प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई गर्नुपर्ने सहयोग गर्न सरकार सधैं तत्पर रहेको बताएका छन्। प्रधानमन्त्री ओलीले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीसँगको भेटघाटमा उद्योगी व्यवसायीको वास्तविक माग सम्बोधन गर्न तयार रहेको बताए।
‘तपाईंहरू उद्योग, व्यवसायमा लाग्नुहोस, के सहयोग गर्नुपर्छ म आफैं पनि र उद्योग मन्त्रालयका तर्फबाट तपाईंहरूलाई चाहेको सहयोग हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘उद्योगी, व्यवसायीहरू व्यावसायिक एकता र सहकार्यमा मिलेर अघि बढे मात्रै सफलता हात पार्न सकिन्छ। त्यसैले सबै एक जुट भएर अघि बढ्नुस्।’ प्रधानमन्त्री ओलीले स्वदेशी उत्पादनको प्रवद्र्धनमा लाग्न उद्योगी व्यवसायीलाई अनुरोध पनि गरेको महासंघको विज्ञप्तिमा उल्लेख छ।
महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसमक्ष महासंघको नयाँ नेतृत्व सम्मानित निजी क्षेत्र र समुन्नत मुलुक निर्माणका लागि भिजन पेपर निर्माणको तयारीमा जुटेको बताए।
अध्यक्ष गोल्छाले कोभिड १९ का कारण मुलुकको आर्थिक विस्तारमा निकै ठूलो समस्या आएकाले अवका दिनमा समग्र अर्थतन्त्रको सुदृढीकरणका लागि महासंघले विज्ञ समेतको सहयोगमा आवश्यक गृहकार्य गरीरहेको जानकारी गराए। ‘केही समयदेखि उद्योगमा विभिन्न माग राखी उद्योग बन्द गर्ने कार्य भएको, जिल्लाका उद्यमी, व्यवसायीबाट चन्दा आतंक बढेको गुनासो आएको, काम गर्ने वातावरण नभएको छैन,’ उनले भने, ‘सरकारले व्यावसायिक मनोबल समेत घट्दै गएकाले सरकारले समयमै यसतर्फ उचित कदम आवश्यक भइसक्यो।’
अध्यक्ष गोल्छाले बजेट र मौद्रिक नीतिले उद्यमी व्यवसायीका केही माग सम्बोधन गरे पनि धेरैजसो कार्यान्वयन हुन नसकेकाले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन सहित कोभिड पुनरूत्थान विशेष कार्यक्रमको आवश्यकता औंल्याए। भेटवार्तामा महासंघका निवर्तमान अध्यक्ष भवानी राणा, विशिष्ट सदस्य एवं पूर्वअध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनको सहभागिता रहेको महासंघले जनाएको छ ।