संसद् अधिवेशन बोलाउन आलटाल
२६ मंसिर २०७७
•
२ मिनेट पाठ
संसद् अधिवेशन बोलाउन आलटाल
लामो समयसम्म संसद् अधिवेशन नहुँदा जनताको आवज सुनाउने ठाउँको रिक्तता छाएको छ। तर संघीय संसद्को अधिवेशन नभएको पाँच महिना बितिसक्दा पनि सरकारले यसबारे कुनै तयारी भने सुरु गरेको छैन। सभामुख अग्निप्रसाद सापकोटाले पनि अधिवेशन बोलाउने कुनै पहल गरेका छैनन्। संघीय संसद् सचिवालयले भने संसद् भवनमा सांसद बस्ने व्यवस्थापनको काम सकिसकेको छ। गत असार १८ गते अन्त्य भएको अधिवेशन मंसिरमा सुरु नहुने भएको छ।  




अधिवेशन बोलाउन सरकारले चासो नदिँदै सरकार संसद्बाट भाग्न खोजेको त होइन भन्ने प्रश्न उठ्न थालेको छ। ‘कोरोना भाइरस तथा विकास निर्माणमा सरकारले गरेका कामप्रति सांसदले धेरै प्रश्न उठाउने र त्यसको जवाफ दिनसक्ने अवस्थामा सरकारले आफूलाई उभ्याउन सक्छु कि सक्दिन भन्ने कुराको मनोवैज्ञानिक त्रास सरकारमा छ,’ कांग्रेसका एक नेताले भने। उनका अनुसार सरकारले संविधानबमोजिम एउटा अधिवेशन र अर्को अधिवेशनको अन्तर छ महिनाभन्दा बढी गर्ननहुने भन्ने व्यवस्थामा टेकेर आगामी पुस १७ गतेभित्र बैठक बस्नेगरी अधिवेशन आह्वान गर्ने तयारी गरेको छ।  

सरकारको यस्तो तयारी हो भने त्यो मितिलाई अगाडि नै ल्याउनका लागि सभामुख सापकोटाले एकपटक पनि न राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् नत प्रधानमन्त्री केपी ओलीसँग नै। उनले सम्बन्धित मन्त्रीलाई पनि बोलाएर छलफल गरेका छैनन्। बरु उनले केही दिनअघि प्रदेश सभाका सभामुखसँगको अन्तरक्रियामा ‘संसद्का समितिहरू बढी सक्रिय हुनुपर्ने र संसद् अधिवेशन नभएको अवस्थामा पनि समितिमा हुने छलफलले संसद्लाई जीवन्त बनाउने’ बताएका थिए। उनले संसद् अधिवेशन नहुँदा संसदीय काम प्रभावित भएको नबताएका उनले कसैले सोधेमा मात्र अधिवेशन बोलाउनुपर्ने अवस्था आएको कुरा बताउने गरेका छन्।  

‘सरकारले गत असार १८ गतेको संसद् अधिवेशन सभामुखलाई नै थाहा नदिई अन्त्य गरिदिएपछि उनलाई एउटा चोट परेको छ, त्यो चोटले गर्दा सभामुखले अधिवेशन बोलाउन कुनै पनि पहल गर्नुभएको छैन,’ सभामुख निकट स्रोतले बतायो। संसद् सरकारले आफैं बोलाउनुपर्ने हो तर, संसद्मा विगतको अभ्यास हेर्ने हो भने अधिवेशन बोलाउनका लागि सांसद र सभामुखको सक्रियता एकदमै देखिन्छ। ‘कोभिडको महामारीमा न विशेष अधिवेशन नै बेलाउन पहल भयो न त नियमित अधिवेशन नै बोलाउने पहल भयो,’ तत्कालीन एमालेका पूर्वसांसदले भने।  

कांग्रेस सांसद राधेश्याम अधिकारीले भने संसद्लाई बिजनेस दिने काम सरकारको भएको र सरकारले आफ्नो अनुकूलता हेरेर संसद् अधिवेशन बोलाउने बताए। तर, संसद् लामोसमयसम्म बन्द गरेर धमाधम अध्यादेश जारी गरेकाले संसद् अविधेशन बोलाउनु पर्ने कुरा जबरजस्त रूपमा उठेको छ,’ उनले भने। ‘सभामुखका विभिन्न अन्तरवार्ता हेर्दा अधिवेशन बोलाउने पक्षमा उहाँ देखिनुहुन्छ तर उहाँका कुरा सुन्दा उहाँलाई सरकारले सहयोग गरेको छैन,’ उनले भने।  

मन्त्रिपरिषद्बाट मनोनित राष्ट्रिय सभा सांसद रामनारयाण विडारीले पनि संसद् अधिवेशनको अन्तर यतिलामो हुनु उपयुक्त नभएको बताए। उनले संसद् अधिवेशन ६ महिनाभित्र बोलाउनु पर्ने संविधानको प्रावधानले संसद् अधिवेशन संधै बोलाउनु पर्ने अर्थ दिएको तर, यसको अपव्याख्या गरेर संसद् अधिवेशन नै ६ महिनासम्म नबोलाउने बुझिएको बताए।
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
१८ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
यो पनि पढौँ
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस