ जस्ता नारा खेलिएका व्यानरसहित निस्केको मौन र्‍यालीले बजारका बिभिन्न चोकको परिक्रमा गरेको थियो।

यसअघि नै जिल्लाका नेपाली कांगे्रस, नेकपा एमाले (नेपाल पक्ष), नेकपा माओबादी केन्द्र र जनता समाजबादी पार्टी निकट महिला संघहरुले विज्ञप्ती प्रकाशित गरी घट्नाबारे सत्यतथ्य छानविन गरी दोषी पत्ता लगाएर कानुनी कारबाहीको माग गरेका थिए। त्यस्तै जिल्लाका अन्य डेढदर्जन बढी मानवअधिकारबादी संघसंस्थाले पनि दोषी पत्ता लगाएर कडा कानुनी कारबाही गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराईसकेका छन्। चौदण्डीगढी नगरपालिकाका सबै राजनीतिकदल निकट महिला संघसंस्थाले पनि यसअघि नै जिल्ला प्रशासन कार्यालयमा एकघण्टा धर्ना दिईसकेका छन्।

प्रहरीले घट्नाबारे बाक्लो अनुसन्धान भईरहेको र अपराधीको नजिक पुग्न लागेको बताएको छ। जिल्ला प्रहरी प्रमुख एसपी सुभासचन्द्र बोहराले घट्नाबारे गहिरो अनुसन्धान भईरहेको र अपराधी पत्ता लगाउने अन्तिम अबस्थामा पुगेको बताए। मृतकको पहिचान गर्नै नसकिने अवस्थामा सडिसकेको शव भेटिएकाले दोषी पत्ता लगाउन कठिन भईरहेको उनले बताए। घट्नामा संलग् नभएको आशंकामा बिभिन्न ५ जनामाथि सोधपुछ भईरहको तर, अपराधी यकिन गर्न बाँकी रहेको एसपी बोहराले बताए। सकेसम्म छिटो अपराधी पत्ता लगाएर कानुनी कारबाही गर्ने प्रहरी लक्ष्य रहेको तर, छिटो गर्न खोज्दा निर्दोष नागरिक पर्नसक्ने भएकाले वैज्ञानिक अनुसन्धानमा जोड दिइएको उनले बताए।

पीडितपक्ष र स्थानीयले कृशलाको सामुहिक बलात्कार गरी हत्या गरेको आरोप लगाईरहँदा हत्या कसरी भयो भन्ने कुरा अनुसन्धानकै विषय भएको प्रहरी ठहर छ। साउन १३ गते घरबाट हिडेकी कृशलाको शव जंगलमा घाँस दाउरा गर्न गएका स्थनीयले १९ गते मात्र सडिसकेको अवस्थामा देखेर प्रहरीलाई खवर गरेका थिए। कुहेर दुर्गन्धित भएको बेवारिसे लास प्रहरीले उठाएर पोष्टमार्टमका लागि अस्पताल पठाएको भोलिपष्ल्ट मात्र पहिचान भएको थियो।  

कृशलाको फोटो अंकित टिसर्ट लगाएका चौदण्डीगढीका अधिकारकर्मी महिला।
अंगहरु गलिसकेको, अनुहार चिन्नै नसक्ने गरी कालो भएको, अगाडिका दुई दाँत झरेको तथा शरीर क्षतविक्षत भएको शवको बाँया हातको डिजिटल घडी, घाँटीको बुटी, खुट्टाको डोरी र लुगाको टुक्राको सहायताले बाबु प्रेमकुमारले छोरीको शव भएको यकिन गरेका थिए। अनुहार पुरै कालो भएकाले तेजाव छर्केर सामुहिक बलात्कार गरेको हुनसक्ने अनुमान गरिए पनि त्यसको पुष्टि हुने आधार नभएको प्रहरी भनाई छ।  

घट्नाको प्रकृतिले उनीमाथि सामुहिक बलात्कार भएर हत्या गरेको अनुमान गरिए पनि उनको आचरणले भने त्यसलाई पुष्टि नहुने स्थानीय बताउँछन्। छिमेकीहरुका अनुसार चन्चले स्वभावकी कृशला बाउआमाले भनेको नटेर्ने, मनमौजी घुम्ने, घरबाट निस्केर ५–६ दिनसम्म सम्पर्कविहीन हुदै घर फर्केने गर्थिन्। घर फर्कदा नयाँ मोवाईल, नयाँ लुगा र सामानसमेत लिएर आउने गरेको उनलाई चिन्नेहरुको भनाई छ। पटक पटक घरबाट निस्केर फर्कने गरेका कारण पछिल्लो पटक घरबाट निस्कदा पनि उनको खोजीमा बाबुआमाले चासो नदिएको पाइएको छ।  

तर, यसपटक साउन १३ गते घरबाट निस्केकी उनी जिवित फर्किनन्। घरबाट निस्केको ७ दिनपछि सडिसकेको अवस्थामा फेला परेको लास आफ्नै छोरीको हो भन्ने कुरा परिवारले सपनामा पनि सोँचेको थिएन। तर, आठौं दिनसम्म छोरी घर नफर्केको र बेवारिसे लास भेटिएको खवरपछि अस्पताल गएर हेर्दा मृतक आप्mनी छोरी भएको पत्ता लागेको प्रेमले बताए। प्रेम भन्छन् ‘आचरण र बानीबेहोरा जस्तोसुकै भए पनि आखीर छोरी त छोरी हो। त्यसैले छोरी गुमाउनु पर्दा कसलाई पीडा नहोला ?’ 
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस